विमानस्थलमा रोकिएन सुन तस्करी, ६ केजी सुनसहित ४ पक्राउ



त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन
त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ हजार ८ सय किलाे सुन भित्रिएकाे घटना अनुसन्धानमै रहँदा ६ किलाे सुन सहित भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि तस्करीको सुन बरामद भएको छ। थाइ लायन एयरवेजको बैंकक उडानबाट आएको सो सुन प्रहरीले बरामद गरेको हो।

४ जना भारतीय नागरिकबाट करिब ६ किलो सुन बरामद भएकाे प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बबिता, सुनिता, सरिता र जतिन रहेका छन्। 

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी सन्दिप भण्डारीले गहनाकाे स्वरूपमा लेप लगाएकाे अवस्थामा सुन बरामद भएकाे हाे। उनले सुन परिक्षणका लागि पठाएकाे नेपालखबरलाइ बताए। 

पक्राउ पर्नेमा ३ महिला र १ पुरूष छन्। विमानस्थलमा सादा पोशाकमा खटिएको प्रहरीले सुनसहित उनीहरूलाइ नियन्त्रणमा लिएको हो।

विमानस्थलबाटै भित्रिएकाे साढे ३३ किलाे हराउदा उर्लाबारीका सनम शाक्यकाे हत्या प्रकरणकाे अनुसन्धान जारी रहेकै बेला फेरि ठुलाे परिणाममा सुन बरामद भएकाे हाे। 

२०७४ माघमा भित्रिएकाे सुन हराएपछि शाक्यकाे हत्या भएकाे थियाे। गृह मन्त्रालयले सहसचिव  ईश्वरराज पाैडेलकाे नेतृत्वमा गठन गरेकाे विशेष अनुसन्धान टाेलीले ७७ जना भन्दा बढि बिरूद्व सुन तस्करी मुद्दा माेरङ जिल्ला अदालतमा बिचाराधिन छ। टाेलीले ४६ जना पक्राउ र ३१ जनालाइ फरार प्रतिवादी कायम गरेकाे हाे। 

यस्तै विमानस्थलबाटै २० पुस २०७३ मा भित्रिएकाे साढे ३३ किलाे सुन केन्द्रीय अनुसन्धान ब्युराेले बरामद गरेकाे थियाे। याे मुद्दा समेत काठमाडाैं जिल्ला अदालतमा बिचाराधिन नै छ। 

प्रकाशित २१ चैत २०७५, बिहिबार | 2019-04-04 18:09:15
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...