नेपाल, भारत र चीनका महिला पहिलोपटक एकसाथ सगरमाथा आरोहणमा


Kshamadevi Group


 सगरमाथा
सगरमाथा

सगरमाथा आरोहणको इतिहासमै तीन देशका महिलाले पहिलोपटक एकसाथ सगरमाथा आरोहण गर्ने भएका छन्।

 

 

विश्वशान्ति र सद्भावको सन्देश लिएर यस क्षेत्रका महिलालाई सशक्तीकरण गर्ने उद्देश्यले नेपाल, भारत र चीनका महिला पहिलोपटक एकसाथ सगरमाथा आरोहणमा सहभागी हुन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

यस आरोहणको गाइड भने नेपालका तफबाट चर्चित पर्वतारोही पेम्बा दोर्जे शेर्पाले गर्नेछन्। आरोहण गर्ने महिलामा नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनबाट लियामु मा रहेका छन्।

शेर्पाले १८ पटक सगरमाथाको आरोहण गरिसकेका छन्। सो क्रममा ६ पटक उनले गिनिज बुक आफ विश्व रेकर्डमा नाम नै लेखाएका छन् भने उनी सन् २०११ को नेपाल पर्यटन वर्षमा सद्भावना दूत समेत रहेका थिए।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छ। सोही अन्तर्गत तीन देशका महिलाले एक साथ सगरमाथा आरोहण गर्न लागेका हुन्।

उनीहरुले भिजिट नेपाल इयर (भीएनवाई) २०२० को झण्डा बोक्ने बोर्डले जनाएका छ। झण्डामा प्रधानमन्त्री केपी शर्मा ओलीको हस्ताक्षर हुनेछ।

महिलाहरुले पनि कठिन काम गर्न सक्छन् है भन्ने सन्देश दिन यो आरोहण गर्न लागिएको आरोहीले बताएका छन्। तीनै देशका महिलाले सगरमाथाको सफल आरोहण गर्दा अन्य देशका महिलाहरुलाई समेत हौसला हुने उनीहरुको विश्वास छ।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 17:38:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...