पोखरा ट्रान्स पार्टी! लागू औषधसहित सहभागी पक्राउ


Kshamadevi Group


फाइल फाेटाे
फाइल फाेटाे

प्रहरीले पोखरामा आयोजित ट्रान्स पार्टीबाट केही मान्छेलाई ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको छ।

यहाँको पर्यटकीय क्षेत्र लेकसाइडको द अफिस पव रेष्टुरेण्टमा आयोजित पार्टीमा प्रहरीले छापा मार्दा गाँजा, चरेस र लागूऔषध फेला परेपछि त्यो ट्रान्स पार्टी नै भएको प्रहरीको बुझाई रहेको छ।

ट्रान्स संगीतको तालमा लागूऔषध प्रयोग हुने सांगीतिक पार्टी हो। पार्टीमा पक्राउ परेका ५८ जनामध्ये १६ जना नेपाली थिए। तीमध्ये केही आइतबार नै छुटेका थिए भने केही अहिले पनि प्रहरी अनुसन्धानमा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

नेपालमा विदेशीहरुको आयोजनामा बेलाबेला यस्ता ट्रान्स पार्टी हुँदै आएका छन्। धेरैजसो ट्रान्स पार्टीको आयोजना एकान्त ठाउँमा गरिन्छ। विकिपिडियाका अनुसार एकान्त ठाउँमा आयोजना गरिने यस्ता पार्टीहरुमा चर्को संगीतको प्रयोग हुन्छ। त्यतिमात्र नभएर यस्ता पार्टीहरु एउटा निश्चित ‘थिम’ मा आधारित हुन्छन्।

संगीतले सुन्नेलाई एकोहोरो बनाइदिन्छ। पार्टी गर्ने ठाउँ रंगिचंगी हुन्छ। स्टेज वरपर आकृतिहरु राखिएका हुन्छन्। संगीतको तालमा पार्टीमा सहभागीहरु मस्त हुँदै जाँदा ती चित्रहरु नाचेको र बोलेको जस्ता लाग्छन्। यो एक किसिमको संमोहन पद्धति पनि हो। मान्छे भ्रमित हुनु यो पार्टीको विशेषता हो। खुल्लमखुल्ला ड्रग र मन लागे सेक्स पनि यो पार्टीमा चल्छ।

२०६९ सालको मंसिरमा पोखराको फूलबारी रिसोर्टमा यस्तो पार्टी आयोजना भएको थियो। गएको कार्तिकमा अर्घाखाँचीको बुङ्ची खोलामा भएको पार्टीमा प्रहरी हस्तक्षेप गरेको थियो। पार्टीमा प्रहरी पुग्दा विदेशी महिलाहरु नाङ्गै थिए।

ट्रान्स म्यूजिक पहिला म्यूजिक थेरापीको लागि प्रयोग गरिन्थ्यो। हिप्पीकालीन समयमा यसलाई लागूऔषधसँग जोडियो।

कृतिम लागूऔषध र म्यूजिकलाई एकैठाउँमा ल्याएर यस्ता पार्टी भारतको गोवामा आयोजना हुन्थे। प्रहरी निगरानीपछि यस्ता पार्टीहरु नेपालतिर भित्रिए। नेपालमा यस्ता पार्टी प्रतिबन्धित छन्। तर, गुपचुप पार्टीहरु आयोजना भने हुन छाडेका छैनन्।

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 20:14:10
Max TV
Max TV
Vianet

author photo

वाशुदेव मिश्र पोखराका क्रियाशील पत्रकार हुन्

@mishrabashu

वाशुदेव मिश्रबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।