कारबाही सिफारिस भएका ५ जना उच्चमा न्यायाधीश नियुक्त



प्रधान न्यायाधीश तथा न्याय परिषदका अध्यक्ष चोलेन्द्र शमशेर राणा
प्रधान न्यायाधीश तथा न्याय परिषदका अध्यक्ष चोलेन्द्र शमशेर राणा

न्याय परिषदले कारबाही सिफारिस गरेका र सचेत गराएका पाँच जिल्ला न्यायाधीश उच्च अदालतको न्यायाधीशमा नियुक्त र पदस्थापन भएका छन्।

परिषदले बिस्तृत अनुसन्धानपछि कारबाही सिफारिस गरेका राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा र मोहम्मद जुनेद आजाँद जिल्ला न्यायाधीशको कोटाबाट उच्चमा नियुक्त भएका हुन्। यो कोटामा नियुक्त भएका नागेन्द्रलाल कर्ण समेत परिषदले सचेत गराएका न्यायाधीश हुन्।

न्याय परिषदको अध्यक्ष रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा मंगलबार बसेको परिषद बैठकले जिल्ला न्यायाधीशको कोटाबाट नियुक्त गरेका ६ मध्ये ५ जना कारबाही सिफारिस भएका न्यायाधीश हुन्।

परिषदले २०७३ माघमा ४ न्यायाधीशलाई कारबाही सिफारिस र एकजनालाई सचेत गराएका थियो। विभिन्न जिल्लामा न्यायाधीश रहेका उनीहरुले घुस लिएर कानुन र नजिरविपरित फैसला गरेको जस्ता गम्भिर आरोपमा अनुसन्धान र कारबाही सिफारिस भएको थियो।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहेका बेला काफ्ले र आजाँद दुबैले गरेका फैसला र आदेश विवादमा परेका थिए।

काठमाडौं जिल्ला अदालतको न्यायाधीश रहेका आजाँदले सेतो हेरोइनका कारोबारी पाकिस्तानी नागरिक साहिदा प्रविनलाई सफाई दिएको विवाद परिषदमा अझै विचाराधिन छ। उनले फैसलाको पूर्ण पाठ आउनु अघि नै प्रविनलाई छोडन केन्द्रीय कारागारमा अदालतका तर्फबाट पत्र पठाएका थिए।

यस्तै काफ्लेले कुटपिटको मुद्दामा नजिर र कानून बिपरित प्रतिवादीलाई सुध्रिने मौका दिने फैसला गरेका थिए। ढकालले काभ्रेमा ठगी र कालोबजारीको मुद्दा लागेका उमेश बानियाँका हकमा १८ लाख रुपैयाँ घूस लिएर फैसला गरेको आरोपमा परिषदले अनुसन्धान गरेको थियो।

यस्तै शर्माले १ करोड रुपैयाँ बराबरको चेक अनादर मुद्दामा प्रतिवादीलाई जिताइदिएका थिए। उनले सबै प्रमाण पुग्ने भएपनि घूस लिएर कानूनको गलत ब्याख्या गरेको प्रमाण सहित परिषदमा उजुरी परेको थियो।

प्रकाशित १९ चैत २०७५, मंगलबार | 2019-04-02 14:03:21
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...