तारा एयरको जहाज धावनमार्गमा चिप्लियो, सबै यात्रु सकुसल



रामेछापमा दुर्घटना भएकाे तारा एयरकाे जहाज। तस्बिरः सामाजिक सञ्जाल
रामेछापमा दुर्घटना भएकाे तारा एयरकाे जहाज। तस्बिरः सामाजिक सञ्जाल

तारा एयरको जहाज सोमबार बिहान रामेछापमा दुर्घटनामा परेको छ।

तारा एयरको ९एनएकेके कल साइनको जहाज मन्थली विमानस्थलमा धावनमार्ग (रनवे)बाट चिप्लिएको हो।

अवतरण गर्ने क्रममा टायर पन्चड भएर जहाज रनवेबाट चिप्लिएको हो। 

तर मानवीय क्षति भने नभएको बताइएको छ। 

रामेछापकाे मन्थली विमानस्थल

रामेछापकाे मन्थली विमानस्थल

मन्थली विमानस्थल बन्द

दुर्घटनापछि रामेछाप विमानस्थल बन्द भएको छ। तारालाई रन वेबाट नहटाएसम्म विमानस्थल खुला गर्न नसकिने विमानस्थल व्यवस्थापनले जनाएको छ।

दुर्घटना गस्त उक्त विमान रन वेबाट हटाउन कति समय लाग्छ भन्नसक्ने अवस्था नरहेको विमानस्थल कार्यालयले जनाएको छ।

उक्त विमान काठमाडौंबाट लुक्लातर्फ जाँदै थियो तर अवतरण गर्न सकेन। त्यसपछि सोलुखुम्बुको फाप्लु उपत्यकामा प्रवेश नै गर्न नसकेपछि विमान रामेछापतर्फ अवतरणका लागि गएको थियो।

रामेछापको मन्थलीमा बिहान ९ः३८ मा अवतरण गर्दा उक्त दुर्घटना भएको हो। विमानको नोज ह्विलमा क्षति पुगेको छ। विमानमा १४ विदेशी र ३ यात्रु रहेका थिए।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 10:35:13
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...