हेलिकोप्टरबाट शास्वतधाम ओर्लिएर ओलीले गरे विशेष पूजा



शास्वतधाममा चौधरी ग्रुपका अध्यक्ष तथा सांसद बिनोद चौधरीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए
शास्वतधाममा चौधरी ग्रुपका अध्यक्ष तथा सांसद बिनोद चौधरीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका थिए

प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुरको सिजी इन्डस्ट्रियल पार्कस्थित शास्वतधाममा रहेको एकाम्बरेश्वर शिव मन्दिरमा विषेश पूजा गरेका छन्।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले चौधरी फाउण्डेसनद्वारा स्थापित कृतिम हातखुट्टा जडान केन्द्रको शुभारम्म पनि गरेका छन्।

शनिबार दिउँसो नेकपाका महासचिव विष्णु पौडेलसहित हेलिकोप्टरबाट नवलपुरको शाश्वतधाम ओर्लिएका ओलीले यहाँ धार्मिक संग्राहलयको पनि अबलोकन गरे। शाश्वत धाममा प्रधानमन्त्री ओलीलाई चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले स्वागत गरेका थिए।

शाश्वत धामको आकर्षक एवं भव्य कलात्मक मन्दिरबाट आफु प्रभावित भएको बताउँदै प्रधानमन्त्री ओलीले उद्योग, समाजसेवा र धार्मिक क्षेत्रमा प्रशंसनीय काम गरेर उद्यमी बिनोद चौधरी सफलताको उदाहरण बनेको बताए।

‘शास्वतधाम नेपालको गहना हो, यसले धार्मिक पर्यटन र सहिष्णुता तथा सामाजिक एकता कायम राख्न उच्च योगदान गरेको छ’, ओलीले भने।

अर्बपती बिनोद चौधरीले स्थापना गरेको शास्वतधाममा अहिले नेपाली र भारतीय तीर्थयात्रीको घुइँचो लाग्ने गरेको छ। 

प्रधानमन्त्री ओलीले कृतिम हातखुट्टाको अभावमा रहेका नागरिकलाई स्थाई केन्द्रबाट राहत पुग्ने आशा पनि व्यक्त गरे। मानवीय सेवामा चौधरी ग्रुपको योगदान प्रशंसायोग्य रहेको भन्दै ओलीले अझै धेरै सामाजिक काममा संलग्न हुन ग्रुपलाई आग्रह गरे।

मुलुकभर करिब एक लाख व्यक्तिका लागि यस्तो सेवा आवश्यक रहेकाले स्थाई केन्द्रमार्फत् सेवा दिन लागिएको फाउण्डेसनका अध्यक्ष चौधरीले बताए।

फाउण्डेशनले बिभिन्न कारणले हातखुट्टा गुमाएका व्यक्तिहरूलाई निशुल्क कृत्रिम हातखुट्टा जडान गरेर सेवा दिँदै आएको छ। यसअघि काठमाडौं र नवलपुरको सहज अस्पतालमा शिविर आयोजना गरि ५०८ जनालाई निशुल्क कृतिम हातखुट्टा जडान गरिदिएको थियो।

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 23:06:40
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।