होटल याक एन्ड यतीमा प्रहरीको छापा, १२ भारतीय नागरिक पक्राउ



होटल याक एण्ड यती
होटल याक एण्ड यती

प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारेर १२ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसरले नियन्त्रणमा लिएका उनीहरू भारत उत्तर प्रदेशका हुन्।

नेपालमा अवैधानिक रुपले नेटवर्किङ व्यवसायमा संलग्न रहेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

‘राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्युरो र परिसरको टोलीले छानबिन गरिरहेको छ’, एसएसपी सुवेदीले भने, ‘हामी बुझिरहेका छौं।’ प्रहरीले नियन्त्रणमा लिएका भारतीयहरूको नाम भने खुलाइएको छैन्।

भारतीय नागरिक पक्राउ परेसँगै भारतबाट उनीहरूलाई छुटाउन शक्ति केन्द्रहरूमा तारन्तार फोन आउन थालेको स्रोतले बतायो।

‘प्रहरीले म्याद थप्नुअघि छुटाउन ठूलो आर्थिक प्रलोभन देखाउन थालेका छन’, स्रोतले भन्यो, ‘उनीहरूको सक्रियताले ठूलै आर्थिक अपराधको संकेत गर्छ।’

 

प्रकाशित २८ बैशाख २०७६, शनिबार | 2019-05-11 13:31:22
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

  • नेकपाले धान्ला मदन भण्डारीको विरासत?