५ कराेड घुस रकम ४ श्रीमतीकाे खातामा



अख्तियार दुरुपयोग अनुसन्धान आयोग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग

यातायात व्यवस्था कार्यालय सवारी शाखा कोशीका लेखापाल सुरेश अधिकारीले १६ वर्षे कार्यकालमा पाँच करोड ९८ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ। उनले कमाएकाे मध्ये ८८ लाख रूपैयाँ मात्र बैध हाे।

२०५९ देखि जागीर खान थालेका अधिकारीले २०७५ सम्म बैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको बाँकी अबैध ढंगले  कमाएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएको छ।

२०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङ्गमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए ।

२०६५ चैतमा निजामती सेवाको लेखापाल पदमा नयाँ नियुक्ति भई कोष तथा लेखा नियन्त्रकको कार्यालय भोजपुरमा दुई वर्ष तथा २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोशी इटहरीमा लेखापालको पदमा कार्यरत रही २०७४ वैशाख ६ मा निलम्बनमा परेका थिए।

उनको २०५९ असोजदेखि २०७५ वैशाख मसान्तसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिहरु उपर बिश्लेषण गरी हेर्दा निजले तलवभत्ता, प्रोत्साहन भत्ता, जग्गा विक्री, नगद अंश भर्पाइ, कर्जा लगायतबाट जम्मा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको अख्तियारले जनाएको छ।

सोही अवधिमा निजले आफू र श्रीमतीहरु दुर्गा अधिकारी,  दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ लगायत सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात लगायतमा ५ करोड ९८ लाख ६८ हजार पाँच सय आठ रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अध्ययनले देखाएको छ।

उनले कमाएको रकममध्येको पाँच करोड १० लाख ३३ हजार छ सय २३ रुपैयाँ बराबरको भागको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

सो आम्दानीको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको ठहर गर्दै अधिकारी उपर स्रोत नखुलेको रकम विगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

यस्तै, निजका श्रीमतीहरु दुर्गा अधिकारी, दिपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममायाँ श्रेष्ठ, सासू पुष्प कुमारी निरौला र मामा नाताका बलराम शर्मा समेतलाई प्रतिवादी कायम गरी विशेष सोमबार विशेषमा मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ।

प्रकाशित २३ बैशाख २०७६, सोमबार | 2019-05-06 18:43:25
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...

  • ड्वेट आइजनआवर र बीपी कोइराला

    वीपीलाई अमेरिकी राष्ट्रपतिको प्रश्नः नेपालका कम्युनिस्ट पढालेखा छन्?

    चीनको सिमानामा पाइला राखेको भन्दै एक नेपालीको हत्या चिनियाँ सेनाबाट भएको थियो। प्रधानमन्त्री कोइरालाले चीनसँगको सीमामा नेपाली सेनाको शिविर स्थापना...

  • सुख्खा बन्दरगाह

    कन्टेनर पर्खाइमा लार्चा बन्दरगाह (फोटो/भिडियो)

    तातोपानी नाका सञ्चालनका लागि सबैभन्दा महत्वपूर्ण मानिएको सुख्खा बन्दरगाह चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको छ। लार्चास्थित यो बन्दरगाह केही...

  • २६ वर्षदेखि प्रयोगशालामै छन् मदन-आश्रितका अंग

    दुर्घटनामा पर्नुअघि नेताद्वयको शरीरमा विषको मात्रा थियो कि थिएन भन्ने तथ्य बुझ्न भिसेराका रुपमा राखिएका शरीरका टुक्रा अनिल आयोगले नयाँदिल्ली पठायो।...