जब ‘दारी’कै कारण ससुराले ज्वाइँ चिनेनन्


Kshamadevi Group


‘हाम्रो दारी, दुनियालाई किन भारी’, ‘गालामा दारी, काँधमा जिम्मेवारी’ तपाईंले यी नारा कतै सुन्नु वा पढ्नुभएको छ? छैन भने तपाईंलाई थाहा नहुन सक्छ यी नारा ‘दारी ग्याङ’ सँग सम्बन्धित छन् भन्ने । ‘दारी ग्याङ’ले ती युवालाई संकेत गर्छ जो दारी पाल्ने गर्दछन्। यो समूहमा हाल १ लाखभन्दा बढी युवा जोडिएका छन्।

देशभरका हजारौँ युवाहरु ‘दारी ग्याङ’को नाममा सक्रिय छन्। ‘आपसी माया, स्नेह, शान्ति, सद्भाव, सामाजिक कार्य र मानवता’ यसको मूल मन्त्र हो। यही मन्त्रमा केन्द्रित रहेर समूहले आफ्नो सञ्जाल बिस्तार गरिरहेको छ। 

यतिमात्र होइन् ‘दारी ग्याङ’ले दारीप्रति आम मानिसको धारणा नै परिवर्तन गरिदिएको छ। यो समूहका कारण दारी पाल्नु सौखको कुरा हो भन्नेलाई बदलेर परिपक्कता र जिम्मेवारी बहनको अवस्थासँग जोडिएको छ। त्यसैले पनि दारी रहरमात्र नभएर जिम्मेवारीबोधको प्रतीक बनिदिएको छ।

सत्यमोहन जोशीले जुराएको नाम
एकदिन जगदीश भण्डारी र उनका एक साथी संस्कृतविद् सत्यमोहन जोशीलाई भेट्न उनको घर पुगे। जोशीले उनीहरुलाई एकछिन नियाले र हाँस्दै भनेँ, ‘तपाईंहरु दारी ग्याङ त होइन ?’

सुरुमा भण्डारी र उनका साथीले सत्यमोहनको कुरा बुझेनन्। ‘होइन’ भनेर सामान्य प्रतिक्रियामात्र जनाए। तर, जोशीले पुकारेको नाम उनीहरुलाई ‘क्याची’ छ भने लाग्यो।

जोशीलाई भेट्नुअघि जगदीश र उनका अन्य साथीहरु मिलेर २५ जनाको फेसबुक च्याट ग्रुप बनेको थियो। ग्रुप रमाइलो र केही व्यक्तिगत सूचना आदान–प्रदानका लागि मात्र खोलिएको थियो। तर, २०७२ सालको भूकम्पपछि उनीहरु सोही ग्रुपमार्फत सामाजिक कार्यमा समेत सक्रिय हुन थालेका थिए। अन्य फेसबुक ग्रुपको सूचना आफ्नो च्याट ग्रुपमा सेयर गरेर भूकम्पपीडितलाई सहयोग गर्न पुग्थे।

पछि उनीहरुले च्याट ग्रुपलाई फेसबुक ग्रुपको रुपमा विकास गर्ने सोच बनाए। नाम के राख्ने ? साथीहरुबीच छलफल भयो। सोहीबेला सत्यमोहनले उच्चारण गरेको शब्द ‘दारी ग्याङ’ उनीहरुको दिमागमा क्लिक भयो र ग्रुपको नाम नै ‘दारी ग्याङ’ राखियो। कुरा २०७२ फागुनको हो।

जगदीश सम्झन्छन्, ‘सत्यमोहनज्यूले भन्नुभएको नाम रमाइलो लाग्यो अनि हामीले पनि रमाइलोकै लागि भनेर सोही नाम राखेर एउटा ग्रुप खोल्यौँ।’

पानीपुरी अभियानदेखि कलाकारसम्म
ग्रुप बनेपछि आफूले पालेको दारीको फोटो राख्ने र दारीसम्बन्धी विभिन्न टिप्सहरु पोस्ट गर्ने र ग्रुपमा दारी पालेका साथीहरुलाई जोड्ने काम सुरु भयो। विस्तारै दैनिक सय जनाले ग्रुपमा जोडिनका लागि आग्रह पठाउन थाले।

ग्रुपमा पोस्ट भएका फोटोमा आउने कमेन्टले दारी पाल्नेहरुमा थप उत्साह थपियो। त्यही फोटो आफ्नो फेसबुक वालमा पोस्ट गर्दा नकारात्मक कमेन्ट पनि आउँथ्यो। तर, ग्रुपमा सबैले दारीको प्रशंसा गर्थे।

जगदीश भन्छन्, ‘यसरी दारी पाल्न रहर गर्नेहरुका लागि यो ग्रुप प्रेरणाको स्रोत नै बनिदियो।’

दारीवाल जोडिँदै जान थालेपछि संस्थापकहरु ग्रुपलाई अझ बृहत कसरी बनाउने भनेर छलफलमा जुट । यसैक्रममा २०७३ जेठ अन्तिम साता केही साथीहरु जम्मा भएर पोखरामा दारी ग्याङको बैठक बस्यो। बैठकको उद्देश्य ग्रुपको आगामी बाटो तय गर्ने थियो।

बैठक सकियो। बैठकले असारमा इटहरीमा ‘इटहरी जाऊँ पानीपुरी खाऊँ’ शीर्षकमा एउटा अभियान चलाउने निर्णय गर्यो। अभियानको उद्देश्य क्यान्सरपीडित बालबालिकालाई सहयोग गर्ने थियो।
यसरी दारी ग्याङका सदस्यहरुले इटहरी बजारमा पानीपुरी बेचे। त्यहाँबाट केही रकम संकलन भयो।
पछि उनीहरुले सांगीतिक कार्यक्रम पनि गरे। ५५ हजार रुपैयाँ संकलन भयो। सो रकम ३ क्यान्सरपीडित बालबालिकालाई जनही १५ हजारका दरले प्रदान गरियो। बाँकी १० हजार कार्यक्रम गर्दा खर्च भयो।

आफ्नो पहिलो प्रयासले सफलता पाएपछि ‘दारी ग्याङ’का सदस्यमा थप उत्साह थपियो। साथै, ‘दारी ग्याङ’को कामबारे धेरैले जानकारी पनि पाए।

यसरी ग्रुपमा नयाँ–नयाँ अनुहारहरु थपिदै गएँ। जसमा सेलिब्रेटीहरु पनि थिए। विशेषगरी कलाकारहरु। दीपकराज गिरी, सिताराम कट्टेल ‘धुर्मुस’, निश्चल बस्नेत, प्रदीप खड्कालगायत। अहिले त नाम चलेका प्रायः सबै सेलिब्रेटी ग्रुपसँग जोडिएका छन्।
यसरी ग्रुपले आफ्नो दोस्रो सामाजिक कार्यअन्तर्गत सोही वर्षको भदौमा पोखरामा रक्तदान कार्यक्रम गर्यो। जहाँ १०३ युनिट रगत जम्मा भयो। सो रगत सम्बन्धित संस्थालाई बुझाइयो।

२२ जिल्ला र विदेशसम्म संगठन
अहिले ‘दारी ग्याङ’का शाखाहरु नेपालका २२ जिल्लामा बिस्तार भइसकेका छन्। ती जिल्लामा संगठित रुपमै सामाजिक कार्यमा यो समूहका सदस्यहरु सहभागी हुन्छन्। सँगै विदेशमा पनि संगठन विस्तार भएको छ। अस्ट्रेलिया, दुबई, कतार, कोरियालगायतका देशमा निकै सक्रिय टोली छ।

साथै ‘दारी ग्याङ’मा अहिले दारी पालेका युवाहरुमात्र होइन, सामाजिक मनोभाव भएका जो कोहीले सहजै सदस्यता पाउँछन्। युवतीहरुले पनि आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरिरहेका छन्।

नेपालको पूर्व झापादेखि पश्चिम कैलालीसम्म संगठन विस्तार भएपछि त्यहाँ स्थानीय समूहले नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। ग्रुपमा भने ७७ जिल्लाकै युवाहरु जोडिएका छन्। संगठन विस्तार नभएका स्थानमा कुनै कार्य गर्नु परेमा काठमाडौंबाट टोली जाने गर्छ।

जिल्ला–जिल्लामा विस्तार भएको ‘दारी ग्याङ’को प्रभाव पनि राम्रो छ। एकदिन जाजरकोटकी कल्पना रोका घाँस काट्न जंगल गएका बेला लडेर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि बुटवल ल्याइयो। उनको उपचार त भयो तर, उपचारका क्रममा २ लाख बढी खर्च लाग्यो। कल्पनाको परिवारसँग त्यति धेरै पैसा थिएन। पैसा नतिरेका कारण उनलाई अस्पतालले डिस्चार्ज गरेन।

यो खबर ‘दारी ग्याङ’सम्म पुग्यो। त्यसपछि बुटवलमा क्रियाशील ‘दारी ग्याङ’ले सुरज क्षेत्रीको संयोजकत्वमा एउटा सांगीतिक कार्यक्रम राख्यो र ‘कल्पनाका लागि १० रुपैयाँ’ नामक घरदैलो अभियान चलायो। सो अभियानबाट १ लाख ३५ हजार रुपैयाँ जम्मा भयो। बाँकी पैसा अस्पतालले मिनाह गरिदियो। कल्पना डिस्चार्ज भइन्।

यो त एउटा उदाहरण मात्र हो। जिल्ला–जिल्लामा ‘दारी ग्याङ’ले यस्ता अनेक कार्यक्रम गर्दै आइरहेको छ। पछिल्लो समय बाराको महागढीमाईमा गएको ‘टोर्नेडो’ पीडितका लागि ‘दारी ग्याङ’ले सक्दो सहयोग गर्यो। स्थानीय ‘दारी ग्याङ’को सहकार्य र कास्कीको ‘दारी ग्याङ’को संयोजनमा सय परिवारलाई राहत सामग्री वितरण गरियो।

‘दारी ग्याङ’ले धुर्मुस–सुन्तली फाउन्डेसनसँग सहकार्य गरेर उनीहरुको सामाजिक कार्यमा सुरुवाती दिनदेखि नै साथ दिइरहेको छ। साथै गरिब, असहाय, विपन्नका लागि हुने थुप्रै कार्यक्रममा यसको साथ र सहयोग रहने गर्छ।

कसरी जुट्छ पैसा?
‘दारी ग्याङ’को मासिक बैठक बस्ने गर्छ। त्यहाँ प्रत्येक सदस्यले केही रकम उठाउँछन्। त्यसबाहेक फिल्मको च्यारिटी शोहरु आयोजना गरेर रकम जम्मा गर्ने गर्छन्। ‘दारी ग्याङ’को नाममा टिसर्ट र ब्याज पनि बिक्री गरिन्छ। टिसर्टको ५५० र ब्याजको १०० रुपैयाँ मूल्य तोकिएको छ। यसको बिक्रीबाट आएको रकमसमेत कोषमा जम्मा हुन्छ।

विदेश र नेपालमा सांगीतिक कार्यक्रमको आयोजना गरेरसमेत पैसा जम्मा गर्ने गरिन्छ। यस्ता कार्यक्रमहरुमा कलाकारहरु समेत सहभागी हुन्छन्। तर, उनीहरुले सहभागी भएबापत कुनै पैसा लिँदैनन्।

त्यस्तै, जिल्लामा आवश्यकताअनुसार सहयोगका लागि अपिल गरिन्छ। कतिपय अवस्थामा ग्रुपमार्फत नै सम्बन्धित ब्यक्तिको खाता नम्बर सार्वजनिक गरेर सिधैँ पीडितलाई पैसा उपलब्ध हुनेगरी सहयोग संकलन गरिन्छ।

कहीँ कतै कुनै विपत्ति परेमा ग्रुपमार्फत सहयोगका लागि अपिल गरिन्छ। सहयोग गर्न चाहनेले सम्पर्क गर्छ र ‘दारी ग्याङ’ले आवश्यकताअनुसार सो रकमको विभिन्न सामग्री खरिद गरी पीडितसम्म पुर्याउँछ। कतिपय अवस्थामा सिधैँ भौतिक सामग्री सहयोग गर्नेहरु पनि हुन्छन्।

कहिलेकाहीँ पानीपुरी अभियानजस्ता कार्यहरुमार्फत पनि रकम संकलन गरिन्छ।

गतवर्ष रौतहटमा बाढी आउँदा कलाकार रवीन्द्रसिंह बानियाँ, निश्चल बस्नेतलगायतको सक्रियतामा ८ लाख रुपैयाँ संकलन भएको थियो। त्यो पैसा ‘दारी ग्याङ’मार्फत रौतहटमा राहत वितरणका लागि उपयोग गरियो।

२ वर्षअघि मोरङको पथरीमा विष्णु रसाइली (शारीरिक अपांग) का लागि घर बनाउने योजना ‘दारी ग्याङ’ले बनायो। आवश्यक पैसाका लागि बुटवलमा सांगीतिक कार्यक्रम गर्ने निर्णय भयो। सो कार्यक्रममा निश्चल, आशिफ शाहलगायतका कलाकार सहभागी भएर सहयोग गरिदिए।

पछि ‘दारी ग्याङ’ले ४ लाख रुपैयाँमा विष्णुका लागि घर निर्माण गरिदियो। ‘यसैगरी परेको बेलामा सबैतिरबाट साथ र सहयोग हुँदै आएको छ’ जगदीश भन्छन्।

ग्रुप होइन परिवार
ग्याङले सामान्यरुपमा अराजक समूह भन्ने बुझाउँछ। त्यसैले ग्याङको परिभाषा परिवर्तन गर्न या भनौँ ग्याङप्रतिको बुझाईमा नै परिवर्तन गराउने उद्देश्यले पछिसम्म पनि ग्रुपमा राखिएको नाम ‘दारी ग्याङ’ परिवर्तन गरिएन।

जगदीश भन्छन्, ‘ग्याङले मानिसमा नकारात्मक भावना पैदा गराउँछ भने हामी राम्रो काम गरेर मानिसको त्यो धारणा र ग्याङप्रतिको बुझाइलाई नै परिवर्तन गर्ने पक्षमा उभियौँ।’ र, यस कार्यमा अहिले उनीहरु सफल पनि भइरहेका छन्।

‘दारी ग्याङ’का कारण धेरै युवाहरुको दारी पाल्ने रहर पूरा भएको छ। पहिले घरबाट लामो दारी हुँदा काट्न प्रेसर आउने गरे तापनि ‘दारी ग्याङ’को सामाजिक कार्यका कारण परिवारमा पनि सकारात्मक धारणाको विकास भइरहेको धेरैको अनुभव छ। यतिमात्र नभएर ‘दारी ग्याङ’कै कारण दारी पाल्ने एउटा ट्रेन्ड नै विकास भएको छ।

साथै, ‘दारी ग्याङ’ एउटा परिवारका रुपमा स्थापना भएको छ र यसका सदस्यहरु परिवारका सदस्यजस्ै छन्। ग्रुपमा रहेका सदस्यलाई कुनै समस्या पर्यो भने सबैजना एकजुट हुन्छन्।

कुनै विषयमा जानकारी लिनु पर्यो भने पनि ग्रुपमा पोस्ट गर्नासाथ सहयोग पाइन्छ। ग्रुपमा डाक्टरदेखि मोबाइल मर्मतकर्तासम्म भएकाले जुनसुकै समस्याको हल तत्कालै निक्लने गर्छ। साथै, कुनै रोजगारीको अवसरहरु आएमा समेत ग्रुपमा पोस्ट गरिन्छ र ‘दारी ग्याङ’कै सदस्यलाई सो अवसर प्रदान गरिन्छ।

दारी पाल्दा यसको स्याहार भने गर्नुपर्छ । काठमाडौंमा बस्नेले दैनिक २ पटक दारी धुनुपर्ने जगदीशको भनाइ छ। साथै, दारीलाई मुलायम बनाउन, झर्नबाट रोक्न विभिन्न क्रिमको समेत प्रयोग गर्नुपर्ने हुन्छ।

यसरी दारीको स्याहारका विषयमा पनि ग्रुपमा कुरा हुन्छ। दारीका विभिन्न स्टाइलबारे बहस चल्छ। दारी पाल्नेहरु आफ्नो तस्बिर ग्रुपमा राख्छन् र कसैलाई उनीहरुको दारीको स्टाइल मन परेमा सल्लाह लिन्छन् र त्यस्तै बनाउँछन्।

दारी नै नआउने वा नपाल्नेहरु पनि ग्रुपमा सदस्य छन्। तर, युवतीलाई गु्रपमा राखिएको छैन। ग्रुपको नाम नै दारी भएको र दारी केटाहरुको मात्र आउने भएकाले उनीहरुलाई ग्रुपमा नराखिएको हो। तर, सामाजिक कार्यमा भने युवतीको पनि साथ, सहयोग भने यो समूहले लिने गरेको छ।

दारीसँग जोडिएको जगदीशको आफ्नै कथा
‘दारी ग्याङ’का संस्थापक जगदीश भण्डारीको दारीसँग जोडिएका केही रमाइला र दुःखद् किस्साहरु छन्। एकपटक उनीसहितका केही साथीहरु सहयोगका लागि इटहरी गएका थिए। त्यहाँ सिभिल ड्रेसका केही प्रहरीले दारी पालेका युवाहरु देखेर निकै नराम्रो व्यवहार गरे। उनीहरुलाई गुण्डा भन्ने ठानेर केरकार गरियो र दुःख दिइयो।

गत वर्ष पशुपतिमा पनि आरतिको फोटो खिचिरहेका बेला तत्कालिन एआईजी विज्ञानराज शर्माले जगदीशलाई केरकार गरे। निकै बेरसम्म केरकार गर्दै उनको मोबाइलका रहेका सबै तस्बिर हेरे। सोही क्रममा धुर्मुससँग खिचाएको फोटो भेटियो र विज्ञानराजले धुर्मुसलाई फोन गरेर उनीबारे सोधेपछि बल्ल मुक्ति पाए।

‘दारी पालेका कारण नै उहाँले यसो गर्नुभएको हो’ जगदीश भन्छन्, ‘नत्र आरतीको फोटो खिच्न नपाउने भन्ने पनि हुन्छ र!’

एकदिन जगदीश ‘दारी ग्याङ’कै एक सदस्य सागर भट्टराईको घर गएका थिए। सागर पहिल्यैदेखि अलि दुब्लो–पातलो थिए। उनका बुबाले जगदीशलाई सुनाउँदै भने, ‘दारी पालेपछि सबै रगत, इनर्जी सोच्छ रे। त्यही भएर यो नमोटाएको हो।’
साथीको बुबाको कुरा सुनेपछि उनी आफू एक सातासम्म हाँसेको बताउँछन्। ‘त्यतिबेला त आफूलाई सम्हालेँ’ उनी भन्छन्, ‘उसको घरबाट निस्किएदेखि एक सातासम्म हाँसेको हाँस्यै भइयो नि।’

अर्को प्रसंग जगदीशको बिहे भएको एक महिना मात्रै भयो। त्यसअघि इन्गेजमेन्टका लागि उनी ससुराली पुगे। उनका ससुराले दारी पाल्नुभएको मेरो ज्वाइँ हुनुहुन्छ उहाँलाई भित्र ल्याएर आउनु भनेर एक आफन्तलाई पठाएछन्।

तर, रमाइलो के भइदियो भने इन्गेजमेन्टमा जगदीशसँगै ‘दारी ग्याङ’का अन्य साथीहरु पनि गएका रहेछन्। ती आफन्तले ज्वाइँ कुन भन्ने नै छुट्याउन सकेनन्। पछि ससुरा नै बाहिर आए। तर, उनले पनि आफ्नो ज्वाइँ चिन्न सकेनन्।

प्रकाशित २८ चैत २०७५, बिहिबार | 2019-04-11 13:14:58
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...