तीन दिनसम्म हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना



माैसम बदली
माैसम बदली

आज (आइतबार) देखि तीन दिनसम्म देशभर मौसम बदली भई हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आइतबारदेखि मंगलबार रातिसम्म हावाहुरी, चट्याङ र मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको हो।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज(आइतबार) पश्चिमी वायु प्रवेश गर्ने भएकाले तीन दिनसम्म मौसम बदली हुने भएको हो।

‘अहिले यो वायु जम्मु काश्मिरमा छ,’ मौसमविद् श्रेष्ठले नेपालखबरसँग भने, ‘बेलुकीसम्म यो नेपालको पश्चिमी क्षेत्रमा आइपुग्नेछ।’

तर यो उति शक्तिशाली भने नभएको उनको भनाइ छ। ‘तैपनि यसले आगामी तीन दिनसम्म हावाहुरी, चट्याङ र मेघ गर्जनका साथ वर्षा गराउने सम्भावना छ,’ उनले भने ।

मौसमविद् श्रेष्ठका अनुसार दिउँसो काठमाडौं उपत्यकासहित विशेषगरी पहाडी क्षेत्रमा र राति पहाड-तराई दुवै क्षेत्रमा हावाहुरी, चट्याङ र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छः 

वैशाख ०८ गते (आइतबार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख ०९ गते (सोमबार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख १० गते (मंगलबार)
दिउँसोः देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ, हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ।

रातिः देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जनर चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।

 

 

प्रकाशित ८ बैशाख २०७६, आइतबार | 2019-04-21 09:03:03
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...