तस्करीमा मुछिएका सुवासको बारमा सरकारकाे शिलबन्दी


Kshamadevi Group


विमानस्थलमा रहेकाे सुवासकाे बारमा शिलबन्दी गर्दै सरकारी अधिकारी
विमानस्थलमा रहेकाे सुवासकाे बारमा शिलबन्दी गर्दै सरकारी अधिकारी

सरकारले अवैध विदेशी मुद्रा तस्करीको आरोपमा थुनामा रहेका व्यापारी सुवास श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे 'स्टेराइल जाेन' (सुरक्षा जाँच पुरा गरेपछिकाे स्थान) मा सञ्चालन गरिरहेको बारमा शिलबन्दी गरेकाे छ।

विमानस्थलका कर्मचारीहरूले प्रहरी अधिकारीकाे राेहबरमा मंगलबार राती साढे १० बजे बारमा शिलबन्दी गरेका हुन्। जेट एयरवेजको विमान अवतरण पछि यात्रु पठाएर बारमा शिलबन्दी भएकाे हाे। विमान सवा नाै बजे अवतरण भएकाे थियाे। 

विमानस्थल सुरक्षा समितीको आकस्मीक बैठकले  सुवासले सञ्चालन गरेकाे बारमा शिलबन्दीको निर्णय गरेको हो। बैठकले सुवासले सञ्चालन गरेकाे बारबाट सम्झौता बिपरित गैरकानूनी कार्य भएकाे भन्दै बन्द गर्ने निर्णय गरेकाे हाे।  

सुवास सहित उनकाे परिवार थाइ एयरकाे विमानबाट थाइल्याण्ड उडनेक्रममा शुक्रबार अवैध मुद्रा सहित पक्राउ परेका थिए। याे घटनाले विमानस्थल सुरक्षामा चुनाैती रहेकाे भन्दै विमानस्थल सुरक्षा समितीकाे बैठक बसेकाे हाे।  बैठक मंगलबार साँझ बसेकाे हाे। 

श्रेष्ठले होटल स्वनिगका नामले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग ठेक्का सम्झौता गरेकाे कफि स्टल एण्ड स्न्याक बार स्टेराइल जाेनमा सञ्चालित थियाे। बार प्रस्थान कक्षकै पहिलो तलामा संचालित छ।

सुवास र उनी निकट बारका लागि विमानस्थलले उपलब्ध गराएकाे पास भिरेर बिना राेकटाेक स्टेराइल जाेनसम्म आउने जाने गरिररहेका थिए। प्रारम्भीक अनुसन्धानमा उनले यही सुविधाकाे फाइदा उठाउदै तस्करी गरिररहेकाे र तस्कर समुहलाइ सघाएकाे खुलेकाे हाे। 

याे क्षेत्र विमानस्थलमा रहेका सबै सुरक्षा जाँच पुरागरि विमान कम्पनीहरूकाे रेखदेखमा रहन्छ। विमान चढनु अघि यात्रुकाे सुविधाका लागि बार खाेल्न अनुमति दिएकाे प्राधिकरणकाे सम्झाैतामा उल्लेख छ।

विमानस्थल सुरक्षा समितीमा त्यहाँ रहेका कार्यालयका अधिकारी सदस्य हुन्छन्। बैठकले केही समयका लागि हाे वा सधैका लागि बारमा शिलबन्दी गरेकाे हाे, खुलाएकाे छैन्। 

सुवाससँग २०७३ जेठ ७ मा पहिलो पटक तीनवर्षका लागि बारकाे ठेक्का सम्झौता भएको थियो। ९ करोड २९ लाख रुपैयाँमा तीनवर्षको ठेक्का सम्झौता भएको हाे। २०७६ भदौ ६ मा ठेक्का अवधि पुरा हुन्छ। बारकाे भाडा वृद्वी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा बिचाराधिन छ। 

 

सरकारी अधिकारीहरूले शिलबन्दी गरेकाे बार

सरकारी अधिकारीहरूले शिलबन्दी गरेकाे बार

प्रहरीले सिसिटिभीका सुवास पास भएकाहरूले प्रवेश पाउने गेटबाट प्रवेशगरि सिधै स्टेराइल क्षेत्रमा पुगेका थिए। सिसिटिभीमा थाइल्याण्ड जाने यात्रु भएपनि सुवास शुक्रबार बाेर्डिङ पास र अध्यागमनकाे डेस्क दुबैमा गएका थिएनन्। उनी माथिल्लाे तलामा पुगेपछि केही समय साेही क्षेत्रमा रहेकाे अर्काे क्याफे र त्यसपछि बारमा गएका थिए।

प्रहरीका अनुसार सिसिटिभीमा सुवासकै बारमा कामगर्ने एकजनाले झाेलामा पैसा लगेर दिएकाे देखिन्छ। 

सुवास श्रेष्ठ

सुवास श्रेष्ठ

प्रहरीले सुवास सहित उनकाे परिवारका ५ सदस्यलाइ २८ लाख रूपैयाँ बराबरकाे विदेशी मुद्रा सहित पक्राउ गरेकाे थियाे। सुवास राजस्व अनुसन्धान विभागकाे हिरासतमा छन्। 

र याे पनिः 

विमानस्थलमा तस्कर पक्राउ पर्दा सिंहदरबारमा खैलाबैला

प्रकाशित २६ चैत २०७५, मंगलबार | 2019-04-09 21:12:41
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...