सशस्त्र एसपी बढुवामा अन्याय भएको भन्दै दुईजनाले दिए उजुरी


Kshamadevi Group


सशस्त्र प्रहरी बल logo
सशस्त्र प्रहरी बल logo

सशस्त्र प्रहरी बलको प्रहरी उपरीक्षक (एसपी) बढुवामा अन्याय भएको भन्दै दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले उजुरी दिएका छन्।

डिएसपी लेखनाथ खनाल र अच्युत मजगैयाले सशस्त्र प्रहरी नियमावलीको नियम ५५ अनुसार आइतबार उजुरी दिएका हुन्। नियमावलीमा बढुवा सिफारिस उपर चित्त नबुझे उजुरी गर्न सक्ने प्रावधान छ।

गत ५ चैतमा बढुवा सिफारिस समितिले ३७ जना डिएसपीलाई एसपी बढुवामा सिफारिस गरी चित्त नबुझे एक साताभित्र उजुरी दिन सूचना प्रकाशन गरेको थियो।

गृहसचिव नेतृत्वको बढुवा उपरको उजुरी सुन्ने समितिमा उनीहरुले उजुरी दिएका हुन्। सो समितिको सदस्यमा सशस्त्र प्रहरी महानिरीक्षक सदस्य रहन्छन्। महानिरीक्षक नेतृत्वकै बढुवा सिफारिस समितिले गत साता बढुवा सिफारिस गरेको थियो।

सो समितिले फेरि मूल्याङकन गर्न भने पाउँदैन। कुनै उम्मेदवारले प्राप्त गर्नुपर्ने अंक नदिई वा उम्मेदवारले प्राप्त नगर्ने अंक दिई मूल्याङकनमा त्रुटी गरेको अवस्थामा मात्र उजुरी सुन्न समितिले सिफारिस हेरफेर गर्न सक्ने अवस्था छ। उजुरी झुठा भएमा कार्यसम्पादन मूल्याङकनमा २ नमबर घट्ने प्रावधान छ।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 21:34:31
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।