उपचार बहानामा ‘धर्मगुरु’को युवती फसाउने धन्दा


Kshamadevi Group


फुल महमद
फुल महमद

२३ वर्षीया संगीता (नाम परिवर्तन) स्नातक अन्तिम वर्षमा अध्ययनरत युवती हुन्। काठमाडौँमै हुर्किएकी र कलेजमा पढने संगीता समयअनुसार सबै बिषयमा जानकारी राख्थिन्।

तर, तिनै संगीता एकजना छद्मभेषी धर्मगुरुको जालोमा परेर १५ दिन भारतको अन्जान सहरमा यौन उत्पिडन र यातना सहन बाध्य भइन्।

प्रसंग, २०७५ पुसबाट सुरु हुन्छ।

उनी लामो समयदेखि आमाको उपचार गराइरहेकी थिइन्। धेरैपटक आफन्त र छरछिमेकीले झारफुकको सल्लाह दिँदा उनले टार्दै गइन्। आमालाई लागेको रोगको कुनै पत्तो थिएन। ठाउँ–ठाउँका बिशेषज्ञ चिकित्सक र अस्पताल चार्हादै रहेकी संगीता आमाको स्वास्थ्यमा सुधार नआएपछि चिन्तित थिइन्।

उनको काँधमा आमा र घरको जिम्मेबारी थियो। उनले आमाको रोग निको पार्न अनेकन उपाय गरिन्। तर केही सिप चलेको थिएन।

झारफुक र धामीझाँक्रीमा कुनै विश्वास नभए पनि ‘मरता, क्या नही करता’ भनेझैँ उनले पनि आफन्तको सल्लाहमा आमाको उपचारका लागि यही अन्धविश्वासको बाटाेमा हिँड्नु पर्ने भयो।

एकदिन संगीतालाई एकजना आफन्तले मुस्लिम धर्मगुरुको विषयमा सुनाए। बल्खु बस्ने ती धर्मगुरुको उपचार अचुक भएको अनुभव आफन्तले सुनाएपछि संगीता उनलाई भेट्न गईन्। उनले आमाको विषयमा सबै जानकारी गराएपछि धर्मगुरु ४८ वर्षीय सलिम भन्ने फुल महमद उपचार गर्न सहमत भए।

आमाको उपचारमा सलिमको सक्रियताले संगीता खुसी थिइन्। अब सलिम बेलाबेलामा संगीताको कोठामा आउजाउ गर्न थाले। आमाको उपचार पनि हुँदै थियो। तर आमाको अवस्थामा कुनै कुनै बदलाब आएन। त्यसपछि सलिमले एकदिन भारतको अजमेरमा प्रार्थनाका लागि जानुपर्ने  भन्दै  उनलाई भेट्नका लागि बल्खु बोलाए।

सलिम र संगीताको बल्खुमा भेट भयो। धर्मगुरु सलिमले संगीतालाई पेय पदार्थ पिउन दिए। उनले दिएको पेय पदार्थ पिएपछि संगीताले केही धमिलो देख्न थालिन्। त्यसपछिका घटनाक्रम उनका लागि जीवनकै अभिशाप बन्यो।

‘प्रहरीले उद्दार गर्दा समेत पीडित अर्धचेत अवस्थामा थिइन्’ काठमाडौँ परिसरको महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक चेतना पोखरेल भन्छिन्, ‘उनलाई काठमाडौँबाट लगेदेखि नै नशालु पदार्थ खुवाएर राखिएको रहेछ।’

प्रहरीका अनुसार धर्मगुरुको भेषमा रहेका सलिमले अर्धचेत अवस्थामा रहेकी संगितालाई बल्खुबाट वीरगञ्जसम्म टाटासुमो, त्यसपछि रिक्सामा रक्सौल पुर्याएका थिए।

रक्सौलबाट रेलमा अजमेर पुर्याइएकी संगीतालाई एउटा कोठामा थुनेर सलिमले पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ।

‘पीडितले प्रतिकार गरे आरोपीले तिम्रो आमाको मृत्यु हुने भन्दै धम्क्याउँदा रहेछन्’ प्रहरी निरीक्षक पोखरेलले भनिन्, ‘पढेलेखेकी भए पनि संगिता आमाका कारण चुपचाप यातना सहेर बस्न बाध्य भइन्।’

प्रहरीमा ८ माघ २०७५ मा संगिता हराएको भन्दै परिवारले खोजीका लागि निवेदन दिएका थिए। यही बैशाखमा विवाह तय भएकी छोरी हराएपछि परिवारका सदस्यले उनी कसैसँग भागेको आशंका गरे। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जब धर्मगुरु सलिमका विषयमा जानकारी पायो, त्यसपछि संगिताको खोजी फरक ढंगले भयो।

‘हामीले भारतीय प्रहरीको सहयोगमा सलिम र संगीताको खोजी तीब्र बनाएका थियौं,’ परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले भने, ‘युवतीलाई भारतको मोतिहारीबाट उद्दार गरेका हौँ।’

प्रहरी अनुसन्धानमा भारतको अजमेरका केही दिन बसेपछि सलिमले संगितालाई बिहारको मोतीहारी लगेका थिए। यसपछि उनलाई पश्चिम बंगालको कोलकता लगेर बेश्यालयमा बेच्ने योजनामा सलिम रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रहरी टोलीले संगीतालाई हराएको १५ दिनपछि उद्दार गरेको हो। प्रहरीले २३ माघ २०७५ मा संगीताको उद्दार गरेपनि सलिम भाग्न सफल भएका थिए। उनलाई घटनाको दुई महिनापछि २३ चैत्र २०७५ मा कालिमाटीबाट पक्राउ गरिएको थियो।

‘उनका साथबाट १४ थान सिमकार्ड र ४ वटा विवाह दर्ता प्रमाणपत्र फेला परेको छ,’ डीएसपी बोगटीले भने ‘सलिमले नेपाली युवतीलाई भारतका बेश्यालयमा बेचबिखन गर्ने गरेको रहेछ। उबारे अनुसन्धान भइरहेको छ।’

बोगटीका भनाईमा, उनले नेपाल–भारत सीमामा युवती लैजान नक्कली विवाह दर्ता प्रमाणपत्र बनाउने गरेका थिए। प्रहरीले बरामद गरेका प्रमाणपत्रमा उल्लेख भएका युवतीलाई उनले भारतका बेश्यालयमा बेचेको आशंकामा अनुसन्धान भइरहेको छ।

बृत्त कालिमाटीको हिरासतमा रहेका सलिमलाई जर्वजस्ती करणी तथा मानव ओसारपसार र बेचबिखन मुद्दामा अदालतबाट अनुसन्धान म्याद लिएर कारबाही भइरहेको छ।

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 15:52:47
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...