महासचिव पौडेलद्वारा ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ उद्घाटन


Kshamadevi Group


Sajanya pictur/rs

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले चीनको सियानस्थित सियान विश्वविद्यालयमा स्थापित ‘सियान दक्षिण एसियाली अध्ययन केन्द्र’ को उद्घाटन गरे।

सियान नगर सरकार (सियान म्युनिसिपल गभर्न्मेन्ट्) द्वारा स्थापित सो केन्द्रले चीन र दक्षिण एसियाली मुलुकहरुका बारेमा अनुसन्धान गर्दछ र नेपाललगायत दक्षिण एसियाली मुलुकहरुमा आर्थिक साझेदारीका माध्यमबाट आर्थिक विकास तथा लगानी प्रवद्र्धनका बारेमा अनुसन्धान गर्दछ।

उक्त विश्वविद्यालयमा प्राध्यापनरत नेपाली प्राध्यापक डा.राजीवकुमार झा सो केन्द्रको निर्देशक हुन्। उनले दिएको जानकारीअनुसार उक्त अध्ययन केन्द्रले चीन र दक्षिण एसियाली देशहरुका आर्थिक, सामाजिक तथा अन्य विविध सम्बन्धका विषयमा अध्ययन अनुसन्धान गरी आर्थिक सम्भावनाहरुका बारेमा चीन सरकारलाई प्रतिवेदन प्रस्तुत गर्छ।

उद्घाटन कार्यक्रममा चीनको साङ्सी प्रान्तीय कम्युनिष्ट पार्टीका नेताहरु, सो विश्वविद्यालयका पदाधिकारीहरु र उक्त केन्द्रको दक्षिण एसियाली देशका निर्देशकहरुको सहभागिता रहेको प्राडा झाले जानकारी दिए।

सो अवसरमा महासचिव पौडेलले नेपाल र चीनबीच प्राचीन कालदेखिकै सम्बन्ध रही आएको स्मरण गरे। उनले दुई देश एक अर्काेबाट लाभान्वित हुँदै आएको प्रसङ्ग उल्लेख गर्दै नेपालको विकास प्रयासमा चीनको सहयोग र सद्भावको सराहना गरे।

चीन नेपालको एक असल छिमेकी रहेको र नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको महासचिव पौडेलले बताए। नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति चिनियाँ जनता र चीन सरकारलाई उनले विशेष धन्यवाद ज्ञापन गरे। हाल चीनमा रहेका महासचिव पौडेल मङ्गलबार बिहान बेइजिङ पुग्ने र त्यहाँ उनको राजनीतिक भेटघाटको कार्यक्रम रहेको छ।

अध्ययन केन्द्रका निर्देशक प्रा.डा.झाले चीन र दक्षिण एसियाली मुलुकहरु तथा विशेषगरी नेपाल र चीनबीचको सम्बन्धलाई अझ नजिक ल्याई थप प्रगाढ बनाउने काममा सहयोग पुर्‍याउने बताए। उनले भने, 'हामी नेपाल र चीन सम्बन्धका हिसाबले धेरै नजिक छौँ तर पनि कुन क्षेत्रमा के कसरी लगानीका सम्भावनाहरुलाई अघि बढाउने भन्ने बारेमा अझै स्पष्ट हुन नसकेकोमा यस केन्द्रले आगामी दिनमा दुई देश एक अर्काबाट कसरी लाभान्वित हुन सक्छन् भन्ने बारेमा अनुसन्धान गर्नेछ।'

प्राध्यापक झा करिब २२ वर्षदेखि चीनमा छन्। सियान विश्वविद्यालयमा प्राध्यापनरत प्राडा झाको नाममा सियान प्रान्तीय सरकारले चारवर्ष अघि ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ।

उनलाई चीनको सियान सरकारले सन् २०१८ का लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार पनि प्रदान गरेको थियो। चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा उक्त पुरस्कारका साथ ‘सियान एक्सिलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रदान गर्ने गर्दछ। रासस

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 15:40:05
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...