‘को–पाइलट’ सुजित चार महिनाअघि मात्रै तालिमबाट फर्किएका थिए


Kshamadevi Group


सुजित ढुंगाना आमासँग
सुजित ढुंगाना आमासँग

आइतबार सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा परि समिट एयरकै कोपाइलट सुजित ढुंगानासहित नेपाल प्रहरीका दुई सहायक निरीक्षकको मृत्यु भयो।

घटनास्थलमै मृत्यु भएका कोपाइलट ढुंगाना चार महिनाअघि मात्रै मल्टी क्रु रिसर्च (एमएमसी) तालिम लिएर आएका थिए। जनवरी १९ तारिखमा उनी चेकेस्लोभाकियाबाट फ्लाइङ तथा ग्राउन्डिङसँग सम्बन्धित तालिम लिएर फर्किएका हुन्। यो तालिम पाइलट तथा कोपाइलटका लागि ककपिटमा बस्ने प्रक्रियासँग सम्बन्धित हो।

युरोपियन स्ट्यान्डर अन्तर्गत पर्ने उक्त तालिम धेरै महँगो हुने नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले जनाएको छ। क्यानको नियमअनुसार उक्त तालिम पाइलट तथा को पाइलटले अनिर्वाय लिनुपर्छ। सुजितले समिटमा ६ हजारभन्दा बढी घन्टा विमान उडाइसकेका थिए।

सन् १९८५ जुलाई २५ मा ओखलढुंगामा जन्मिएका उनी काठमाडौंको चाबाहिलमा बस्दै आएका थिए। समिट एयरका अप्रेसन म्यानेजर सागर आर्चायका उनी १२ फेब्रुअरी २०१७ मा समिट एयरमा आवद्ध भएका थिए। निकै भलादमी र मिजासीलो स्वाभावका ढुंगाना अविवाहित थिए। माध्यमिकसम्मको शिक्षा ओखलढुंगामै लिएका सुजितले पाइलट कोर्स फिलिपिन्सबाट गरेका हुन्।

उनले फेसबुकमा आफ्नो नाम सुजित लामा ढुंगाना राखेका थिए। बाबुआमाबीच अन्तर्जातीय विवाह भएको हुनाले उनले फेसबुकमा आफ्नो बुबा र आमा दुवैको थर राखेका हुन्।

प्रकाशित १ बैशाख २०७६, आइतबार | 2019-04-14 17:34:42
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...