चिनियाँले लिजमा लिएको जग्गामा काठमाडौँ प्रहरीले पाउला त बास?



भुकम्पपछि पालमा काठमाडौँ प्रहरीको कार्यालय
भुकम्पपछि पालमा काठमाडौँ प्रहरीको कार्यालय

सरकारले भुकम्पपछिका चार हिउँद र पाँच वर्षापछि महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया थालेको छ।

परिसरका लागि खाद्य संस्थानको स्वामित्वमा रहेको रामशाहपथको १५ रोपनी र महाशाखाका लागि हाल बसिरहेको नेपाल आयल निगमको १० रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया सुरु भएको हो।

तर, परिसरका लागि उपलब्ध गराउने भनिएको जग्गामा चिनियाँ व्यापारीले लिज सम्झौतामा खेती गरिरहेका छन्। महाशाखालाई उपलब्ध गराउने जग्गा समेतको अन्तिम टुङ्गो लाग्न बाँकी छ।

‘३२ रोपनी जग्गा विदेशी व्यापारीसँग लिज सम्झौता भएको छ’ परिसर प्रमुख एसएसपी बसन्तकुमार लामाले भने, ‘त्यसमध्ये १५ रोपनी जग्गा उपलब्ध गराउने निर्णय भएको हो।’

सासा ब्याङ्क्वेटमा पालमा बसिरहेको अपराध महाशाखा

सासा ब्याङ्क्वेटमा पालमा बसिरहेको अपराध महाशाखा

लामाका अनुसार, हाल बसिरहेको स्थानमा साल्ट ट्रेडिङबाट नेपाल आयल निगमका नाममा जग्गा हस्तान्तरण भइसकेको छ।

‘यहाँ निगमले ताकेता गरिरहेको छ’ एसएसपी लामाले भने, ‘जग्गाको टुङगो लाग्नासाथै हामी प्रिफ्यावकै घर बनाएर सर्छाैं।’

प्रहरीका यी दुई इकाईका लागि ६ वर्षअघि देखि उचित जग्गाको खोजी सुरु भएपनि त्यसले मूर्तता पाउन भने सकेको छैन।

जस्ताको कार्यालय र पालको बास
महानगरीय प्रहरी परिसरमा आईतबार अपरान्ह पुग्दा केही प्रहरी अधिकृत छेउको ओझेलमा सुस्ताउदै थिए। केही अधिकृत र जवानसँगै बाहिर बसेर आगन्तुकका गुनासा र समस्या सुनिरहेका थिए। उनीहरु कागजी प्रक्रिया र लेखापढीका लागि भित्र छिर्थे, अनि केही बेरमै फेरि बाहिर आउँथे।

नेपालखबर प्रतिनिधि परिसरमा करिब ६ घण्टा लामो बसाईंमा प्रहरी अधिकारीहरु कार्यालयमा केही समय बस्ने र बाहिर निस्कने गरिरहेका थिए। उनीहरुका लागि तोकिएको कार्यालय जस्ताले बारेर बनाइएको छ, छानो पनि जस्ताकै छ। छेउमा सानो झ्याल छ।

यसरी उनीहरु तोकिएको कार्यालयमा बसिरहनुभन्दा भित्र बाहिर गरिरहनुको एउटै कारण हो, आईतबारको गर्मी।

पछिल्लो ४ वर्ष यता काठमाडौँ प्रहरी यही अवस्थामा छ।

कार्यालयमात्र होइन, उनीहरुको बासस्थानपनि भुकम्पपछि दातृ निकायले उपलब्ध गराएको टेन्ट हो। परिसर मातहत रहेका २ सय ६३ मध्ये ९० जना नियमित ब्यारेकमै बस्छन्।

कतिपय प्रहरीका लागि परिसर टेकुको कार्यालय बसेको गोदामलाई कोठाका रुपमा प्रयोग गरिएको छ। कति त अहिले पनि पालमै रात बिताउँछन्।

परिसरले गोदामका कोठाहरुमा कार्यालय संचालन गरिरहेको छ। काठमाडौँबासीको सुरक्षा जस्तो महत्वपूर्ण काम गरिरहेको काठमाडौँ प्रहरी पाल र जस्ताको घरमा बस्छ–सुत्छ।

यस्तै अवस्था महानगरीय अपराध महाशाखाको पनि छ। संस्थानले ‘सासा पार्टी प्यालेस’ लाई भाडामा दिएको आधा ठाउँ ओगटेर महाशाखाले कार्यालय सञ्चालन गरिरहेको छ। बेहुली र बेहुला बस्ने कोठालाई महाशाखा प्रमुखको कोठा बनाईएको छ।

महाशाखामा कार्यरत दुई एसपी र पिलर प्रमुख रहेका डिएसपीका लागि टेन्टको व्यवस्था छ। त्यहीँबाट महाशाखाले काठमाडौँ उपत्यकामा भएका गम्भीर अपराधको अनुसन्धान र अपराध नियन्त्रणमा परिसरसँग सहकार्य गरिरहेको छ।

१२ स्थानमा प्रयास
महानगरीय प्रहरी परिसर बन्नुअघि काठमाडौँ जिल्ला प्रहरी कार्यालय थियो। तर उपत्यकाबासीको जीब्रोमा जिल्ला प्रहरी कार्यालय (काठमाडौँ) भनेको ‘हनुमानढोका’ हो भन्ने नै झुण्डिएको छ।

पुरातात्विक महत्वको काठमाडौँ दरबार क्षेत्रको बीचमा रहेको तीनतले भवनमा काठमाडौं प्रहरी र अपराध अनुसन्धान (केरकार) शाखा थिए।

पालमा रहेको काठमाडौँ प्रहरी परिसरको एउटा शाखा

पालमा रहेको काठमाडौँ प्रहरी परिसरको एउटा शाखा

लोकतन्त्रको स्थापनासँगै महानगरीय प्रहरी अवधारणा ल्याईयो। र, काठमाडौँ प्रहरी महानगरीय प्रहरी परिसर बन्यो। यस्तै, अपराध शाखा महानगरीय अपराध महाशाखामा रुपान्तरण गरियो।

प्रहरीमा भएको यो नीतिगत परिवर्तनसँगै दुबै कार्यालयमा प्रमुखको ओहदा बढाईयो। तर भौतिक संरचना र सेवा–सुविधा यथास्थितिमै रह्यो।

काठमाडौँ दरबार क्षेत्रको जीर्ण भवनमा बसेको यी दुई प्रहरीका महत्वपूर्ण इकाईको काम र कर्मचारी बढ्दै गए। बसेको ठाउँ अपुग भयो। यो सँगै पुरातत्व विभाग र काठमाडौँ महानगरपालिकाले प्रहरीका यी दुई इकाई सार्न ताकेता गर्न थाले।

‘२०६९ देखि काठमाडौं प्रहरी र अपराध महाशाखाका लागि जग्गाको खोजी सुरु भयो’, परिसरमा लामो समय बिताएका एक अधिकृत भन्छन्, ‘प्रयास धेरै पटक भएको हो, तर परिणाम निस्किएन।’

प्रहरी परिसरमा प्रमुख भएर आएका तत्कालिन एसएसपी जयबहादुर चन्द, रणबहादुर चन्द, सुबोध घिमिरे, रमेशप्रसाद खरेल, उत्तमकुमार कार्की, विक्रमसिँह थापा, प्रद्युम्न कार्की (एसपी कामु), छबिलाल जोशी, रबिन्द्रबहादुर धानुक र विश्वराज पोखरेलसम्मले जग्गाका लागि सरकारसँग हारगुहार गरे।

२०७२ को भुकम्प तीनवर्ष अघिदेखि सुरु भएको जग्गा प्राप्तिको प्रयासका लागि पटक–पटक सरकारले औपचारिक निर्णय गर्यो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र महानगरीय प्रहरी कार्यालयको प्रयासले सार्थकता पाउन सकेन।

अपराध महाशाखा

अपराध महाशाखा

भुकम्पपछि परिसरको नेतृत्व गरेका कार्की, थापा, जोशी, धानुक, पोखरेल र हाल कार्यरत लामाको प्रयासमा जग्गाधनी सरकारी निकायबाटै प्रहरीलाई असहयोग भएको हो।

परिसरका लागि खाद्य संस्थानका तीन स्थानमा रहेका जग्गाका लागि प्रयास भयो। खाद्यको मुख्य कार्यालय रहेको स्थानका लागि भएको प्रयास लगभग निर्णय नजिक पुगेपनि अन्तिममा सफल हुन सकेन।

यस्तै, नेशनल ट्रेडिङ, परराष्ट्र मन्त्रालयको अथिति सत्कार विभाग रहेको जग्गा, धोबीखोला किनारको पर्ति जग्गा, काठमाडौँ जिल्ला अदालत, ट्रलिबस, तत्कालिन शाही औषधी लिमिटेडको जग्गासम्मका लागि प्रयास भएको थियो। 

‘मन्त्रिपरिषद्को निर्णय हो, यसपटक हामी अगाडि नसरी हुँदैन,’ एसएसपी लामा भन्छन्, ‘प्रहरी अधिकृत र जवानले काम गर्ने वातावरण र स्वस्थकर कार्यालयका लागि प्रयास भइरहेको छ।’

प्रकाशित २४ बैशाख २०७६, मंगलबार | 2019-05-07 10:17:08
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।

  • चिनियाँ कम्पनी बीवाइडीको बस

    विद्युतीय बसमा चीनको प्रेरणादायी फड्को

    विश्वभरि नै अटोमोटिभ इन्जिनियरिङ नयाँ दिशातर्फ गइरहेको छ।