समाचार लेखेकै अधारमा ‘ताण्डव न्युज’का सम्पादक पक्राउ, साइबर क्राइमको मुद्दा


Kshamadevi Group


पोखरा पोखराका पत्रकार अर्जुन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। समाचार लेखेको आरोपमा उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

 गिरीले केही दिनअघि ‘ताण्डव न्युज डटकम’मा ठगीको समाचार लेखेका थिए। सोही समाचारलाई आधार बनाएर प्रहरीले उनलाई ‘साइबर क्राइम’अन्तर्गत पक्राउ गरेको हो।

प्रहरीका अनुसार समाचारमा उल्लेखित विपिन बतासको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउलगत्तै उनलाई काठमाडौँ लगिएको छ।

गिरी नेपाल पत्रकार महासंघका साधारण सदस्य तथा ताण्डव न्युज साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक हुन्।

यता, गिरीलाई प्रहरीले पक्राउप्रति नेपाल पत्रकार महासंघ कास्की शाखाले आपत्ति जनाएको छ। शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठद्वारा जारी विज्ञप्तिमा समाचारको विषयमा चित्त नबुझे नियमनकारी निकाय प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र आवश्यक परे कारबाही गर्नुपर्ने प्रावधान हुँदाहुँदै साइबर क्राइमको मुद्धा दायर गरिनु खेदजनक भएको उल्लेख छ।

महासंघ कास्की शाखाले गिरीको अविलम्ब रिहाईको माग पनि गरेको छ।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 15:54:55
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu

वाशुदेव मिश्रबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...