हायात होटलको खण्डन विज्ञापनविरुद्ध काउन्सिलमा उजुरी

हायत होटलको सञ्चालक कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका निजी साझेदारले पत्रकार आचारसंहिताविरुद्ध मुख्य दैनिक पत्रिका एवं अनलाइनहरुमा प्रकाशित गरेको खण्डन विज्ञापनविरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ।

‘होटल सञ्चालकले राखेको बद्नियतलाई पैसा बुझेर जिम्मेवार सञ्चार माध्यमहरुले विज्ञापन स्वीकार्नु गलत हो’

महोत्तरी, बर्दिबास–११ स्थायी ठेगाना भएका सूचना हक अभियान्ता राजु शर्मा ढकालले समाचारको खण्डन सामग्री विज्ञापनको रुपमा प्रकाशन गर्दा पत्रकार आचारसंहिता २०७३ को ठाडो उल्लंघन भएको भन्दै काउन्सिलमा उजुरी दर्ता गराएका हुन्।

तारागाउँ रिजेन्सी होटल्स् लिमिटेडका निजी साझेदारहरूले गरेको घोटालाबारे नेपालखबरसहितका सञ्चारमाध्यमले समाचार प्रकाशित गर्दै आएका छन्। ती समाचारको खण्डन गर्दै निजी साझेदारहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठ समूहले २०७५ चैत २० गते काठमाडौंबाट प्रकाशित हुने मुख्य दैनिक एवं अनलाइनहरुमा ४२ बुँदै खण्डन विज्ञापन प्रकाशित गराएका थिए।

‘प्रेस विज्ञप्ति भनेर तीन पृष्ठ लामो सामग्री प्रकाशित भएको देखियो। त्यो सामाग्री प्रेस विज्ञप्ति नभई यसअघि सञ्चारमाध्यममा आएका समाचारको खण्डन सामग्री हो’, शर्माले टेलिफोनमा कुरा गर्दै नेपालखबरसँग भने, ‘यो दुनियाँलाई थाहा भएको विषय हो प्रेस विज्ञप्ति निःशुल्क प्रकाशित गरिन्छ, पैसा तिरिरहनु पर्दैन। होटल मालिकले बद्नियत राखी प्रकाशन गर्न चाहेको विज्ञापन सञ्चार माध्यमहरुले पत्रकार आचारसंहिता २०७३ उल्लंघन गर्दै प्रकाशन गरेकाले उजुरी गरेको हुँ।’

नेपाल पत्रकार महासंघसहितका संघसंस्थाले मान्यता प्रदान गरेको प्रेस काउन्सिलको पत्रकार आचारसंहिता २०७३ दफा ५ (८) अनुसार कुनै पनि सञ्चार माध्यममा आएको सामग्रीलाई विज्ञापन बनाएर खण्डन गर्न पाइँदैन। ‘खण्डन सत्यतथ्यपूर्ण भए समाचार प्रकाशित गर्ने सञ्चार माध्यमले निःशुल्क प्रकाशन गर्नुपर्छ। होटल सञ्चालकले राखेको बद्नियतलाई पैसा बुझेर जिम्मेवार सञ्चार माध्यमहरुले विज्ञापन स्वीकार्नु गलत हो’, शर्माले भने।

सार्वजनिक निजी साझेदारीको कम्पनी तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको सञ्चालक समितिमा हाल निजी साझेदारको एक्लौटी प्रतिनिधित्व छ। अर्को संस्थापक शेयरधनी नेपाल सरकारको प्रतिनिधित्व छैन। निजी साझेदारहरुले शेयर संरचनामा चलखेल गरी ४० प्रतिशतबाट सरकारको सेयर ९ प्रतिशतमा झारिदिएपछि त्यसको बिरोधमा पर्यटन मन्त्रालयअन्तर्गतको तारागाउँ विकास समितिले सञ्चालक समितिमा प्रतिनिधि नपाठएको तीन वर्षभन्दा बढी भइसकेको छ।

हाल कायम रहेको ११ सदस्यीय सञ्चालक समितिमा सात जना निजी साझेदारहरु राधेश्याम सराफ र रामलाल श्रेष्ठका परिवार सदस्य छन्। बाँकी ४ उनीहरूकै कम्पनीका कर्मचारी एवं निकटस्त छन्। उनीहरूले नै खण्डन विज्ञापन प्रकाशन गरेका हुन्।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको छानबिन उपसमितिले १५० रोपनी जग्गा फिर्ता गर्न एवं १४८ रोपनी जग्गाको भाडा सम्झौता रद्द गर्न सरकार र अख्तियारलाई निर्देशन दिँदै प्रतिवेदन बुझाएको भोलिपल्ट मुख्य दैनिक एवं अनलाइनहरुमा विज्ञापन आएको थियो। प्रकाशित ४२ बुँदे विज्ञापनका कतिपय बुँदाले गैरकानुनी क्रियाकलापलाई प्रोत्साहन एवं कानुनी शासनलाई चुनौती दिएका छन्।

हायात प्रकरणका थप सामग्री:

१. हायातसँगको १४८ रोपनी जग्गा लिज तत्काल भंग गर्न मन्त्रिपरिषदलाई निर्देशन

२. स्थानीयबाट खोसिएको जग्गामा यसरी ठडिएको हो हायात होटल

३. जब दरबारलाई झुक्याएर राजा वीरेन्द्रबाट हायातको उद्घाटन गराइयो

४. हायातमा भएको अनियमिताबारे संसदीय समितिले दिँदैछ यस्तो प्रतिवेदन

५. हायातद्वारा राजपा अध्यक्ष मण्डललाई निःशुल्क ‘रिट्रिट’

६. हायात प्रकरणमा तीन वर्षदेखि छानबिन मात्रै

७. हायात हाेटल सञ्चालक समिति कसरी पुग्यो सराफ-श्रेष्ठको कब्जामा?

८. हायात होटलमा जागिर खान किन गए नेकपा नेता, पूर्व राज्यमन्त्री गौतम?

९. हायातका निजी साझेदारको जालझेल छानबिन गर्दै संसदका दुई समिति

१०. हायात हत्याउन सराफ–श्रेष्ठको खेलः सञ्चालककै कम्पनीबाट दाेब्बर मूल्यमा सेवा खरिद

११. होटल हायातकाे २५ अर्ब बढीको सम्पत्ति हत्याउने दाउमा सराफ र श्रेष्ठ

१२. हायात हत्याउने सञ्चालकका प्रतिनिधि छानविन समितिमा राख्न प्रस्ताव

१३. सराफ–श्रेष्ठले हायात हत्याएको प्रकरण संसद प्रवेश

१४. होटल हायात प्रकरण: झालझेलको पोको फुकाउँदै संसदीय समिति

१५. हायात हत्याउन सराफ-श्रेष्ठको खेल: सरकारको अख्तियारी नाघेर अंगुरबाबाद्वारा हस्ताक्षर

१६. हायात हत्याउने खेलविरुद्ध अर्को छानबिन समिति

१७. हायातबारे संसदीय छानबिन निष्कर्षः २५ अर्बको जग्गा हडप्ने उद्देश्य

प्रकाशित 2019-04-07 15:13:38