अनाथ बालबालिकालाई हिमालय एयरलाइन्सको तेस्रो सहयोग



हिमालय एयरलाइन्सले गरेको शैक्षिक सामग्रीसहित प्रयास नेपालका अनाथ बालबालिकालगायत।
हिमालय एयरलाइन्सले गरेको शैक्षिक सामग्रीसहित प्रयास नेपालका अनाथ बालबालिकालगायत।

अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्दै आएको नेपाली निजी विमान कम्पनी हिमालय एअरलाइन्सले नयाँ वर्ष २०७६ सालको उपलक्ष्यमा अनाथ बालबालिकालाई सहयोग गरेको छ।

‘प्रयास नेपाल’ को आश्रयमा रहेका ३२ अनाथ बालबालिकाको शिक्षाका लागि एयरलाइन्सले आफ्नो सहयोगलाई तेस्रो वर्ष पनि निरन्तरता दिएको हो।

समाजको उन्नति र समृद्धिमा योगदान पु¥याउन संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) पहललाई अझ प्रगाढ बनाउने निर्णयअनुसार प्रयास नेपालमा रहेका बालबालिकाका लागि नयाँ शैक्षिक सत्र २०७६ मा पनि खाजा तथा शैक्षिक सामाग्रीहरू उपलब्ध गराइएकाे हिमालय एयरलाइन्सले जनाएको छ।

हिमालय एयरलाइन्सले २० अप्रिल २०१९ मा प्रयास नेपालसँगको संस्थागत सामाजिक उत्तरदायित्वको सम्बन्धलाई थप प्रगाढ बनाउने निर्णय गरेको छ। 

केही वर्षयता यी बालबालिकाले शैक्षिक क्षमता तथा नाचगान, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा आफूलाई उत्कृष्ट सावित गर्दै आएका छन्। 

शनिबार राजधानीमा आयोजित सहयाेग वितरण कार्यक्रममा हिमालय एयरलाइन्सकी प्रमुख उज्ज्वला दलीले सामाजिक उत्तरदायी भूमिकामा रहनु हिमालय एयरलाइन्सकाे प्रमुख प्राथमिकता भएको बताइन्।

संस्थागत सामाजिक उत्तरदायित्वको पहलमार्फत बालबालिकाको गुणस्तरीय शिक्षाका निम्ति सहयोग र प्रोत्साहन गर्ने क्रियाकलाप सञ्चालन गर्न भिन्न पहिचान र क्षमतालाई बढीभन्दा बढी उपयोग गर्ने आफूहरूको उद्देश्य रहेको उनको भनाइ छ। 

उनले भनिन्, ‘हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व नीतिबाट निर्देशित यी पहलहरु ‘आगामी पिंढीको उज्ज्वल भविष्य’ नारालाई अझ सुदृढ बनाउने योजनामा आधारित छन्। हामी शिक्षालाई निकै महत्वपूर्ण मान्छौं । यो सानो कदमले यी बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्न सकारात्मक प्रभाव पार्न सक्ने यस एयरलाइन्सले विश्वास गर्दछ।’

शिक्षा, सचेतना तथा सीप विकास क्रियाकलापमार्फत वञ्चित बालबालिकालाई सशक्तीकरण बनाउने सोचसहित सन् २००३ मा प्रयास नेपालको स्थापना भएको थियो। प्रयास नेपालले देशका विभिन्न भागमा रहेका अनाथ, वेवारिस छाडिएका तथा शारिरीक रुपमा अशक्त बालबालिकालाई आश्रय प्रदान गर्दै आइरहेको छ।

नेपाल-चीन संयुक्त उद्यमका रूपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एयरलाइन्स कम्पनी हो। अहिले उक्त एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, दुबई र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ। 

 

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 10:22:26
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।