चुनाव जित्न भाजपाका नेता पशुपतिनाथको शरणमा?

दिल्लीकी ‘व्यालेन्स लेडी’ सोनल काठमाडौं आउँदै



भाजपा अध्यक्ष अमित शाहसँग श्रीमती सोनल शाह
भाजपा अध्यक्ष अमित शाहसँग श्रीमती सोनल शाह

भारतमा लोकसभा निर्वाचन भइरहेका बेला सत्तारुढ भारतीय जनता पार्टीकी शक्तिशाली महिला श्रीमती सोनल शाह बिहिबार नेपाल भ्रमणमा आउँदैछिन्।

दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहबीच सन्तुलन राख्न भूमिका खेल्दै आएकी सोनल शाह पशुपतिनाथमा पूजा गर्न बिहिबार काठमाडौं उत्रन लागेको स्रोतहरूले जनाएका छन्। हिन्दु धर्म परम्परामा विश्वास राख्ने भाजपाले निर्वाचनमा पनि कतिपय धार्मिक एजेण्डा उठाउँदै आएको छ।

सोनल शाह भाजपाका अध्यक्ष अमित शाहकी श्रीमती हुन्, जसले दिल्लीमा हुने राजनीतिक खेलहरूमा प्रधानमन्त्री मोदी र अध्यक्ष शाहबीच सन्तुलन कायम राख्न भूमिका खेल्दै आएको मानिन्छ।

गुजरातबाट राजनीतिमा उदाएका मोदी र गुजरातबाटै आएका प्रभावशाली नेता शाहबीचको गठजोडबारे दिल्लीमा निकै चर्चा हुने गर्दछ। यी दुईको गठबन्धनकै परिणाम अघिल्लो निर्वाचन जितेर भाजपाका कतिपय प्रभावशाली नेतालाई पछि पार्दै मोदी शक्तिशाली प्रधानमन्त्री बन्न सफल भएका थिए।

भाजपा र सरकारबीच सेतुको काम गर्ने दिल्लीमा धेरै मध्यस्थकर्ता छन्, तीमध्ये एक प्रभावशाली खेलाडी मानिन्छिन् श्रीमती सोनल शाह। गुजरातको सोनल परिवार तत्कालीन भारतीय जन संघमा आवद्ध थिए। उनकै परिवारले मोदीलाई भाजपा राजनीतिमा अगाडि बढ्न सहयोग गरेको मानिन्छ। सन् १९५१ देखि १९७७ सम्म भारतीय राजनीतिमा सक्रिय रहेको जन संघकै परिमार्जित रुप मानिन्छ भाजपा।

काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरूले सोनलको नेपाल भ्रमण कार्यक्रमबारे आधिकारिक रुपमा पुष्टि गर्न चाहेका छैनन्। तर दूतावासले प्रहरी महानिरीक्षकको सचिवालयमा आवश्यक सुरक्षा प्रवन्ध गर्न पत्राचार गरिसकेको छ।

‘पशुपतिनाथमा विशेष पूजा र अन्य केही शक्तिपिठको दर्शन गर्ने सोनलको कार्यक्रम छ, जहाँ उनले संभवतः निर्वाचनमा भाजपालाई विजयी बनाउन कामना गर्नेछिन्’, भाजपाका नेताहरूको पशुपति यात्राबारे जानकार एक जना प्रहरी अधिकारीले भने। 

हिन्दु धर्ममा विश्वास राख्ने भारतीय प्रधानमन्त्री मोदी आफै पनि नेपाल आउँदा पशुपतिनाथ, मुक्तिनाथ र रामजानकी मन्दिर पुगिसकेका छन्।

एक वर्षअघि पशुपतिनाथमा विशेष पूजा गरेर निस्कँदै भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी (फाइल फोटोः प्रविन कोइराला)

एक वर्षअघि पशुपतिनाथमा विशेष पूजा गरेर निस्कँदै भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी (फाइल फोटोः प्रविन कोइराला)

निर्वाचन भइरहेको बेला भारतबाट हिन्दु धार्मिक नेताहरूको नेपाल भ्रमण बाक्लिएको छ। केही साताअघि आरएसएस तथा गायत्री परिवारका अध्यक्षले नेपाल आएर निर्वाचनमा भाजपालाई विजयी बनाउन कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरेका थिए।

भारतकी शतगुरु माता सदिक्षा १० दिन लामो नेपाल भ्रमणको क्रममा आइतबार काठमाडौं आइपुगेकी छिन्। यसअघि भाजपाका केन्द्रीय सदस्य प्रतिकसिंह जानु पनि काठमाडौं आएका थिए। ८ चैत्र २०७५ मा दलबल सहित काठमाडौं आइपुगेका उनले नेपालका विभिन्न शक्तिपिठहरुमा दर्शन गरेका थिए।

भाजपाकै सहयोगी संस्था मानिने विश्व गायत्री परिवारका अध्यक्ष डा. प्रनभ पाण्डेय केही साताअघि नेपाल आएर फर्केका छन्। उनी पनि धार्मिक पूजाकै निम्ति आएको बताइएको छ।

यस्तै भारतका श्री १०८ महामण्डलेश्वर डा. प्रकाशानन्द स्वामी जीले १८–२५ फागुन २०७५ मा नेपाल भ्रमण गरे। भारतीय राजनीतिमा समेत प्रभावशाली मानिने यी शिक्षित सन्तले प्रहरीको सुरक्षा लिएर नेपालका विभिन्न हिन्दु शक्तिपिठहरुको दर्शन गरेका थिए।

प्रकाशित १८ बैशाख २०७६, बुधबार | 2019-05-01 09:25:24
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...