मन्त्रीको अस्पतालमा नर्सको शव फेला



जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा कार्यरत एक नर्सको शव अस्पतालकै शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको छ।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवको लगानीमा सञ्चालित उक्त अस्पतालमा कार्यरत रक्षा आलेको शव शनिबार राति फेला परेको हो।

महोत्तरी घरभई सोही अस्पतालमा कार्यरत आले अस्पतालको स्टार्फ क्वार्टरमा बस्दै आएकी थिइन्।

धनुषा प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार राति शौचालय गएकी रक्षा लामो समय बाहिर नआएपछि उनसँगै बस्ने अन्य स्टाफ नर्सले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल पुगेको टोलीले रक्षाको शव शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेको हो।

‘परिवारका सदस्य आएपछि अहिले शबको मुचुल्का उठाउँदै छौं,’ एसपी खनालले भने, ‘शवको पोस्टमार्टमपछि घटनाका विषयमा थप जानकारी आउने छ।’

रक्षाले आत्महत्या गरेकी हुन वा हत्या हो भन्ने बारेमा प्रहरीले बिस्तृत अनुसन्धान गर्ने एसपी खरेलले नेपालखबरलाई बताए।

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 10:53:19
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।