अपराध जाँच गर्ने संस्थाकै सचिवकाे गाडीमार्फत जघन्य अपराध



भारतको ‘क्राइम चेक अर्ग्नाइजेसन’ को सचिव उल्लेख गरिएको प्लेट कारमा टाँसेर लागूऔषध गाँजा तस्करी गरेकाे फेला परेकाे छ।

आइतबार जिल्ला प्रहरी कार्यालय, मकवानपुरले चेकजाँचका क्रममा तस्करहरुले भीआईपी गाडीको आवरणमा गाँजा तस्करी हुने नयाँ शैली भेट्टाएको हो।

तस्करहरुले बिआर ३१ एम ५०५१ नम्बरको गाडीमा ‘क्राइम चेक अर्ग्नाइजेसन’ को सचिव लेखि गाँजा तस्करी गरेका प्रहरीले जनाएकाे छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा, तीनताप्केमा साे कार चेकजाँच गर्ने क्रममा ४८ किलो ८ सय ग्राम गाँजा भेटिएको हाे।

गाँजा तस्करी गर्ने भारत विहारका अमरजित सिंह प्रहरीले नियन्त्रणमा लिएको छ। उनले कारको पछिल्लो भागमा सिटमुनि फल्स बटम बनाएर गाँजा लुकाएका थिए।

गाँजासहित पक्राउ परेका सिंहलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० बर्षसम्म कैद र १५ हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना र कारसमेत जफत हुनसक्छ ।

प्रकाशित ९ बैशाख २०७६, सोमबार | 2019-04-22 09:59:34
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।