मृत्यु भएका व्यक्तिको नामबाट समेत सामाजिक सुरक्षा भत्ता!



सरकारले नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्तामा अनियमितता रहेको पाइएको छ।

स्थानीय तहले नामै नभएका, मृत्यु भइसकेका तथा कुनै विवरण नै नभएकालाई समेत सामाजिक सुरक्षा भत्ताका नाममा रकम खर्च उपलब्ध गराएको पाइएको हो।

महालेखापरीक्षकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको मूल अभिलेख नभएको, भरपाई परीक्षण गर्दा लगतमा नाम नभएको, मूल लगतमा संख्या नमिलेको तथा मृत्यु भइसकेका र बसाइँसराइ भइसकेकालाई समेत साामाजिक सुरक्षाभत्ता प्रदान गरेको पाइएको छ।

यस्तै बैंक तथा वित्तीय संस्थाले समेत सामाजिक सुरक्षा भत्ता वितरणमा लापरवाही गरेको र सम्बन्धित व्यक्ति नजाँदा पनि रकम सेवाग्राहीको खातामा जम्मा नगर्ने गरेको पाइएको छ।

सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७२ अनुसार अन्तिम किस्ताको पेश्की असार २५ गतेभित्र फछ्र्योट गर्नुपर्ने व्यवस्था भएपनि सो प्रावधानलाई पालना नगरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले रु २० लाखभन्दा बढी पेश्की बाँकी रहेको तर फछ्र्योट नभएकामा नमूना परीक्षण गर्दा प्रदेश नं २ का ४० स्थानीय तहले मात्रै रु ८४ करोड १४ लाख ६२ हजार बराबरको फछ्र्योट नगरेको पाएको छ। यस्तै प्रदेश नं ५ का १३ स्थानीय तहले रु २४ करोड २४ लाख ९२ हजार, प्रदेश नं १ का १४ स्थानीय तहले रु १५ करोड ४३ लाख २६ हजार बराबरको बेरुजु फछ्र्योट गरेका छैनन्।

मुगुको सारु गाउँपालिले रु तीन करोड ९४ लाख ६८ हजार, बागलुङको निस्तीखोला गाँउपालिकाले रु एक करोड ३८ लाख ३७ हजार, सल्यानको बागचौर नगरपालिकाले रु ८८ लाख १४ हजार, जाजरकोटाको भेरी नगरपालिकाले रु ३५ लाख १६ हजार र भक्तपुरको सूर्यविनायक नगरपालिकाले रु २९ लाख ४६ हजार फछ्र्योट नगरेको पाइएको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

महालेखाले तोकिएको समयमा आर्थिक विवरण प्रस्तुत नगर्ने र नगराउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। यस्तै सामाजिक सुरक्षाभत्ताको विवरणसमेत गोलमाल रहेको पाइएको छ।

कसलाई के कति भत्ता दिइएको हो भन्नेसमेत स्पष्ट नभएको पाइएको छ। मूल अभिलेख र भर्पाई परीक्षण गर्दा लगतमा नाम नभएको, मूल लगतमा सङ्ख्यासमेत नभिडाएको, पाँच वर्ष उमेर पुगिसकेको दलित बालबालिकाको नाममा भत्ता वितरण भएको पाइएको छ।

यस्तै मूल अभिलेखसँग नभिडाइक भर्पाई गरेको, दोहोरो भुक्तानी गरिएको पाइएको छ। विभिन्न चार स्थानीय तहले रु २४ लाख ८६ हजार बराबरको रकम त्यसरी वितरण गरेको पाइएको छ।

सामाजिक सुरक्षा कार्यक्रमतर्फ लगत नभएका, मृत्यु भइसकेका, बसाइँसराइ गरेकाले समेत पेश्की लगेको, वर्षात्मा खर्च नभई बाँकी रहेको, बढी भुक्तानी गरेका १५ स्थानीय तहले असुल गर्नुपर्ने रु ८८ लाख ४० हजारको कुनै हिसाब किताब नभएको पाइएको छ। बढी भुक्तानी भएको रकम असुल गरी संघीय सञ्चितकोषमा दाखिला गर्न महालेखाले आग्रह गरेको छ।

महालेखाले लाभग्राही किस्ताको रकम लिन नआई बाँकी भएको रकम बैंकले स्थानीय तहलाई फिर्ता गर्नुपर्नेमा नगरीकन अपचलन गरेको समेत जनाएको छ। त्यस्तो रकम रु एक करोड ९९ लाख ४१ हजार पुगेको छ। बैंकले लाभग्राहीको नाममा बैंक खातामा रकम जम्मा गर्नुपर्नेमा नगरीकन लाभग्राही आएपछि मात्रै दिने गरेको पाइएको छ। राज्यले उपलब्ध गराएको सामाजिक सुरक्षाको रकममा अनियमितता भएको उल्लेख गर्दै महालेखाले सम्बन्धित पदाधिकारीलाई समेत कारावाही गर्न प्रतिवेदनमा सिफारिस गरेको छ। रासस

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 16:02:39
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...