विकिलिक्सका संस्थापक असान्जले दूतावासलाई जासुसी केन्द्र बनाएः इक्वेडर


Kshamadevi Group


असान्ज
असान्ज

इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले लन्डनस्थित इक्वेडरको दूतावासलाई विकिलिक्सका संस्थापक जुलिएन असान्जले जासुसीको केन्द्र बनाएको बताएका छन्।

यौन दुव्र्यवहारको मुद्धा लागेका असान्ज स्वीडेनले पक्राउ गर्ने त्रासका कारण सात वर्ष अगाडिदेखि इक्वेडरको दूतावासको शरणमा बसिरहेका थिए।

यौन दुव्र्यवहारको मुद्धा टरेपनि ४७ वर्षीय उनले दूतावास छाड्न अस्वीकार गरेका थिए। आफ्नो संस्थाले अमेरिकाको गोप्य विषयहरु खुलाएका कारण अमेरिकाले आफूलाई पक्राउ गर्ने उनको तर्क थियो।

इक्वेडरका राष्ट्रपति मोरेनोले असान्जले दूतावासमा बसेर अन्तर्राष्ट्रिय कानुनहरु तोडेको बताउँदै उनलाई गतहप्ता दूतावासबाट हटाउने बताएका थिए।

Image result for assange wikileaks

आश्रय स्वीकृति इक्वेडरले खारेज गरेको घोषणासँगै असान्जलाई लन्डन प्रहरीले गतहप्ता नै पक्राउ गरेको छ। वेलायतले इक्वेडरसँगको छलफलपछि असान्जलाई पक्राउ गरेको प्रतिक्रिया जनाएको छ।

सन् २०१७ मा इक्वेडरका राष्ट्रपति बनेका मोरेनालेले इक्वेडर स्वतन्त्र राष्ट्र भएको बताउँदै आफूले आश्रय दिएको मान्छेले राजनीतिक अभियानमा बोल्न नपाउने बताएका छन्।

असान्जले दूतावासमा बसेर राजनीतिक अभियान चलाएको र जासुसी गरेको कारण उनलाई दूतावासबाट निकालिएको राष्ट्रपति मोरेनोले बताए।

Image result for ecuador president

मोरेनो

मोरेनोले भने,‘हामी हाम्रो घर कसैलाई जासुसीको केन्द्र बनाउन दिने छैनौं।’

असान्जको स्वामित्वमा रहेको वेबसाइट विकिलिक्सले अमेरिकी निर्वाचन, अमेरिकी सेनाको गोप्य सूचना लगायतका महत्वपूर्ण गोप्य सूचना प्रकाशित गरेको छ।

महत्वपूर्ण र गोप्य सूचना प्रकाशित गरेर चर्चा कमाएका असान्जलाई अमेरिकाले सपुर्दगी गर्नसक्ने जनाइएको छ। एजेन्सी

 

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 13:09:45
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...