सफाइ अभियन्ता पीके शेर्पाः १४ वर्षीय छोरालाई लिएर सातै महादेशका हिमाल सफाइ अभियानमा


Kshamadevi Group


 सगरमाथा
सगरमाथा

ताप्लेजुङका पीके शेर्पा विगत दुई दशकदेखि हिमाली क्षेत्रको वातावरणीय परिवर्तनका कारण बढ्दै गएका मानवीय तथा प्राकृतिक समस्याका बारेमा प्रत्यक्ष रुपमा अनुभव गरिहेका छन्।

 त्यतिमात्र होइन उनी हिमालमा बढ्दै गएको फोहोर र प्रदुषणका बारेमा समेत जानकार छन्।

विदेशी पर्यटकको मुख्य आर्कषणको क्षेत्रका रुपमा रहेको हिमाल नै फोहर र प्रदुषण भएपछि उनले त्यहाँ सफाइ अभियान नै चलाए। सगरमाथाबाट सफाइ अभियानको सुरुवात गरेका उनले आरोहण खुल्ला भएका नेपालका सबै हिमालमा पुगेर सफाइ गरेको बताउँदछन्। ‘सबै हिमालको बेस क्यामसम्म सफाइ गरेको छु’, सोमबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले भने। हिमाल सफा राख्नुपर्छ भन्ने अभियानका साथ उनै पीके सात महादेशका सात हिमालको सफाईमा जाने घोषणा गरेका छन्।

उनले सातै महादेशमा रहेका उच्च सात हिमालको सफाइ दुई वर्षभित्र सक्ने योजना बनाएको बताए। दुई पटकसम्म सफाइका क्रममा सगरमाथा पुगेका पीके अब आफ्ना १४ वर्षका छोरा सोनामा साथमा सातै महादेशका हिमालमा पुग्ने भएका हुन।

जलवायु परिवर्तनका बारेमा जानकारी दिन उनी छोरासँगै सन् २०१९ को मार्च महिनामा ७ हजार ३ सय १० फिट उचाइमा रहेको अस्ट्रेलियाको माउन्ट कोसियुस्को (प्यकअष्गकशपय) पुग्ने भएका छन्। त्यस्तै दोस्रो सफाई अन्तरगत शेर्पा मे महिनामा ५ हजार ८ सय ९५ मिटर उचाइमा रहेको माउन्ट किलिमान्जारो (अफ्रिका), जुलाइमा ५ हजार ६ सय ४२ मिटर उचाईमा रहेको माउन्ट एलब्रस (युरोप रसिया), सेप्टेम्बरमा ६ हजार ९ सय ६२ मिटर उचाइमा रहेको माउन्ट एकन्काग्वा (साउथ अमेरिका), अक्टोबर महिनामा ४ हजार ८ सय ९२ मिटर उचाईमा रहेको माउन्ट भिन्सन म्यासिफ (अन्ट्राकिका), सन् २०२० मार्चमा ६ हजार १ सय ९४ मिटर उचाईमा रहेको माउन्ट डेनाली (नर्थ अमेरिका) र मे महिनामा विश्वकै अग्लो स्थानमा रहेको ८ हजार ८ सय ४८ मिटरको सगरमाथा (माउन्ट एभरेस्ट) को सफाइ गर्ने छन्।

आफूभन्दा पछिल्लो पुस्ताले समेत जलवायु परिवर्तनका बारेमा थाहा पाउँन भन्ने उद्देश्यका साथ छोरालाई अभियानमा सहभागिता गराउन लागेको उनले बताए। ‘सानैबाट हिमालको बारेमा छोराले चासो राख्ने गरेको पाएर नै उनलाई सफाइ अभियानमा लाने योजना बनाएको हुँ’, उनले भने।

छोराको स्कुल छुट्टी हुने समयमा सफाइमा जाने योजना बनाएको उनले बताए।

अनुमानित खर्च
दुई वर्षको अवधिमा सात महादेशका सात हिमाल सफाइका लागि पीकेले अनुमानित खर्च ६ लाख लाग्ने जनाएका छन्।

टानको सहयोग
हिमाल आरोहणमा जाने आरोहीले फोहर मात्र गर्ने गरेका छन्। तर, पीकेले ती आरोहीले गरेको फोहोर सफाइ गर्ने योजना रहेको बताएपछि टानले उनलाई सहयोग गर्ने भएको छ। पीकेको योजनामा हसाथ दिएको पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले जनाएको छ।

टानका अध्यक्ष नवराज दाहालले नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गर्दा पीकेको योजनाले समेत सहयोग पुर्याउने बताए। उनले भने, ‘सात महादेशका हिमालको सफाइमा नेपालकै प्रतिनिधित्व गरि जान लागेका पीकेलाई टान सक्दो सहयोग गर्छ।’

दुई पटक सगरमाथाको सफल आरोहण
हिमाल सफाइ अभियानकै क्रममा शेर्पाले दुई पटक सगरमाथाको चुचुरोसम्म पुगेका छन्। सफाइ अभियानकै क्रममा उनी सन् २०१० र ११ मा सगरमाथाको शिखरमा पुगेका थिए। ‘विश्कै अग्लो हिमालको चुचुरोसम्म सफाइ गर्दै पुगेँ’, उनले भने, ‘सगरमाथाको मात्रै नभएर सबै हिमालको सफाई गर्नुपर्छ भन्ने योजना बनाएर जान लागेको हुँ।’

 

प्रकाशित ११ चैत २०७५, सोमबार | 2019-03-25 18:22:34
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।