ललितपुरको ‘ट्रान्स पार्टी’मा प्रहरी छापा, पक्राउ छुटाउन नेकपा नेताको दवाब



इयुएमएसएनले आयोजना गरेको पार्टीमा सहभागी
इयुएमएसएनले आयोजना गरेको पार्टीमा सहभागी

प्रहरीले ललितपुरको बालकुमारीस्थिती एन्टी सोमा क्याफेमा शुक्रबार छापा मारेर ‘ट्रान्स पार्टी’ बन्द गराएको छ। प्रहरीले क्याफे संचालक र पार्टी आयोजकलाई नियन्त्रणमा लिएपछि पछिल्लो समय यस्ता पार्टी आयोजनाका लागि सरकारी निकायमा कम्पनी नै दर्ता भएको खुलासा भएको हो। 

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा विधिवत दर्ता भएको एक्स्ट्रीम अन्डरग्राउण्ड मेटल सोसाईटी अफ नेपाल प्रालिले ‘ट्रान्स पार्टी’ आयोजना गरेको हो। १५ असार २०७५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको यो कम्पनीले आफ्नो उद्देश्य मनोरञ्जनात्मक तथा सांगितिक मनोरञ्जन दिने उल्लेख छ। यसकाे कार्यालय सातदाेबाटाेमा छ। 

कम्पनीमा दर्ता इयुएमएसएन

कम्पनीमा दर्ता इयुएमएसएन

आयोजकले थ्रासमाण्डु–२ नाम दिएको ‘ट्रान्स पार्टी’ मा २ सयभन्दा बढी स्वदेशी तथा विदेशी नागरिक सहभागी थिए। आयोजकले ‘अर्ली बर्ड’ अनलाइनमार्फत टिकट बिक्री गरेको अनुसन्धानमा खुलेको हो। भारत, बेलायत र मेक्सिकोबाट आएका मेटल सोसाईटीका सदस्यले कार्यक्रम सुरु गर्नु अघि प्रहरीले हस्तक्षेप गरेको हो।

परिसरले आयोजक इलामका बिशाल राई र क्याफे संचालक सन्नी ब्यञ्जनकारलाई सार्वजनिक अपराधमा म्याद लिएर अनुसन्धान थालेको छ। परिसरका अनुसन्धान अधिकारीकाअनुसार यो समुहले भारतदेखि इराकसम्म सम्पर्क बढाएर पूर्वी नेपालका विभिन्न सहर, काठमाडौं उपत्यका र पोखरामा ‘ट्रान्स पार्टी’ आयोजना गरिरहेको खुलेको हो।

‘अनुसन्धानका लागि सार्वजनिक अपराधमा म्याद थप भएको हो,’ परिसर प्रमुख एसएसपी रबिन्द्र धानुकले नेपालखबरसँग भने ‘प्रहरी पुग्नासाथै लागू औषधसहित केही ब्यक्ति फरार भएका छन, हामी खोजी गरिरहेका छौं।’ उनका अनुसार आयोजकमध्ये एक पोखराका युवा फरार छन्। उनको खोजी भइरहेको हो।

प्रहरीले आयोजक र क्याफे संचालकलाई कारबाही थालेपछि सोमबार नेकपा ललितपुरका नेता हरिकृष्ण ब्यञ्जनकारको नेतृत्वमा उद्योग बाणिज्य संघका पदाधिकारीसहितको टोली दवाब दिन पुगेको थियो। परिसरले यस्ता गतिबिधि रोक्न सबै क्षेत्रको साथ आवश्यक रहेको भन्दै दुबैलाई रिहा गर्न मानेन्।

परिसर ललितपुरको टोली शुक्रबार बालकुमारीमा रहेको एन्टी सोमा क्याफेमा पुग्दा २ सय स्वदेशी तथा विदेशी युवायुवती लागूऔषधको नशा र चर्को संगितमा मस्त थिए। जिल्ला प्रशासन कार्यालय ललितपुरमा अनुमतिका लागि पत्र लेखे पनि प्रमुख जिल्ला अधिकारीले आवश्यक कारवाहीका लागि तोक लगाएका थिए। जिप्रका ललितपुरले अनुमति दिएको थिएन।

संगित थेरापीका नाममा भित्रिएको ‘ट्रान्स’ संस्कृति अहिले बिशुद्ध लागूऔषध सेवन र बेचबिखनको अखडा बनेको बुझाई प्रहरीको छ। ललितपुरमा समेत मध्यरातसम्म आयोजना हुने सो पार्टीमा लागूऔषधको खुल्लमखुल्ला बिक्री हुनेगरेको अनुमान प्रहरीको छ। प्रहरीले पार्टीमा सहभागीहरुलाई अभिभावकको जिम्मा लगाएर छोडेको थियो।

आयोजक इलामका बिशाल  राई

आयोजक इलामका बिशाल राई

आयोजक राईले भने पार्टीमा लागूऔषध कारोबार र बेचबिखन नभएको दाबी गरे। उनले लागूऔषध खाएर पार्टीमा आएको हुनसक्ने बताए।

‘कानून ब्यवसायीले प्रहरीबाट पनि अनुमति लिएर संचालन गर्नु भन्नुभयो,’ राईले भने ‘अब फेरि जुन १ मा संचालन गर्छु’। उनले २०१२ देखि आफू यस प्रकारको पार्टी आयोजनामा सक्रिय रहेको स्वीकारे। उनले यसअघि ठमेलमा रहेको पर्पल हेज, रेगे बार र कोटेश्वरको उज्जवल पार्टी प्यालेसमा पार्टी आयोजना गरेको प्रहरीसँगको बयानमा स्वीकारेका छन्।

अनुसन्धानमा आयोजकहरुले पछिल्लो समय नाम नचलेका पार्टी प्यालेस, क्याफे र रेष्टुरेन्ट भाडामा लिएर ‘ट्रान्स पार्टी’ आयोजना गर्न थालेका हुन्।

लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरतहुँदा देशभर भएका आधा दर्जन ‘ट्रान्स र रेभ पार्टी’ मा कारबाही गरेका डिएसपी अपिलराज बोहराले पछिल्लो समय आयोजकले ललितपुर र काठमाडौंलाई ट्रान्सको निशाना बनाउन थालेको बताए। उनले पार्टी रोक्न र आयोजकलाई कारबाही गर्न बिशेष टोली परिचालन भएको बताए।

‘लागूऔषध सहित उच्छृखल गतिबिधि ट्रान्सको बिशेषता हो,’ डिएसपी बोहराले भने ‘ललितपुर निशानामा रहेको सूचना पाएका छौं।’

प्रकाशित १६ बैशाख २०७६, सोमबार | 2019-04-29 19:52:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...