नेपालका गर्भवती महिलामा आत्महत्याको समस्या बढ्दो



पछिल्लो समय नेपालमा गर्भवती र सुत्केरी महिलाहरुले आत्महत्या गर्ने क्रम बढ्दो छ। गरिबी, प्राकृतिक प्रकोप, घरेलु हिंसा र दमनका कारण धेरै गर्भवती महिलाहरूले आत्महत्या गरिरहेको तथ्यांकले देखाएको छ।

एक अध्ययन अनुसार आत्महत्या गर्ने महिलामध्ये १६ प्रतिशतले प्रजनन समयका बेला आत्महत्या गर्ने गरेको पाइएको छ। पछिल्ला वर्षहरुमा अघिल्ला वर्षको तुलनामा आत्महत्या गर्नेको संख्यामा वृद्धि हुँदै आइरहेको हो। हालसालै ल्याइएको नयाँ योजनाले प्रदान गरेको तालिमपछि आत्महत्याको दरमा कमी आउने विश्वास लिइएको छ।

आत्महत्या मुख्यतः अवैधानिक गर्भ, गरिबी वा यौन र शारीरिक दुव्र्यवहारसँग जोडिएको पाइन्छ। सन् २०१४ को सेप्टेम्बरदेखि अक्टोबरका बीचमा २०२ जना गर्भवती महिलामा गरिएको अध्ययनले ९१ प्रतिशतले पति र सासुबाट कुनै न कुनै प्रकारको शारीरिक, भावनात्मक वा यौन दुरूपयोग हुने गरेको पाइएको थियो।

विश्वमा लगभग ४० प्रतिशत आत्महत्या दक्षिणपूर्वी एसियामा हुने गरेको छ। त्यसैगरी कम आय हुने राष्ट्रमा एक तिहाइ गर्भवती वा नयाँ आमाले आत्महत्या गर्ने गरेको दिइएको छ। नेपालमा २१ प्रतिशत आत्महत्या १५ देखि ४९ वर्षका महिलाहरू र त्यसमा पनि विशेषगरी १८ वर्ष मुनिका किशोरीले गर्ने गरेको र त्यसको कारण घरेलु र यौन हिंसा, परिवार तथा समुदायमा शक्तिहीनता रहेको पाइएको छ।

मानसिक स्वास्थ्य समस्यामध्ये गर्भावस्था एक समस्या हो। तर, लैंगिक भेदभाव र घरेलु हिंसाले यो मुद्दा वा समस्यालाई अझ बढाइरहेको छ। यसका अतिरिक्त प्राकृतिक प्रकोपले पनि भर्खर आमा भएका महिलाहरूमा मानसिक समस्यामा उब्जाएको पाइन्छ।

नियन्त्रणमा कमी
नेपालमा मातृत्वको हेरचाह र स्याहारसुसार गर्ने निर्णय गर्भवती आमाको नभई पति वा सासुको हुन्छ। हाम्रो समाजन.मा विवाहपछि केटीको जीवन पति र सासुससुराको नियन्त्रणमा रहन्छ। पूरा नियन्त्रणमा रहेका यी महिलाहरूले प्रायः गर्भावस्था, बच्चा जन्ँमदा र बच्चा जन्मिसकेपछिको अवस्थामा आफ्नो परिवारबाट विशेष हेरविचारको आशा गरिरहेका हुन्छन्।

गरिब परिवारमा पति पत्नीलाई छाडेर कामको खोजीमा अन्यत्र पुगेका हुन्छन्। नेपालको अर्थव्यवस्था पूर्णरूपमा प्रवासमा रहेका श्रमिकहरूमा निर्भर रहेको छ भने ५० प्रतिशत नेपालीहरू विदेशमा रहेका आफन्तहरूबाट आर्थिक सहयोगमा निर्भर छन्। विवाह गरेर अर्को ठाउँमा पुगेको महिलामा एक खालको समस्या रहेको हुन्छ पतिने पनि छाडेर हिँडेपछि उनीहरुमा मानसिक स्वास्थ्य समस्या बढ्ने खतरा हुन्छ। त्यस्तै पतिको जाँडरक्सी पिएर गर्ने घरेलु हिंसाको शिकार बनेकी महिलामा मानसिक समस्या र आत्महत्याको खतरा बढी हुन्छ।

गर्भावस्था र बच्चा जन्मिने क्रममा महिलाको मानसिक अवस्थामा आउने परिवर्तको बारेमा पति र घरपरिवारले राम्रोसँग बुझेका हुँदैनन्। उनीहरूले सहयोग गरे पनि भर्खर आमा हुने भएकी महिलाले आशा अनुरूप उनीहरूको साथ र सहयोगको पाउँदेनन् र मानसिक रोगी हुन पुग्छन्।

सांस्कृतिक र सामाजिक मापदण्ड
लैंगिक हिंसा, प्रारम्भिक विवाहजस्ता सांस्कृतिक र सामाजिक मापदण्डले महिलालाई आमा हुने समयमा बाधा पुर्याउने गर्दछन्। छोरीलाई बोझ मान्ने परिवारले छोराको आशा गरिरहेका हुन्छन्। यदि दोस्रो वा तेस्रो पटकमा पनि छोरीकै सम्भावना देखिए, यसले पनि महिला मानसिक स्वास्थ्यमा असर पुर्याउछ। १०० गर्भवती महिलामध्येमा १० देखि १५ महिलामा अवसाद र चिन्ताको समस्या देखिनु सामान्य भैसकेको छ। प्रसवपश्चातको अवसाद धेरै महिलामा देखिने भए पनि त्यसलाई सामान्य मानिने र कम ध्यान दिइने गरिएको छ।

प्राकृतिक प्रकोप र स्थानीय अनमी
भूकम्पको पराकम्प र बाढीपहिरोको समस्याले गर्दा वास सारिरहनुपर्ने र अस्थायी वासस्थानमा बस्नुपर्ने, साथै अधिक गरिबीको भार पनि सहनु पर्ने कारणले महिलामा असहायपन र अवसादको समस्या बढाउँछ।

अधिकाशं ग्रामीण महिलाका लागि प्रसव गराउन सबैभन्दा योग्य प्रसवकर्तामा अनमीहरू नै हुन्छन्। तर एउटा अध्ययनले के देखाएको छ भने अनमीहरूले प्रसवसम्बन्धी तालिम नै पाएका हुँदैनन् वा पाए पनि अति कम पाएका हुन्छन्। प्रसवको समयमा सहयोगसिद्ध हुने विभिन्न स्वास्थ्य सुविधामा सुधार भए पनि मानसिक समस्याको निदान नखोजिँदा महिलाहरूमा आत्महत्या नै एउटै विकल्पका रूपमा रहेको छ।

डिएफआइडीको वित्तिय सहयोगमा सञ्चालित ट्रपिकल स्वास्थ्य तथा शिक्षा ट्रस्ट आयोजनाद्वारा सञ्चालित तालिममा ८० अनमीहरूले प्रसवपूर्वको मानसिक स्वास्थ्य समस्याका बारेमा तालिम लिएका थिए। यस तालिमका लागि २ वर्षसम्म वेलायती स्वयंसेवक परिचालन गरेको थियो।

यस तालिमले गर्भवती महिला तथा नव आमाको मानसिक स्वास्थ्य कल्याणमा चेतना अभिवृद्धि गराउनुका साथै मानसिक स्वास्थ्य उपचारमा समेत पहुँच बनाएको थियो। ग्रामीण गर्भवती महिलाहरूको समुदाय आधारित सेवामा यो पहिलो कदम थियो। तर महिलाहरूको मानसिक स्वास्थ्यमा सुधार ल्याउन यस्ता तालिम तथा चेतनात्मक कार्यक्रमहरू धेरै भन्दा धेरै सञ्चालन गरिनुपर्छ। (द कन्भर्सेसनबाट अनुवाद)

प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 17:46:27
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...