अब घलेगाउँ पनि फेरिने, ढुंगाको सट्टा टिनको छाना



घलेगाउँ
घलेगाउँ

ग्रामीण पर्यटनमा प्रख्यात लमजुङको घलेगाउँका सबै घरका छाना अब राता बन्ने भएका छन्।

गण्डकी मन्त्रिपरिषदको बुधबारको बैठकले २९ लाख विनियोजन गर्ने निर्णयपछि गाउँ नै रातो हुने भएको हो।

घलेगाउँ होमस्टेको लागि देभभर प्रख्यात रहेको छ। घलेहरुको बस्ती रहेको सो गाउँमा अहिले १ सय २५ घर रहेका छन्। गाउँमा ३५ दलित परिवार बस्छन्। प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतका अनुसार जस्ताको छानामा ५० प्रतिशत अनुदान दिने गरी २९ लाख २७ हजार रुपैयाँ घलेगाउँलाई दिइएको छ।

लमजुङको क्होलासोथर गाउँपालिका ३ का अध्यक्ष प्रेम घलेले घलेगाउँ करिब सात सय वर्ष पुरानो भएको दावी गरे। घलेराजाले शासन गरेकोले सो गाउँलाई घलेगाउँ भनिएको हो। गुरुङ बस्तीमा छानो छाउन प्रायःजसो ढुङ्गा प्रयोग गरिन्छ। घलेगाउँका घरहरु अहिले पनि ढुंगाले छाइएका छन्।

अब त्यहाँ ढुंगाले छाएका मौलिक घरहरु भने देखिने छैनन्। घलेगाउँमा स्थानीय उत्पादनहरु खसी र भेँडाको मासु, निउरो, कुरिलो,सुकुटी र घरपाला कोदोको रक्सी खाँदै हिमाली दृष्यमा रमाउने पर्यटकहरु पुग्ने गर्छन्।

प्रकाशित ११ बैशाख २०७६, बुधबार | 2019-04-24 20:12:55
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...