कञ्चनपुरमा वेपत्ता युवकको शव खोलामा भेटियो


Kshamadevi Group


शव
शव

कञ्चनपुरमा चार दिन अघि वेपत्ता भएका कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल वडायकको हत्या भएको अवस्थामा शव भेटिएको छ।

बडायकको टाउको र शरीर अलग गरिएको अवस्थामा खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।

बडायकको हत्या गरेको आशंकामा एक युवतीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ की १६ वर्षीया शिवानी राना, सोही स्थानका १८ वर्षीय अयोध्या राना र १८ वर्षकै प्रमोद रानालाई रहेका छन्।

कृष्णपुर नगरपालिका ८ मा बस्दै आएका बडायक गत चैत २८ गते स्थानीयको विवाहमा रैकवार विचुवाको कलुवापुर गएका थिए। सोही दिन साँझदेखि सम्पर्क विहिन भएका बडायकको टि–सर्ट सोमबार प्रहरीले रगतले लतपतिएको अवस्थामा खेतमा फेला पारेको थियो। 

टिसर्ट फेला परेपछि घटनाको अनुसन्धान गर्न प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

उनको खोजीमा प्रहरीले सहयोग नगरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। आक्रोशित स्थानीयले ईलाका प्रहरी चौकी रैकवार विचुवा घेराउ गर्नुका साथै टायर बालेर सडकमा जग्गाजामा गरेका हुन्।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 17:20:55
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...