समुद्री आँधी जत्तिकै शक्तिशाली फेटा हुण्डरीको पूर्वानुमान किन हुन सकेन?



बंगालको खाडी आसपासको स्याटलाइट तस्बिर
बंगालको खाडी आसपासको स्याटलाइट तस्बिर

स्वाभाविक छ, जुन महाशाखाले २० घण्टापछि पनि किन र कसरी यस्तो शक्तिशाली आँधी आयो भनेर कारणसहित बताउन सक्दैन, त्यसले यसको पूर्वानुमान गर्न सक्ने अवस्था नै थिएन।

आइतबार साँझ एक्कासी आएको शक्तिशाली हुरीका कारण बारा–पर्सामा ठूलो संख्यामा जनधनको क्षति भएको छ। सोमबार दिउँसोसम्मको अपडेटअनुसार २७ जनाको मृत्यु भैसकेको छ भने ४ सयको उद्धार गरिएको छ।

२ सय ८२ जनाको उपचार भइरहेकोमा गम्भिर रहेका ११ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

बारा र पर्साका स्थानीय प्रत्यक्षदर्शीले बताएअनुसार यो हुरी निकै शक्तिशाली थियो। यतिसम्म कि हुरीले रोकेर राखिएका गाडी र ट्रयाक्टर पल्टाउनेदेखि रिक्सा उडाउने र ट्यूबवेल (जमिनमा गडिएका पानीका धारा) उखेल्ने सम्मको क्षति पुर्याएको छ। समुद्री आँधीले यस्तो क्षती निम्त्याउने गरेको सुनिँदै आएको हो।

समुद्र तटीय क्षेत्रमा आउने शक्तिशाली समुद्री आँधीजस्तो हावाहुरी बारामा कसरी आयो? संभवतः पहिलोपटक नेपालमा यस्तो शक्तिशाली आँधी आएकाले पनि धेरैमा यस्तो जिज्ञासा बढेको छ। समुद्र तटीय क्षेत्रमा प्रायः समुद्री आँधीको पूर्वानुमानसहित सुरक्षा उपाय अपनाइन्छ। जसले गर्दा सामान्यतः धेरै ठूलो जनधनको क्षती हुँदैन।

गत महिना ताप्लेजुङमा मौसम पूर्वानुमान विना नै हेलिकोप्टर उडाउँदा दुर्घटना भएर पर्यटनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको ज्यान गएको थियो। यदि हामीसँग आवश्यक उपकरणहरू भएको भए र यो स्तरको भूमरी आउँदैछ भनेर पूर्वानुमानसहित सुरक्षाका उपाय अपनाउन सकिएको भए बारा–पर्सामा यति ठूलो जनधानको क्षती हुने थिएन।

मौसम पूर्वानुमान गर्ने केही विज्ञहरूले बंगालबाट आएको तातो र भूमध्यसागरको चिसो हावा बारामा जुझ्दा यति शक्तिशाली भूमरी बनेको दाबी गरेपनि सोमबार दिउँसोसम्म नेपालको जल तथा मौसम पूर्वानुमान महाशाखाले यसबारे आधिकारिक रिपोर्ट दिन सकेको छैन।

स्वाभाविक छ, जुन महाशाखाले २० घण्टापछि पनि किन र कसरी यस्तो शक्तिशाली आँधी आयो भनेर कारणसहित बताउन सक्दैन, त्यसले यसको पूर्वानुमान गर्न सक्ने अवस्था नै थिएन।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद सुजन सुवेदी स्थानीयस्तरमा के हुनसक्छ भनेर पूर्वानुमान गर्ने अत्याधुनिक उपकरण आफ्नो कार्यालयमा नभएकाले पूर्वानुमान गर्न नसकेको बताउँछन्।

‘थप अध्ययनपछि मात्र के कारणले यस्तो शक्तिशाली हावाहुरी आयो भनेर भन्न सक्छौं’, सुवेदीले नेपालखबरसँग भने, ‘सामान्य रुपमा हामी जल तथा मौसमको पूर्वानुमान गर्न र भन्न सक्छौं तर अत्याधुनिक उपकरणहरु नभएकाले स्थानीयस्तरमा के हुन्छ भनेर भन्न सक्ने अवस्थामा छैनौं।’

सुवेदीले आफ्नो कार्यालयको सिमितता दर्शाउँदै भने, ‘हामी काठमाडौंको मौसम अवस्था कस्तो छ भन्न सक्छौं तर एउटा निश्चित ठाउँ असनमा के हुन्छ भनेर भन्न सक्ने अवस्थामा छैनौं।’

महाशाखाले पूर्वानुमान पेश गर्न नसके पनि कसरी यो स्तरको हावाहुरी आयो भनेर भन्न त सक्नु पर्ने हो नि?

सुवेदी भन्छन्, ‘थप अध्ययनपछि मात्रै हामी कसरी मौसमी अवस्था भयावह भयो भनेर भन्न सक्छौं।’

जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ बजे जारी गरेको बुलेटिनमा दिउँसो पूर्वी भू–भागका धेरै तथा मध्य पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको संभावना रहेको पूर्वानुमान गरेको थियो। त्यस्तै राती सामान्य बदली रहने र पूर्व क्षेत्रका केही तथा मध्य र पश्चिम क्षेत्रका थोरै स्थानमा मेघ गर्जनसहित वर्षा हुने जनाएको थियो।

नेपालले भारत र चीनबाट प्राप्त स्याटलाइट इमेजहरुको प्रयोग गरी अन्य वेबसाइटमा आएका विषय तथा विगतका मौसम सम्बन्धी तथ्यांकहरुलाई सन्दर्भ बनाएर पूर्वानुमान गर्दै आएको छ। यसले के देखाउँछ भने नेपाल आफै मौसम पूर्वानुमान गर्न सक्ने बलियो अवस्थामा छैन।

पछिल्लो समय देशको मौसम अवस्थाबारे सामान्य अपडेट दिनसक्ने हैसियत बनाएको महाशाखाले आइतबार बारा र पर्सामा आएको हावाहुरीको गति कति थियो भनेर घटना भएको २० घण्टापछि पनि बताउन सकेको छैन।

बाराको सिमरास्थित विमानस्थलमा मौसम केन्द्र रहेको स्मरण गराउँदा पनि सुवेदीले भने, ‘हावाहुरीको गति कति थियो भन्ने तथ्यांक अहिलेसम्म हाम्रो सिस्टममा आइसकेको छैन।’

मौसमविद मणिरत्न शाक्यका अनुसार जमिनको सतह तात्दै गएपछि कन्भेन्सन हुँदा क्युमोलोनिम्बस बादल निर्माण हुन्छ। जसको कारण हावाहुरी आउने गर्छ। हावाहुरी पूर्वानुमान गर्न राडर स्थापना गर्नु पर्ने शाक्यले बताए।

‘राडर स्थापनापछि मात्रै हामी सही रुपमा हावाहुरीको पूर्वानुमान गर्न सक्छौं’, शाक्य भन्छन्, ‘बारा र पर्सामा आइतबार आएको हावाहुरी शक्तिशाली हो, तर मानवीय क्षती धेरै हुनुको प्रमुख कारण कमजोर संरचनाका घरहरू हो।’

नेपालको जल तथा मौसम विभाग कमजोर देखिए पनि भारतको मौसम विभागले चाहिँ आइतबार शक्तिशाली आँधी आउने संकेत पहिले नै गरेको पाइएको छ।

भारतको मौसम विभागले आइतबार नै जारी गरेको साप्ताहिक बुलेटिनमा नेपाल र बिहार प्रदेशको सीमा क्षेत्रमा आँधी आउने संभावना रहेको पूर्वानुमान गरेको थियो।

भारतको मौसम विभागले सोमबार पनि बिहारसहित नेपालको सिमा क्षेत्रमा मेघ गर्जनसहित ३० देखि ४० किलोमिटर प्रतिघण्टा गतिको हावाहुरी आउन सक्ने र चट्याङ पनि पर्न सक्ने पूर्वानुमान गरेको छ।

हो, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राती नै आँधीले पुर्याएको क्षतिको विवरण पेश गर्दै तत्काल उद्धार र राहत कार्यमा जुट्न सुरक्षा अंगहरूलाई निर्देशन दिए। र, उनी सोमबार झापाको आफ्नो पूर्व निर्धारित कार्यक्रम छाडेर मन्त्रीहरूको डफ्फासहित आँधी प्रभावित क्षेत्रमा पुगेका छन्। यसबाट बारा र पर्साका आँधी प्रभावित नागरिकले पक्कै पनि राहत महशुस गर्नेछन्।

तर जबसम्म राष्ट्रले २७ जनाको ज्यान लिने र पाँच सय बढी घाइते तुल्याउने गरि आएको २ मिनेटको शक्तिशाली आँधी कति तेज थियो र कसरी आयो भनेर बताउन सक्दैन नागरिकले वास्तविक रुपमा सुरक्षा महशुस गर्न सक्ने छैनन्। त्यसैले सरकारले यस्ता दैवी प्रकोपबाट हुने क्षति कम गर्न केन्द्रसँगै बारा र ताप्लेजुङजस्ता स्थानीय तहमा समेत विश्वसनीय रुपमा मौसम पूर्वानुमान गर्न सक्ने यन्त्र र जनशक्तिको व्यवस्था गर्नुपर्छ।

प्रकाशित १८ चैत २०७५, सोमबार | 2019-04-01 15:30:46
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

मणि दाहाल नेपालखबर विशेष संवाददाता हुन्

@Maninagarik

मणि दाहालबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • चिनियाँ राजदूत होउ यानछी तथा काउन्सुलर जाङ फाङ (दायाँ)। तस्विर: प्रविन कोइराला

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली–पे वैधानिक रुपमा नेपाल आउन इच्छुक

    नेपाल राष्ट्र बैंकले प्रतिबन्ध लगाएका चिनियाँ मोबाइल पेमेन्ट एपहरु वी च्याट र अली–पेले नेपालमा वैधानिक रूपमा कारोबार गर्न चाहेको चिनियाँ दूतावासका...

  • नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारी

    नेपाल र अष्ट्रियाबीच उर्जा समझदारीमा हस्ताक्षर भएको छ। उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र अष्ट्रियाका यातायात तथा प्रविधिमन्त्री...

  • राष्ट्रपति भण्डारी

    राष्ट्रपतिद्वारा राहदानी विधेयक प्रमाणीकरण नगरी संसदमै फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले विवादस्पद देखिएको राहदानीसम्बन्धी विधेयक संसदमै फिर्ता पठाइदिएकी छिन्।

  • तल्लो मुलपानी मैदानमा पहिलो पटक राष्ट्रिय प्रतियोगिता हुन लागेको हो

    मुलपानी मैदान कति तयार? (फोटो/भिडियो)

    सोमबार(जेठ ६) दिउँसो १ बजे मुलपानीस्थित तल्लो क्रिकेट मैदान बाहिर निस्कदै गरेका नेपालय इन्टरनेशनलका अध्यक्ष सुवाश प्रधान गेटमै भेटिए।