पोखरामा हुनेखाने मानिएका लायन्सको चुनावी रौनक



लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनको पोखरामा हुँदैछ।

नयाँ नेतृत्व चयन गर्नेगरी वैशाख १३ र १४ गते पोखरामा आयोजना हुने अधिवेशनको तयारी सकिएको महाधिवेशन मूल आयोजक समितिकी संयोजक विमला श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार महाधिवेशनमा करिब ४ हजार लायन्सहरु पोखरा आउनेछन्। बुधबारसम्म २ हजार लायन्स सदस्यहरुले अधिवेशनमा सहभागि हुन आफ्नो नाम दर्ता गरिसकेको उनले जनाइन्।

अधिवेशनको पहिलो दिन उद्घाटन र दोस्रो दिन नेतृत्व चयन हुनेछ। महाधिवेशन गर्न करिब ७५ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको उनले बताइन्। बुधबार तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लायन्स अन्तर्राष्ट्रिय ३२५ बि १ नेपालका गभर्नर अशोक श्रेष्ठले पोखरामा रहेका २६ वटा महिलाआवद्ध लायन्स क्लवले अधिवेशनको आयोजना गर्नु आफैमा इतिहास भएको बताए।

लायन्सको यो अधिवेशनबाट अहिले प्रथम डिष्ट्रिक्ट गभर्नर रहेका ईन्दु लम्साल गर्भनर बन्नेछिन भने मनबहादुर रोका पहिलो बरियतामा पुग्नेछन्। सेकेण्ड डिष्ट्रिक्ट गभर्नरमा भने पोखरामा विश्वेश्वर आचार्य र ध्रुब श्रेष्ठ चुनावी मैदानमा रहेका छन्।

दुबैजना पोखरामा उम्मेदवार भएकोले यतिबेला ‘हुनेखाने र सुकिला मुकिला’को क्लब मानिने लान्यसमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ। लायन्स ३२५ बि १ मा पोखरा ,लमजुङ, तनहुँ, बाग्लुङसहित गण्डकी प्रदेशका लायन्स क्लबहरु आवद्ध छन्।

लायन्स ३२५ बि १ नेपाल गठनपछि एक कार्यकाल काठमाण्डौं र अर्को कार्यकाल काठमाण्डौं बाहिरकाले नेतृत्व लिने भद्र सहमति बनेको छ। यही सहमति अनुसार डिष्ट्रिक्ट गभर्नर बन्ने ढोका मानिएको सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरको पालो पोखरालाई परेको हो।

लायन्स क्लवमा सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदलाई गर्भनर हुने बाटोको रुपमा बुझिन्छ। सेकेड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा यो संस्थासँग आवद्ध सबै लायन्स क्लवहरुले मतदान गर्छन्।

तर सेकेण्ड भाइस गभर्नरभन्दा माथि उक्लन मतदान हैन, एस वा नो भोट लिएमात्र पुग्छ। अहिले लायन्स क्लव अफ इण्टरनेसनल ३२५ बि १ मा तनहुँका अशोकुमार श्रेष्ठ गभर्नर रहेका छन्।

प्रथम भाइस डिष्ट्रिक्ट गर्भनरमा ईन्दु लम्साल छन् भने दोस्रोमा बागलुङका मनबहादुर रोका रहेका छन्। निर्वाचनमा काठमाण्डौंसहित गण्डकी प्रदेशमा रहेका करिब १ हजारजनाले मतदान गर्नेछन्।

लायन्स क्लबमा १५ जना सदस्य भए एकजनालाई मताधिकार दिइन्छ भने २० जना सदस्य भएको क्लबले २ वटा मत हाल्न पाउँछन। २५ भन्दा बढी सदस्य भएका क्लबको हकमा ३ भोटको ब्यवस्था गरिएको छ।

लायन्स ३२५ बि १ मा २ सय ६७ भन्दा बढी क्लब र १० हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन्। पोखराबाटै दुई जनाको उम्मेदवारी परेपछि यहाँका लायन्सहरुबीच तानातान देखिएको छ।

लान्यस क्लबमा अन्य संघ/संस्थाजस्तो प्रत्यक्ष राजनीति हावी त छैन तर आस्थाको आधारमा भित्रभित्रै भोट भने मागिन्छ।

लायन्स स्रोतका अनुसार अहिले उम्मेदबार बनेका दुबैजना वाम विचारधारासँग नजिक मानिन्छन्। तर, ध्रुवभन्दा विश्वेश्वरसँग राजनीतिक चासो केही बढी रहेको छ। चुनाव नजिकिँदै गर्दा उनीहरुले भोजभतेरलाई पनि तिब्रता दिएका छन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 21:27:18
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...