विद्यार्थी भर्ना अभियान सफल पार्न शिक्षामन्त्री पोखरेलको यस्तो अपिल


Kshamadevi Group


गिरिराजमणि पोखरेल
गिरिराजमणि पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना अभियान ०७६ लाई सफल बनाउन सरोकारवाला सबैसँग आग्रह गरेका छन्।

सोमबार सार्वजनिक अपिल जारी गर्दै मन्त्री पोखरेलले भनेका छन्, ‘ज्ञानको ज्योति बाल्ने महान अभियानमा आ–आफ्नो स्थानबाट खुला हृदयले सरिक भई विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा प्रवेश गराउने वातावरण तयार गर्न आम नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गर्दछु।’

अभियानलाई प्रभावकारी बनाउन विगतमा जस्तै सरकारी तथा गैरसरकारी क्षेत्र, राजनीतिक दल, सामाजिक सङ्घसंस्था एवं उद्योगी, व्यवसायी, अभियन्ता, शिक्षक, विद्यार्थी, अभिभावक, राष्ट्रसेवक, जनप्रतिनिधिसहित सिङ्गो नेपाल परिचालित हुनु पर्नेमा उनले जोड दिएका छन्।

‘शैक्षिक सत्र २०७६ का लागि सञ्चालन भइरहेको विद्यार्थी भर्ना अभियानबाट विद्यालय उमेर समूहका कुनै पनि बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुने अवस्था सिर्जना गरिनु पर्छ,’ मन्त्री पोखरेलले अपिलमा भनेका छन्, ‘विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर सुनिश्चित गर्न र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभियान महत्वपूर्ण ढोका हुने छ।’

उनले विद्यालयमा प्रवेश गरेका सबै बालबालिकालाई गुणस्तरीय सिकाइ अवसर प्रदान गर्ने र अपेक्षित सिकाइ क्षमता विकास गर्ने दायित्व आम शिक्षक, व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला र सरकारी तथा गैरसरकारी क्षेत्र सबैको रहेको बताएका छन्।

विद्यार्थी भर्ना अभियानसँगै सामुदायिक विद्यालय सुधार तथा रुपान्तरणको अभियानमा जुट्न उनले सबैलाई आग्रह गरेका छन्।

शिक्षा मन्त्रालयले १० बुँदे मार्गचित्र, २२ बुँदे कार्ययोजनासँगै हरित विद्यालय, नमूना विद्यालय, प्राविधिक विद्यालय, लक्षित छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीम, अभिभावक सचेतनाजस्ता कार्यक्रम तथा अवधारणा कार्यान्वयनमा ल्याएको छ।

विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकालाई अभियानकै रुपमा विद्यालयमा प्रवेश गराउने कार्यक्रमका रुपमा विसं २०६१ देखि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान सञ्चालन हुँदै आएको छ।

शैक्षिकसत्र २०७६ का लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बाबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारासहित सोमबारबाट भर्ना अभियान २०७६ शुरु भइसकेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख १६ गतेसम्म विद्यालय भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

त्यस्तै हरेक वर्ष वैशाख २ गतेलाई ‘विद्यालय भर्ना’ दिवसका रुपमा मनाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 08:57:47
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...