थाइ एयरवेजको त्यो उडान जसले एयर होस्टेसलाई महारानी बनायो



महाराजका साथमा सुथिडा
महाराजका साथमा सुथिडा

उनको जन्म सामान्य परिवारमा भयो। सरकारी विद्यालय पढिन्। कलेजमा सञ्चार कला अध्ययन गरिन्।

 सन् १९७८ मा जन्मिएकी सुथिडा टिड्जेको करिअर थाइल्यान्डको सरकारी वायुसेवा कम्पनी थाइ एयरवेजबाट सुरु हुन्छ। त्यहाँ उनले आफ्नो जीवनको उन्नत समय बिताइन्। तर धेरै लामो समय होइन। त्यो समय जति छोटो रह्यो त्यति नै उनको जीवनका लागि अर्थपूर्ण पनि। अहिले उनलाई थाइल्यान्डकी महारानी बन्ने अवसर थाइ एयरवेजकै उडानले जुराइदिएको हो।

आकासमा उड्ने पेशामा थरिथरिका मान्छेसँग भेट हुन्छन्। काठमाडाैंका लागि समेत दैनिक उडान गर्ने सरकार स्वामित्वको थाइ एयरवेज राजपरिवार सदस्यको औपचारिक, अनौपचारिक यात्राको पहिलो रोजाइमा छ।

हाल ४० वर्ष पुगेकी उनी त्यतिबेला अझ यौवना देखिन्थिन्। मुस्कानसहित सेवा प्रदान गर्नु उनको दैनिकी थियो। एक दिन उनलाइ राजपरिवार सवार उडानमा सेवा गर्नुपर्ने सूचना दिइयो। राजपरिवार सवार हुने उडानका लागि थाइ एयरवेजले उडानको तयारी विशेष बनायो। सबै क्षेत्रलाइ सजग पारियो। सो उडानमा उनी फ्लाइट एटेन्डेन्टको रुपमा छानिएकी थिइन्। आकाशमाथि उडिरहँदा एयर होस्टेस सुथिडालाई त्यो दिन थाइल्यान्ड युवराज (वर्तमान महाराज) बाजिरालंकर्नले भेटे। आँखा लगाए।

युवराजसँगको त्यो उडानको केही समयपछि उनले फ्लाइट एटेन्डेन्ट पेशा छोडिन्।

सन् २०१३ देखि उनको करिअर गन्तव्य थाइ राजदरबार बन्यो। जहाँ उनले फरक भूमिका पाइन्। हालका राजा अर्थात तत्कालीन युवराज बाजिरालंकर्नको सुरक्षा टोलीमा उनी सहभागी भइन्। युवराजको सुरक्षा रेखदेख उनको काँधमा रह्यो। बडीगार्डको भूमिकामा भए पनि उनी रजपरिवारसँग विशेष निकट थिइन्।

भनिन्छ, थाइ युवराजले उनलाई धेरै मन पराएर फ्लाइट एटेन्डेन्टको जागिर छोडाए। आफूसँग नजिक राख्न दरबार भित्र्याए।

आकाशबाट एयर होस्टेस र तत्कालीन युवराजबीच सुरु भएको सम्बन्ध विकसित हुँदै केही दिन अघि औपचारिक रुपमा महारानीमा परिणत भएको छ। बुधबार थाइ राजदरबारले औपचारिक रुपमा सुथिडा महाराज महा बाजिरालंकर्नको महारानी भएको जानकारी गराएको छ। आफ्नै अंगरक्षकलाई विवाह गरेको भन्दै यसको विश्वभरि चर्चा भइरहेको छ।

सन् २०१४ मा बाजिरालंकर्नको तेस्रो सम्बन्धविच्छेदपछि सुथिडा खुलेआम उनी निकट रहँदै आएकी थिइन्। त्यही बेलादेखि उनीहरु सँगै बस्न थाले, सार्वजनिकस्थलमा समेत सँगै देखिन थाले। सन् २०१६ मा जनरलमा बढुवा भएकी उनले त्यसपछि अंगरक्षकको भूमिका पाइन्। यी पदहरु केवल देखाउने विषय थिए। महारानी बन्नका लागि अपनाइनुपर्ने प्रक्रिया थिए।

राम्रो छैन महाराजको स्त्री सम्बन्ध
सुथिडा र ६६ वर्षीय बाजिरालंकर्नकी चौथो श्रीमती हुन्। बाजिरालंकर्नले योभन्दा अघि तीन विवाह गरिसकेका छन्। ती कुनै सफल भएनन्। तीनै पत्नीसँग उनको सम्बन्ध विच्छेद भइसकेको छ। तीन पत्नीबाट कूल ७ छोराछोरी छन्।

सन् २०१६ मा पिता भूमिबोल अब्दुल्यको निधनपश्चात बाजिरालंकर्न राजा घोषित भए। तर अझै उनलाई औपचारिक रुपमा राजगद्दी सुम्पिएको छैन। औपचारिक रुपमा राजा बनाउने कार्य यही मे महिनाको ४ देखि ६ सम्म हुँदैछ। गद्दीमा बस्नु अगाडि सुथिडालाई बाजिरालंकर्नले विवाह गरेर महारानी बनाएका हुन्।

थाई राजतन्त्रको इतिहासमा सुथिडा सामान्य परिवारबाट देशको महारानी बन्ने दोस्रो महिला बनेकी छिन्। यस अगाडि राजाराम पाँचौले सामान्य नागरिक इन्द्रासाकसाजीलाई विवाह गरी महारानी बनाएका थिए।

प्रकाशित २० बैशाख २०७६, शुक्रबार | 2019-05-03 11:13:40
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...