गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा



गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल १७ लाख धरौटीमा रिहा भएका छन्।

कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार थिए। तर, सोमबार अर्यालले वकिलसहित अदालतमा हाजिर भई धरौटी रकम बुझाएर रिहा भएका हुन्।

उनीसँगै रिहा हुनेको संख्या ८ पुगेको छ।

गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले ठगीको आरोपमा अर्यालसहित ११ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। विद्यार्थीहरुको जाहेरीका आधारमा कास्की प्रहरीले २ जनालाई पक्राउ समेत गरेको थियो।

पक्राउ परेकाहरु गत गत चैत १८ गते नै जनही १७ लाख बुझाएर रिहा भएका थिए। कास्की प्रहरी प्रमुख ओम रानाले केहि दिनअघि नेपालखबरसँगको कुराकानीमा अदालतले दिएको तारिखमा उपस्थित नभएको खण्डमा मात्र प्रहरीले पक्राउ गर्ने बताएका थिए। 'अदालतले तारिख हानेको छ, उक्त मितिमा नआएपछि प्रहरीले पक्रन पाउँछ,' उनले भने।

तर, प्रहरीले भने विद्यार्थीहरुको किटानी जाहेरीको आधारमा २ जनालाई पक्राउ गरेको थियो। जिल्ला अदालत कास्कीको अनुमति पक्राउ पूर्जी जारी भइसकेपछि प्रहरीले पक्राउ किन गरेन? भन्ने प्रश्नमा रानाले भने,‘उनीहरुले अदालतमा उपस्थित हुन पाउँछ, अदालतले प्रक्रिया अगाडि बढाउँछ, अदालती म्यादमा उपस्थित नभए प्रहरीले पक्राउ गर्ने प्रक्रिया अगाडि बढाउँछ।’

खुमा अर्याल सोमबार रिहा भए भने दिनेश पौडेल, युवराज शर्मा, कृष्णप्रसाद पौडेल यसअघि नै छुटेका हुन्। विद्यार्थीले ५३ करोड ठगी गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय र सम्पत्ति शुद्धिकरण विभागमा ११ जना सञ्चालक विरुद्ध उजुरी दिएका छन्।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 20:59:52
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...