वैज्ञानिक खोजः हिमाली क्षेत्रमा आदिमानव बस्थे, पछि शेर्पा–तिब्बती भए



छिङ्हाई–तिब्बतको पठार क्षेत्र
छिङ्हाई–तिब्बतको पठार क्षेत्र
द प्रिन्ट

वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्।

तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो।

तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार वर्ष पुरानो भएको बताइएको छ।

डेनिसोभान्स मानवको एक प्रजाति हो। यो समूहमा रहेको आधुनिक मानव होमो सापियन्स बाहेक अन्य प्रजाति संसारबाट लोप भैसकेका छन्। १ लाख ५० हजार वर्षदेखि १० लाख वर्षअघि अस्तिवमा रहेको भनिएको डेनिसोभान्सलाई मानव इतिहासको सबैभन्दा रहस्यमय प्रजाति मानिन्छ।

साइबेरियाको डेनिसोभा गुफा बाहिर पहिलो पटक डेनिसोभान्सको अंश भेटिएको हो। यो अनुसन्धान लेख नेचर जर्नलमा प्रकाशित भएको छ। यसले प्राचिन मानवहरु हामीले विश्वास गरेको भन्दा निकै धेरै क्षेत्रमा फैलिएका थिए भन्ने मान्यतालाई प्रमाणित गरेको छ।

तिब्बतमा भेटिएको त्यो अस्थिपञ्जरले मानवको इतिहास, विकास र भविष्यको संभावनाबारे विभिन्न संकेत गरेको छ। यसले विज्ञानको विकास छिटो गतिमा भैरहेको छ भन्ने पनि देखाएको छ।

दुई वटा दाँत र चिउँडोसहितको नयाँ जीवाशेष डेनिसोभान्स मानवको अहिलेसम्म भेटिएका मध्ये सबैभन्दा पूर्ण अवशेष हो। यसअघि एउटा दाँत वा हड्डीको कुनै अंश मात्रै भेटिएको थियो।

तर यसअघिको जस्तै डेनिसोभान्सको अहिलेको जिवाशेषमा पनि कुनै डिएनए रहेको थिएन। वैज्ञानिकहरुले प्रोटिनको माध्यमबाट यसको विश्लेषण गरेका थिए। यसरी पूर्ण रुपमा प्रोटिनको विश्लेषणबाट प्राचिन मावन पत्ता लागाइएको पहिलो पटक हो। दुई वटा दाँतको विश्लेषण कोलजेन प्रोटिन (छाला र अन्य भाग जोड्ने तन्तुमा पाइने प्रोटिनको संरचना, जुन कस्मेटिक सर्जरी उपचारमा प्रयोग हुन्छ र भिटामिन सीले कोलजेल बनाउन प्रमुख भूमिका खेल्छ) देखायो।

वैज्ञानिकहरुले त्यो अवशेषको अध्ययन गर्दा एउटा दाँत भर्खरै उम्रिएको भेटियो। उनीहरुले त्यो नवयुवकको चिउँडो भएको निष्कर्ष निकाले। वैज्ञानिकहरूले शेर्पा, तिब्बती वा अन्य जातिका मानिसहरु हाइअल्टिच्युट क्षेत्रमा कसरी बाँच्न सफल भए भन्ने रहस्य पनि खोलेका छन्। ती जातिका मानिसहरूमा वंशाणुगत रुपमै रगतमा हेमोग्लोबिनको मात्र कम रहेको पाइएको छ। हेमोग्लोबिन अक्सिजन बोक्ने प्रोटिन हो। त्यसैले अक्सिजन कम हुँदा पनि उनीहरू बाँच्न सक्ने बनाएको निष्कर्ष निकालिएको छ।

अध्ययनले हिमाली क्षेत्रमा कम अक्सिजन भएको स्थानमा बस्ने डेनिसोभान्सबाट होमो सापिन्यसमा यो सरेको हुनसक्ने बताइएको छ। जुन हजारौं वर्षपछि हिमाली क्षेत्रमा बस्दै आएका विश्व प्रसिद्ध जाति शेर्पा हुनसक्ने अध्ययनले देखाएको छ।

डेनिसोभान्सको सो चिउँडो तिब्बती पठारको ३ हजार २८० मिटर उचाइमा रहेको बैशिया कार्स्ट गुफामा सन् १९८० मा भेटिएको थियो।

प्रकाशित २० बैशाख २०७६, शुक्रबार | 2019-05-03 16:24:13
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...