काठमाडौँकै सडक एक महिनादेखि बन्द!


Kshamadevi Group


मुलुककै राजधानी काठमाडौँमै एक महिनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले सास्ती ब्यहोर्नु परेको छ।

 सामाखुसीदेखि ग्रीनल्यान्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो। टोखा नगरपालिका खरिबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउछिन। ‘लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ’, उनी भन्छिन्।

यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउछन्। ‘चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ’, उनी भन्छन्।

यी त केवल प्रतिनिधि पात्रमात्र हुन्। सामाखुसीदेखि ग्रीनल्यान्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन्। उक्त बाटोमा सामाखुसी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुसी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए।

काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो। सामाखुशी ग्रीनल्यान्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुसी चोकदेखि बसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्यान्ड जानुपर्ने बाध्यता रहेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौला ग्रान्डजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउछन्। ‘सरकारले पूर्वाधार निर्माणमा ढिलाई गर्दा लाखौँ जनताले दुःख पाएका छन्’, उनी भन्छन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुसी चोकदेखि ग्रीनल्यान्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउछन्। ‘ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ’, उनले भने।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताउछिन। ‘टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो’, उनी भन्छन्। बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महिना लाग्ने उनको भनाइ छ। रासस

प्रकाशित २ बैशाख २०७६, सोमबार | 2019-04-15 11:30:39
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...