७ विमान विराटनगरमा आकस्मिक अवतरण, एयर चाइना लखनउ डाइभर्ट



काठमाडौंको मौसम खराब हुँदा चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि डाइभर्ट भएर भारतको लखनउमा अवतरण भएको पुष्टी गरेको छ। काठमाडौंको मौसम अहिले खुलिसकेको भएपनि एयर चाइना अब सोमबार मात्र काठमाडौं आउने छ।

आइतबार साँझ काठमाडौंको मौसम खराब भएर डाइभर्ट भएको यो एक मात्र अन्तर्राष्ट्रिय उडान हो।

तर काठमाडौं आउँदै गरेका आन्तरिक तर्फका ७ विमान डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। विराटनगर विमानस्थलका निर्देशक टेकनाथ सिटौलाका अनुसार
बुद्व एयरका ४, यतिका २ र श्री एयरको १ विमान विराटनगरमा आकस्मिक अवतरण गरेका हुन्।

जनकपुर र विराटनगरबाट उडेका अन्य ६ वटा विमान डाइभर्ट भएर विराटनगरमा अवतरण गरेका हुन् भने भैरहवाबाट उडेको बुद्व एयरको एउटा विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गरेको सिटौलाले नेपालखबरलाई बताए। ती सबै विमान सोमबार मात्र काठमाडौं आउने छन्।

मौसम सफा भैसकेकाले काठमाडौंको आकाशमा घुमिरहेका विमान भने अवतरण गर्ने प्रक्रियामा रहेको विमानस्थल स्रोतले जनाएको छ।

प्रकाशित १७ चैत २०७५, आइतबार | 2019-03-31 21:52:41
Nepal Sarkar
Max TV
Max TV
Vianet

author photo

समुन्द्रा घिमिरे नेपालखबर संवाददाता हुन्


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • डा रामेश कोइराला

    पत्रिकाको सम्पादकीयजस्तै हुन् मेरा ट्विट: रामेश कोइराला (अन्तर्वार्ता)

    रामेश कोइराला पेशाले चिकित्सक हुन्, मुटु रोग विशेषज्ञ। यो बाहेक उनी लेखक हुन्।

  • पाँचथर हत्याकाण्डः अन्तिम कलमा मानबहादुरले मागेका थिए पैसा

    प्रहरीले पाँचथरको मिक्लाजुङ सामुहिक हत्यामा प्रयोग भएको हतियार फेला पारेको छ।

  • साैर्य एयरलाइन्स

    साैर्यले बुझायो ४ करोड बक्याैता, नयाँ व्यवस्थापनमा दैनिक ४ उडान

    आर्थिक अभाव र व्यवस्थापकीय कमजोरीका कारण बन्द हुन अवस्थामा पुगेको सौर्य एयरलाइन्सले नयाँ व्यवस्थापनका साथ नियमित उडान सञ्चालन गरेको छ।

  • वीच्याट र अली-पे

    चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट र अली-पेको कारोबार नेपालमा प्रतिबन्ध

    नेपाल राष्ट्र बैंकले चिनियाँ मोबाइल पेमेन्ट एप वीच्याट, अलीपेसहित विदेशी डिजिटल वालेटबाट हुने कारोबारलाई प्रतिबन्ध लगाएको छ।