खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?



अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल
अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

नेपालमा भएका चर्चित र ठूला अपहरणमा संलग्न रहेको आरोपमा कारागारमा कैद भुक्तान गरिरहेका भारतीय नागरिक सेट्टी र टण्डनसँग भिमसेनले ‘दूत’ मार्फत सम्पर्क बढाएका हुन्। प्रहरीले उनीहरुका गतिविधिमा निगरानी बढाएको छ।

प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका भिमसेन पण्डितले आफ्ना ‘दूत’ मार्फत सदरखोर डिल्लीबजारमा रहेका भारतीय नागरिक सेट्टी र नख्खु कारागारमा रहेका टण्डनसँग फरक फरक मितिमा सम्पर्क गरेका हुन्। पण्डितका दूतका विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ।

‘भेटघाटको केही दिनपछि मात्र सूचना प्रहरीसम्म आएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले नेपालखबरसँग भने, ‘सामान्य व्यक्तिलाई आर्थिक प्रलोभनमा सूचना सम्प्रेषणको माध्यम बनाइएको देखिएको छ।’

अन्तर्राष्ट्रिय अपराधिक गिरोहसँग पहुँच भएको यो समूहको सक्रियता ठूलो योजनाको संकेत हुनसक्ने प्रहरी विश्लेषण छ।

पण्डित नेपालमा २०६४ देखि २०६७ सम्म भएका अपहरण काण्डहरुका मुख्य नाइके हुन्। अपहरण धन्दामा टण्डन र सेट्टी उनका कट्टर दुश्मन हुन्। दुश्मन समूहसँग निकटता किन बढाउन खोजेको भन्ने विषय यतिबेला प्रहरीको टाउको दुःखाइ भएको छ। भिमसेन पण्डितको सन्देश के थियो? रहस्य खुल्न सकेको छैन।

प्रहरीको सर्वाधिक खोजीमा रहे पनि ८ वर्षदेखि पण्डित फरार छन्।

‘कारागारमै रहेका अन्य व्यक्ति भेट्न भनेर गएका व्यक्तिले सेट्टीलाई भेटेको सूचना हामीले पाएका हौं,’ महानगरीय अपराध महाशाखाका एक अधिकारीले भन्छन्, ‘फरार रहेका भिमसेन पछिल्लो समय ठूलो योजनामा रहेको हुनसक्छ।’

उनीहरुको निकटता पछाडि अन्य अन्तर्राष्ट्रिय गिरोहको संलग्नता हुनसक्ने प्रहरी आशंका छ।

भिमसेन पण्डित समूहबाट प्रहरीले बरामद गरेको सामग्री

भिमसेन पण्डित समूहबाट प्रहरीले बरामद गरेको सामग्री

‘भारतमा लुकीछिपी बसेका भिमसेन र भारतीय आपराधिक गिरोहका सदस्य रहेका उदय र अमरबीचको निकटता सामान्य होइन,’ प्रहरीका एक उच्च अधिकारी भन्छन्, ‘प्रहरीले सम्भावित दुर्घटना रोक्न अनुसन्धान गरिरहेको छ।’

भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनका तत्कालीन कार्यकारी निर्देशक डा.भक्तमान श्रेष्ठको अपहरणका मुख्य योजनाकार रहेका भिमसेन समूहका रोहित पलिवाल अग्रवाल पक्राउ परे पनि उनी फरार छन्।

डा. श्रेष्ठको २०६७ जेठ ४ मा अपहरणपछि साढे १ करोड रुपैयाँ बराबरको सुन पण्डित समूहले भारतमा फिरौती बुझेर डा.श्रेष्ठलाई रिहा गरेको थियो।

भारतीय गिरोहको सम्पर्कमा भिमसेन
भारत उत्तरप्रदेश आगराका रोहित पलिवाल अग्रवाल पक्राउ परेपछि भिमसेन एक्लिएको अनुमान प्रहरीको थियो। यो गिरोहले नेपालमा अपहरणपछि भारतमै फिरौती बुझ्ने गरेको थियो। पण्डित समूहसँग भारतीय आपराधिक गिरोहको सहकार्य रहेको आशंका त्यतिबेला केन्द्रीय अनुसन्धान ब्युरोले गरेको थियो।

ब्युरो लगायतका प्रहरी इकाईको बारम्बार प्रयासपछि पनि भिमसेन उम्कदै आएपछि प्रहरीले उनी भारतीय गिरोहकै शरणमा रहेको हुनसक्ने अनुमान गरेको छ।

‘उसको एकजना निकट महिला साथी पोखरामा रहेको सूचना केही समय अघि पाएका थियौं,’ भिमसेनको खोजीमा जुटेका प्रहरी अधिकारी भन्छन्, ‘धेरै पटक प्रयास गर्यो तर सफल हुन सकिएन।’

जेलभित्रै मोबाईल
महानगरीय अपराध महाशाखाले केन्द्रीय कारगार, सदरखोर डिल्लीबजार र नख्खु कारागारमा रहेका संगठित आपराधिक गिरोहका नाइकेले जेलभित्रैबाट मोबाइल प्रयोग गरिरहेको पुष्टिपछि थप अनुसन्धान थालेको छ।

कारागारमा रहेका सेट्टी र टण्डनसहित समिरमान सिंह बस्नेत, सुजन पौडेल ‘बाहुन’ र रिगल ढकालले मोबाइल प्रयोग गरिरहेको महाशाखाको अनुसन्धानले देखाएको छ।

अपहरणकारीबाट बरामद गाडीहरू

अपहरणकारीबाट बरामद गाडीहरू

निर्माण व्यवसायीले ठेक्कामा निश्चित प्रतिशत रकम नदिए ज्यान मार्ने धम्की आउने गरेको उजुरी महाशाखामा गरेपछि प्रहरीले अनुसन्धान गरेको हो। प्रहरी अनुसन्धानबाट कारागारभित्र रहेका अपराधिक गिरोह सञ्चालन गर्नेहरुले मोबाइलबाटै आफू निकटलाई सम्पर्क गरेको पुष्टि भएको हो।

‘उदयको नेपालमा कोही आफन्त छैन,’ प्रहरी अधिकारी भन्छन्, ‘उसले मोबाइलबाटै बाहिर रहेका समूह सदस्यहरु परिचालन गरिरहेको छ।’ ती अधिकारीका अनुसार निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न रहेका बस्नेत समूहले सुजन पौडेलले प्रयोग गरिरहेको मोबाइलबाटै आफू निकटसँग सम्पर्क गरिरहेका हुन्। पौडेल, ढकाल र बस्नेत केन्द्रीय कारगारमा रहेको गोलघरमा राखिएका छन्।

मुम्बईदेखि स्विटजरल्याण्डसम्म ‘नेक्सस’
भारत महाराष्ट्रका उदय सेट्टी र अमर टण्डन सुरुवाती चरणमा एउटै समूहमा थिए। एशियन पेन्ट्सका संचालक महेश मुरारकाको अपहरणपछि यो समूह छिन्नभिन्न भएको हो।

‘मुरारकालाई ७७ लाख रुपैयाँ फिरौती लिएर छाडिएको थियो,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन् ‘उदयलाई थाहै नदिई अमरले मुरारकासँग स्विटजरल्याण्डमा डलरमा फिरौती बुझेको थाहपाएपछि समूह छिन्नभिन्न भएको थियो।’

त्यसपछि अलग–अलग समूहमा विभाजित उनीहरुले टिकाराम अर्याल, अनित्य गुरुङ, निरज कक्षपती, महेश सारडा, गोविन्द भट्टराई र डा. आशुतोष भारद्वाजको अपहरण गरी लाखौं रकम फिरौती बुझेका थिए।

उदय, अमर र प्रल्हाद महतको समूह सक्रिय रहेकै बेला भिमसेन पण्डित समूहले ओमकार भट्टचन, डा. भक्तमान, उमेश गहत र दिलिप अग्रवालको अपहरण गरी फिरौती बुझेको थियो। यस्तै सेट्टी र टण्डनकै समूहमा रहेका प्रल्हाद महतले प्रहरी अधिकारीहरुसँग निकट सम्बन्ध रहेका बाबुराजा रावलको अपहरण गरी एक करोड ५० लाख फिरौती बुझेको थियो।

प्रहरीले अपहरणमा संलग्न यो समूहका अधिकांश सदस्यहरुलाई पक्राउ गरेपनि फिरौती बुझेको रकम भने फिर्ता ल्याउन सकेको छैन।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 18:47:53
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...