हिन्दी सिनेमा शैलीमा युवती फसाउने राजधानीका यी ठग



शशिधर सिँह
शशिधर सिँह

भारतीय चलचित्र उद्योगमा परणिति चोपरालाई डेब्यु गरिएको चलचित्र ‘लेडिज भर्सेज रिकी बहल’ को धेरैलाई अहिले पनि सम्झना होला। सन् २०११ मा ‘यस चोपडा फिल्म’ को ब्यानरमा मनिस शर्माले निर्देशन गरेको सो चलचित्रको एउटा पुरुष पात्र रिकी बहल पनि धेरैको मानसपटलमा ताजै होलान्।

बलिउडको हिट मध्येकै एक सो चलचित्रका पात्र रिकी बहल ( रणबिर सिँह) ले भारतका भिन्दाभिन्दै चार शहरमा चार सुन्दर र धनाढ्य युवतीबाट लाखौँ रकम ठगी गर्छन्। हेर्दा खाईलाग्दा र ठगीका लागि सहरपिच्छे फरक नाम र व्यवसायीको आवरणमा देखिएका रिकीबाट ठगिएकै युवती समेत मोहित हुन्छन्। चलचित्र प्रेम र ठगीको रोमाञ्चक यात्राबाट अघि बढ्छ। यसमा आमाबुबा भन्दा प्रेमीलाई ठूलो ठान्ने एक युवती डिम्पल चड्डा (परणिति चोपडा) को भोगाई महत्वपूर्ण छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले महिला तथा बालबालिका  सेललाई अनुसन्धानको जिम्मा दिएको एउटा घटना यही भारतीय चलचित्र भन्दा कम छैन। प्रहरीले २९ चैत्र २०७५ मा पक्राउ गरी जबर्जस्ती करणी र ठगीमा अनुसन्धान गरिरहेका ३१ वर्षे युवाले चलचित्रको पटकथामा जस्तै युवतीहरुसँग ठगी गरेका हुन्।

प्युठानका ३१ वर्षीय शशिधर खड्काले नाममात्र होइन, पेशा, घर–ठेगाना र अन्य सबै विवरण समेत बदलेर ठगी गरेका छन्। काठमाडौँका महङगा रेष्टुरेन्ट, क्लब र जिम हलमा भेटिएका युवतीदेखि तिनीहरुका साथीसम्मलाई आफ्नो प्रेमजालमा फसाएर शारीरिक शोषण र आर्थिक ठगी गर्दै आएका शशिधर कतै गुलाब सिँह बनेका छन्, त कतै शिशिर सिँह बनेर ठगी गरेको जाहेरी परिसरमा परेको छ।

प्रहरीका अनुसार शशिधरबाट पीडित एक युवतीको घरबार नै बिग्रिएको छ। खड्काकै कारणले भारतीय युुवासँग प्रेम विवाह गरेकी ललितपुरकी एक युवतीले दुई महिनामै छोडपत्रमात्र गरिनन्, ८ लाख रुपैयाँ नगद गुमाइन्। ती युवतीलाई ठग्ने तिनै शशिधर सिँह थिए। यस्तै धादिङकी अर्की युवतीको १५ लाख रुपैयाँ र काठमाडौकी अर्की एक युवतीको पनि उनीबाट ४२ लाख रुपैयाँ ठगी भएको छ।

अचम्म त के भने, उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीमध्ये एक टोलीको त उनले मोबाईल नै लुटेका थिए। यस्तै अर्को टोली पक्राउ गर्न जाँदा आफूलाई पक्राउ गरिए आफूसँग रहेका युवतीहरुलाई प्रहरीले बलात्कार गर्न खोजेको भनेर फसाइदिने धम्की दिँदै आफूलाई पक्राउ नगर्न दबाब दिएका थिए।

‘पक्राउ गर्न गएको टोलीलाई केही युवतीहरुले घेराबन्दी गरेका थिए’, परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले नेपालखबरसँग भने, ‘प्रहरी हामीलाई बलात्कार गर्न आए भनिदिन्छौँ भन्दै शशिधरलाई पक्राउ नगर्न दबाब दिएका थिए।’

शशिधर उर्फ गुलाब सिँह
ललितपुरको रैथाने नेवार परिवारको सम्पर्कमा एकजना लक्काजवान युवा पुग्छन्। उनले आफूलाई गुलाब सिँहका नामले परिचय दिन्छन्। आफू अमेरिकाबाट फर्किएको र उतैको राहदानीबाहक नेपाली भएको गफ दिन्छन्।

त्यो परिवारकी एउटी सदस्य भारतीय नागरिकसँग प्रेम सम्बन्धमा हुन्छिन्। त्यसबारे जानकार गुलाबले युवती भन्दा बढी महत्व घरका परिवारका सदस्यलाई दिन्छन्। गुलाबको व्यवहार र उनको रवैयाले ती युवती आकर्षित हुँदै थिईन्। त्यसैबीच ती युवतीको भारतीय नागरिकसँग विवाह हुन्छ। उनी श्रीमानसँगै भारत जान्छिन्।

उनी भारत पुगेको केही समयपछि नै गुलाब सिँहको आवरणमा रहेका शशिधर खड्काले सम्पर्क गर्छन्। केही दिनको लगातार सम्पर्कपछि गुलाबले युवतीलाई आफूसँग विवाह गरी अमेरिका लैजानै भन्दै प्रलोभन दिन्छन्।

युवती अमेरिका जाने सपनामा डुब्छिन्। र, भर्खर वैवाहिक सम्बन्धमा बाँधिएका श्रीमानलाई छाडेर नेपाल फर्किन्छिन्। नेपाल फर्केसँगै गुलाबसँगको हिमचिम बढ्छ। गुलाबको प्रेममा मख्ख परेकी ती युवतीले आफ्नो वैवाहिक सम्बन्ध बिच्छेद गर्छिन्।

गुलाबले बनावटी प्रेमको मोहले त गाँस्छन् नै, विभिन्न बहानामा आर्थिक शोषण समेत सुरु गर्छन्। प्रेमको मोहजालमा पारेर ती युवतीबाट ८ लाख रुपैयाँ चप्काउन सफल भएपछि गुलाब सिँह गायव हुन्छन्।

‘अहिले ती युवती बाबुआमासँगै आएर धुरुधुरु रुन्छिन्’, परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटी भन्छन्, ‘हामीले कानूनी कारबाही थालेका छौँ। तर त्यो परिवारमा पुगेको क्षतिको पूर्ति कुनै कानूनी उपचारले गर्न सक्दैन।’

शिशिर सिँहको अवतार
शशिधर खड्काको परिचयमा हिंड्ने शिशिर सिँहको चंगुलमा परेर धादिङकी अर्की युवतीले १५ लाख गुमाइन। उनले यहाँपनि पहिला परिवारका सदस्य र त्यसपछि युवतीलाई आफ्नो निशाना बनाएका थिए। अघिल्लो घटनामा जस्तै यहाँ पनि अमेरिका लैजाने सपना बाँडेर रकम ठगी भएको थियो।

‘जिम हलमा भेटिएकी एउटी युवती मार्फत् उनी त्यो परिवारको सम्पर्कमा पुगेका हुन्’, बोगटीले भने, ‘यो घटनामा शारीरिक भन्दा आर्थिक शोषण भएको छ।’

दिदी–बहिनी दुबैलाई ठगी
परिसरको महिला तथा बालबालिका सेलले अनुसन्धान गरिरहेको अर्को घटनामा शशिधरले घर नै धितो राख्न लगाएर ४२ लाख रुपैयाँ ठगी गरेको भेटिएको छ।

उनले काठमाडौंँको मध्यम वर्गीय यो परिवारका दिदी बहिनीलाई नै अमेरिका लैजाने भन्दै ठगीमात्र गरेनन्, तीमध्ये एकलाई पटक–पटक शारीरिक शोषण समेत गरे।

‘गत २६ मंसिरमा सुन्धाराको एउटा लजमा युवतीसँग शारीरिक सम्पर्क गरेछन्’, सेलकी प्रमुख चेतना पोखरेलले भनिन्, ‘विवाह गरेर अमेरिका लैजाने भन्दै यस्तो शोषण गरेका रहेछन्।’

प्रहरीको मोबाईल लुटेर प्रहरीलाई नै धम्की
प्रहरीमा शशिधर खड्का बिरुद्ध जाहेरी परेपछि उनको खोजी जारी थियो। उनी पक्राउ पर्नुभन्दा केही दिनअघि परिसरका एकजना प्रहरी अधिकारीले खड्कालाई गंगबु नयाँ बसपार्कमा कारमा कतै जाँदै गरेको देखेपछि रोक्न खोजे।

तर शशिधरले ती प्रहरी अधिकारीको मोबाइल नै खोसेर भागे। पक्रन खोज्ने प्रहरी अधिकारी हेरेको हे¥यै भए।

प्रहरी अधिकारीको मोबाइल लुटेका खड्काले सोही नम्बरबाट प्रहरी अधिकारीहरुलाई धम्काउन थाले। प्रहरीका अनुसार, ठगिएका पीडित परिवारलाई आफूले प्रहरी अधिकारीलाई १० लाख रुपैयाँ दिएर केश मिलाएको दावी गर्दै आफूविरुद्धको जाहेरी फिर्ता लिन दबाब दिएका थिए।

‘उनले कहिले आफू एकजना प्रभावशाली मन्त्रीको भान्जा हुँ भन्दै त कहिले मानवअधिकार आयोगको पदाधिकारी हुँ भन्दै धम्क्याए’, डिएसपी बोगटीले भने, ‘प्रहरीकै मोबाइल फिर्ता लिन समेत हम्मेहम्मे प¥यो।

प्रकाशित १३ बैशाख २०७६, शुक्रबार | 2019-04-26 20:09:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • निर्माणको अन्तिम चरणमा पुगेको मितेरी पुल

    चार वर्षपछि तातोपानीमा फर्कियो खुशी, नाका खुल्दा ‘दशैं मनाउने’ तयारी (भिडियो)

    चार वर्षपछि फेरि तातोपानी क्षेत्रमा खुशी फर्केको छ, दुई सातापछि नाका खुल्दा ‘दशैं मनाउने’ तयारीमा छन् यस क्षेत्रका बासिन्दा।

  • प्राइभ क्लबको दृश्य

    सोल्टी होटलको क्लबमा बितण्डा, पूर्व गभर्नर पुत्रको करङ भाँचियो

    ताहचलस्थित होटल सोल्टी काठमाडौंका उच्च वर्गीयहरुको पहिलो रोजाइ हो। क्राउन प्लाजाले व्यवस्थापन गर्ने यो होटल भित्र प्राइभ नेपाल नामको एउटा भीआइपी...

  • नवराज पराजुली

    कविताले मान्छे रुवाउँछन् नवराज

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा नवराज पराजुली अंग्रेजीमा मास्टर्स गर्दै थिए। त्यही बेला कामको सिलसिलामा मलेसिया पुगेका मामाका छोरा दाइको मृत्यु...

  • जुनु राना

    मी टू सन्दर्भः हङकङमा सुनसान पारेर मेरो हात तान्ने ती ‘अंकल’

    ‘हङकङको ताइतोङ डाँडामा तीज मनाएर राती जंगलको सुनसान बाटो फर्कंदै थियौं। म पछाडि छोडिएको देखेर एक जना अंकल बाटोमा टक्क उभिए। हातमा स्यान्डल बोकेर...