विमानस्थलमा अझै ‘गोरे’ शैलीमै सुन तस्करी



चुडामणि उप्रेती गाेरे
चुडामणि उप्रेती गाेरे

आइतबार प्रहरीले ३० तोला मात्रै सुन बरामद गरेपनि तस्करीमा अहिले पनि गोरे शैली नै प्रयोग भइरहेको देखिएपछि थप अनुसन्धान थालेको छ।

उच्चस्तरीय सरकारी अनुसन्धान टोलीले दिएका सुझाव कार्यान्वयन नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि ‘गोरे ग्याङ’ शैली पच्छयाउँदै सुन तस्करी भइरहेकोे छ।

विमानस्थलका विमान कर्मचारी, भरिया र प्रहरीको सहयोग लिएर १८ महिनामा ३ हजार ८ सय किलो सुन अवैद्य रुपमा भित्र्याउने मोरङ उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ अहिले केन्द्रीय कारागारको गोलघरमा छन्। तर विमानस्थलबाट हुने सुन तस्करीमा गोरेले अपनाएको शैली अझै प्रयोग भइरहेको आइतबारको घटनाबाट झन् पुष्टी भएको छ।

प्रहरीले कतारको दोहाबाट सुन बोकेर आएका सिरहाका धमेन्द्रकुमार यादव र उनले ल्याएको सुन विमानसम्म पुगेर लिने रञ्जनकुमार यादवलाई पक्राउ गरेपछि गोरे शैली निरन्तर रहेको खुलेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार धमेन्द्रलाई नियन्त्रणमा लिएपछि उनकै बयानका आधारमा नेपाल वायुसेवा निगमका कर्मचारी रञ्जनकुमार यादवलाई पक्राउ गरेको थियो।

यो घटनाको अनुसन्धानमा खटिएका प्रहरीले जम्मा ३० तोला मात्रै सुन बरामद गरेपनि सुन तस्करीमा गोरे शैली नै प्रयोग भइरहेको देखिएपछि थप अनुसन्धान थालेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार पक्राउ गरिएको सुन

‘विमानस्थलमा सुन तस्करी रोक्न केही पूर्वाधार र आवश्यक सुरक्षा उपकरण जडान आवश्यक छ’, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामा भन्छन्, ‘विमानस्थलबाट हुने सुन तस्करीमा विमान कम्पनीका कर्मचारीकै संलग्नता डरलाग्दो छ।’

सरकारले सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा २० चैत २०७४ मा गठन गरेको अनुसन्धान टोलीले ४६ जनालाई पक्राउ र ३१ जनालाई फरार कायमगर्दै अदालतमा मुद्दा बुझाएको थियो। करिब ४ महिनासम्म भएको अनुसन्धानमा सुन तस्करी हुने कारणदेखि नियन्त्रण गर्न अपनाउनु पर्ने सुरक्षा प्रवन्धसम्मका विषय समेटिएको प्रतिवेदन टोलीले सरकारलाई बुझाएको थियो।

अनुसन्धान टोलीले विमानस्थल प्रहरीे, कर्मचारी र यात्रुको सहयोगमा विमानस्थलबाट सुन तस्करी गर्ने समूह नै सक्रिय रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो। त्यसमध्ये प्रहरी, विमानस्थल र विमान कर्मचारीको मिलेमतोमा हुने सुन तस्करीको जालो टोलीले भत्काएको थियो।

‘विमानस्थलका कर्मचारीले पाउने सुविधाको प्रयोग गर्दै सुन तस्करी भइरहेको थियो’, सरकारी उच्च टोलीका सदस्य रहेका एसएसपी लामाले भने, ‘त्यसलाई नियन्त्रण गर्न विमानस्थलमा केही सुरक्षा प्रबन्ध र उपकरण जडान अनिवार्य रहेको सुझाव दिएका हौं।’

एसएसपी लामाका अनुसार आइतबार पक्राउ परेका धमेन्द्र दोहाबाट काठमाडौं ओर्लिएका नेपाल वायुसेवा निगमका यात्रु हुन् भने उनले सुन बुझाउनु पर्ने व्यक्ति रञ्जनकुमार नेवानीका कर्मचारी। धमेन्द्रलाई दोहामा रहेका रञ्जनका एक परिचित व्यक्तिले सुन र नेपालको सिम दिएर पठाए।

‘उसलाई दोहामा सुनसँगै नेपाली सिम समेत उपलब्ध गराइएको थियो’, एसएसपी लामा भन्छन्, ‘विमान नेपालमा अवतरण भएपछि त्यही सिमबाट सम्बन्धित व्यक्तिलाई सम्पर्क गर्ने, सुन दिने र तत्कालै सिम नष्ट गर्ने सेटिङ थियो, यसरी नै पहिलेदेखि नै काम भइरहेको देखिन्छ।’

आइतबारको घटना अनुसन्धान गरिरहेका परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार रञ्जनकुमार एक वर्षदेखि विमानस्थलमा कार्यरत छन्। सिरहा र सिमापारीका सुन व्यापारीसँग उनको सम्पर्क छ। उनकै माध्यमले दोहाबाट सुन आउँथ्यो।

‘हामी थप अनुसन्धान गरिरहेका छौं’, डिएसपी बोगटीले भने, ‘विमानसम्म पहुँच भएका रञ्जनकुमारको सम्पर्क सूत्र केलाउँदै छौं।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर बरामद साढे ३३ किलो सुन

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्बोधन गर्दा पनि सुन तस्करीको प्रसंग छुटाएनन्। ओलीले सरकारको पहिलो प्रगती विवरणको दोस्रो बुँदामा नै सुन तस्करी नियन्त्रण गरेको उल्लेख गरेका छन्। नेपालको पछिल्लो कालमा भएको संभवतः सबैभन्दा ठूलो सुन तस्करी काण्डको अनुसन्धानको उपलब्धीको श्रेय ओली सरकारलाई नै जान्छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्दै १८ महिनामा भएको ३ हजार ८ सय किलो सुन तस्करीको पर्दाफास यही सरकारले गरेको हो। प्रधानमन्त्री ओलीकै पहलमा सहसचिव पौडेलको नेतृत्वमा गठन भएको उच्चस्तरीय अनुसन्धान टोलीले सुन तस्करीमा संलग्न तीन तहका कर्मचारी, व्यापारी र भरियालाई कानूनी कठघरामा उभ्याएको थियो।

सँगसँगै अहिले के प्रश्न उठेको छ भने त्यत्रो अनुसन्धानपछि पनि तस्करी र तस्कारी गर्ने शैली उस्तै छ भने वास्तविक उपलब्धी के हो त?

अनुसन्धान टोलीले तस्करी रोक्न विमानस्थलका हरेक क्षेत्रलाई क्लोज सर्किट क्यामराको पहुँचमा राख्नुपर्ने र ती क्यामराको रेर्कड लामो समय रहने तथा अति सुरक्षित हुनुपर्ने सुझाव प्रतिवेदनमा दिएको थियो।

तर आइतबारको घटनापछि रञ्जनकुमार कहाँ–कहाँ गए र कसलाई भेटे भन्ने खोज्न प्रहरीले विमानस्थलमा रहेको सिसिटिभी फुटेज हेर्दा कुनै रेकर्ड पाउन सकेन। नेवानीको मेन्टिनेन्स ह्याङगरमा काम गर्ने रञ्जनकुमारबाट बरामद सुन तीनवटा बिस्कुट आकारका छन्।

‘अहिले सानो परिमाणमा फेला परेको छ’, डिएसपी बोगटी भन्छन्, ‘तर उनीबाट बरामद सुन र शैलीले तस्करी निरन्तर रहेको संकेत गर्छ।’ 

के हो गोरे शैली?
सरकारी अनुसन्धान टोलीले २० चैत २०७४ बाट अनुसन्धान सुरु गरि १९ बैशाख २०७५ मा मोरङ जिल्ला अदालतमा मुद्दा बुझाएको थियो। मोरङ प्रहरी मार्फत दर्ता भएको मुद्दामा तत्कालीन अवस्थामा ६३ जनालाई प्रतिवादी कायम गरिएको थियो। तर अनुसन्धानकै क्रममा यो संख्या ७७ पुगेको छ। जसमा ४६ जना पक्राउ र ३१ फरार छन्।

सरकारी टोलीले पक्राउ गरेका व्यक्तिमा प्रहरीका बहालवाला अधिकारी, अवकाश प्राप्त अधिकारी, सुन व्यापारी, होटल व्यवसायी, भरिया र थाई तथा नेवानीका कर्मचारी थिए। अनुसन्धानमा गोरे मुख्य व्यवस्थापक थिए। सुन व्यापारी लगानीकर्ता, विमान कर्मचारी र प्रहरी सहयोगी भूमिकामा थिए।

गोरेले सबैसँग सेटिङ गरेका थिए। दुबईबाट आउने सुन विमान कर्मचारी र प्रहरीको सहयोगमा भन्सार नपुगी बाहिरिन्थ्यो। दुबईबाट आएको सुन यात्रुले विमानको शौचालयमा लुकाउँथे। विमान कर्मचारीले त्यो सुन विमानस्थलमा रहेका ल्याडरमा लुकाएर ग्यारेजसम्म ल्याउँथे। कर्मचारीले ज्याकेटमा लुकाएर सुन प्रहरीलाई दिन्थे। 

सुन तस्करीमा सहयोग गर्ने प्रहरी, विमान कर्मचारी र भरियालाई निश्चित दर रेट तोकेका थिए गोरेले। यसरी १८ महिनादेखि दिनँहु सुन तस्करी भइरहेको थियो।

प्रकाशित २४ बैशाख २०७६, मंगलबार | 2019-05-07 22:09:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।