भित्रिँदै पश्चिमी वायु, दुई दिनसम्म वर्षा र हुरीको सम्भावना


Kshamadevi Group


आज (मंगलबार) भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ। जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले मंगलबार बिहान साढे ८ बजेतिर दिएको जानकारीअनुसार पानी पार्ने पश्चिमी वायु केही घण्टाभित्र नेपालको पश्चिमी क्षेत्रबाट भित्रिँदै छ।

‘अहिले यो वायु भारतको हरियाणा क्षेत्रमा आइपुगेको छ,’ नेपालखबरसँग उनले भने, ‘एक/डेढ घण्टादेखि दुई/तीन घण्टासम्ममा नेपाल भित्रिनेछ।’

यो वायु प्रवेशपछि आज विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना छ। अपराह्नसम्म यो वायु पश्चिमको पहाडी क्षेत्रमा प्रवेश गर्नेछ।

यसैगरी उक्त पश्चिमी वायु भोलि बुधबार पूर्वी क्षेत्रमा सर्ने माैसमविद् श्रेष्ठले जानकारी दिए। ‘भोलि (बुधबार) चाहिँ पूर्वी तराईमा हुरीबतासको सम्भावना छ,’ उनले भने। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (मंगलबार) पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ। र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ। 

यस्तै राति पश्चिमका धेरैजसो स्थान र मध्ये तथा पूर्वका केही ठाउँमा मेघ गर्जन, चट्याङ, हुरीबताससहित असिना पानी पर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। 

मौसमविद् श्रेष्ठका अनुसार पश्चिमी वायुको प्रभाव मंगलबार र बुधबार दुई दिनसम्म रहनेछ। ‘तर त्यसपछि यसको प्रभाव पूरै हट्ने चाहिँ होइन,’ उनले भने, ‘यसको धेरथोर असर अरू केही दिनसम्म जारी रहनेछ।’

आगामी तीन दिनसम्म मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताए।  

प्रकाशित ३ बैशाख २०७६, मंगलबार | 2019-04-16 08:47:30
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...