नारायणी अस्पतालका कागजपत्र अख्तियारको नियन्त्रणमा



नारायणी अस्पताल
नारायणी अस्पताल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जको नारायणी अस्पतालमा छापा मारेको छ।

अस्पतालमा विभिन्न अनियमितता भएका खबर आएपछि अख्तियारले बुधबार छापा मारी सामान खरिद सम्बन्धी कागजपत्रहरु नियन्त्रणमा लिएको हो।

१३ गुणा बढी मूल्यमा केमिकल्स खरिद, महँगो किलिया मेसिन सुटुक्क साटिएको, पुरानो मितिमा कागजात मिलाएको, बिनाप्रतिस्पर्धा करिब चार दर्जनलाई दैनिक ज्यालादारीमा नियुक्ति गरेको लगायत समाचार प्रकासित भएका थिए।

नारायणी अस्पतालले १३ गुणा बढी मूल्यमा औषधि खरिद गरेको उजागर भएपछि अनियमितता ढाकछोप गर्न अस्पताल प्रशासनले पुरानो मितिमा कागजात मिलान गरेको बताइएको छ।

पुरानो मितिमा खरिद आदेश र टिप्पणी आदेश बनाएको कागजातसमेत परीक्षणका लागि लगिएको छ। अख्तियार स्रोतका अनुसार केमिकल्स खरिदको कागजातको प्रतिलिपि अनुसन्धानका लागि लगिएको छ।

पूर्व फार्मेसी प्रमुख विजय यादवले मेसुले दबाब दिएर गत असोज महिनाको मिति राखेर दुई साता अगाडि कागजातमा हस्ताक्षर गराएको लिखित बयान दिएको स्रोतले जनाएको छ। 

अख्तियार टोलीले बुधबार अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. एनामुल हक, स्टोरका दामोदर अधिकारी, प्रयोगशालाका हिराबाबु पाण्डे, सचिन्द्र यादव, फार्मेसीका विजय यादवलगायत अन्य कर्मचारीसँग बयान लिएको थियो।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 20:39:51
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...