शैक्षिक गुणस्तरसँगै सुविधा बढाउँदै नव जागृत, नेपाली–अंग्रेजी दुवै माध्यममा पढाइ, बस सेवा थपियो



पर्वतको मोदी गाउँपलिका ६ स्थित नव जागृत माध्यामिक विद्यालयले टाढाबाट आउने विद्यार्थीहरुलाई मध्यनजर गर्दै बस सेवा सुरु गरेको छ।

लामो समयदेखि जिल्लामै उत्कृष्ट नतिजा ल्याइरहेको उक्त विद्यालयले गाउँपालिकाको सहयोगमा बस सेवा सञ्चालनमा ल्याएको हो।

धेरै लामो दूरीबाट विद्यार्थी आउने भएकाले  विद्यार्थीको समस्यालाई मध्यनगर गरी बस सेवा सञ्चालनमा ल्याएको विद्यालयका सहायक प्रधानाध्यापक दिनेश शर्मा पौडेलले नेपालखबरलाई बताए।

मोदी गाउँपालिकाकै अगुवा विद्यालयका रुपमा रहेको उक्त  विद्यालयमा बस सेवा सञ्चालनका लागि वडाको पहलमा गाउँपालिकाले सहयोग उपलब्ध गराएको हो।

गाउँपालिकाले गत वर्ष नै विद्यालयलाई बस सञ्चालन गर्न सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार गत मंसिरमा बस किनेर पुसबाट सञ्चालनमा ल्याएको सप्रअ शर्मा बताएँछन्। मोदी गाउँपालिका प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष विमल लामिछानेले बसको चावी विद्यालयलाई हस्तान्तरण गरेका थिए।

उक्त विद्यालयमा कास्कीको अन्नपूर्ण गाउँपालिकाका लुम्ले, सल्यान, झोवाङ, नयाँपुल, हाइजुङ, विरेठाँटी, कुश्मा नगरपालिकाका अम्बोट, परादी, दोबिल्ला लगायतका स्थानका साथै मोदी गाउँपालिकाकै अन्य वडाहरुबाट समेत विद्यार्थी अध्ययन गर्न आउने गर्दछन्।

विद्यालयको आफ्नै यातायात सेवा नहुँदा विद्यार्थी बेलैमा विद्यालय पुग्न समस्या भएको अभिभावकको गुनासोपछि विद्यालयले वडा कार्यालय र गाउँपालिकासँग बसको माग गरेको थियो। गाउँपालिकाले बस उपलब्ध गराउनअगाडि पनि विद्यालयले भाडामा बस सञ्चालनमा ल्याएको थियो।

नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने सो विद्यालयमा ७ सय भन्दा बढी विद्यार्थीले अध्ययन गर्ने गरेको सप्रअ शर्मा बताउँछन्।  प्राविधिक धारतर्फ कक्षा ९–१२ मा सिभिल इन्जिनियरिङ  विषयको पढाइ समेत सुरु गरेको छ।

अंग्रेजी माध्यम र प्राविधि शिक्षा सुरु गरेपछि सदरमुकाम र आसपासका निजी विद्यालयबाट समेत विद्यार्थी आउन थालेपछि बस सेवा अनिवार्य भएको विद्यालयका सप्रअ पौडेल बताउँछन्। नेपाल सरकारको नमूना विद्यालय कार्यक्रममा समेत परेको सो विद्यालय अहिले निजी विद्यालयको प्रतिस्पर्धी बनेको छ।

बस सेवाका लागि गाउँपालिकाले २२ लाख २५ हजार सहयोग गरेको छ। बस सेवा सञ्चालनका लागि वडाध्यक्ष विमल लामिछाने विशेष पहल गरेको विद्यालयले जनाएको छ।

‘विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्नका लागि बस सञ्चालनमा ल्याएका हौँ’, वडाध्यक्ष लामिछानेले भने, ‘अब अन्य भौतिक र प्रविधिको  विकास गर्नेमा लाग्छौँ।’

वडाध्यक्ष लामिछानेले कक्षा कोठालाई पूर्ण प्रविधिमैत्री बनाउने र यसै वर्षबाट त्यसको सुरुवात गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। ‘विद्यालयलाई पूर्ण प्रविधिमैत्री बनाउने गरी अगाडि बढ्छौँ’, उनले भने, ‘यसै वर्ष ५ वटा कक्षाकोठालाई पूर्ण प्रविधियुक्त बनाउने योजना बनाएका छौँ।

उक्त विद्यालयमा राष्ट्रिसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पौडेल र वडा अध्यक्ष विमल लामिछानेले १-१ विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन्। तीनै जनाले अभिभावकत्व ग्रहण गरेका विद्यार्थी अहिले कक्षा २ मा पुगेको र उनीहरुको शैक्षिक अवस्था राम्रो रहेको सप्रअ शर्माले जानकारी दिए।

‘हाम्रो नगर,हाम्रो गाउँ सबै बाल बालिकालाई विद्यालय पुर्‍याउँ’ भन्ने मूल नाराका साथ अहिले विललयले भर्ना अभियान समेत सञ्चालन गरेको छ।

 

प्रकाशित ७ बैशाख २०७६, शनिबार | 2019-04-20 12:53:00
Nepal Sarkar
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।