६ राउन्ड गोली लोड भएको जापानिज पेस्तोलसहित पक्राउ परेका थिए विप्लवका मध्यकमान्ड इन्चार्ज


Kshamadevi Group


हेमन्तप्रकाश ओली (सुदर्शन)
हेमन्तप्रकाश ओली (सुदर्शन)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित पक्राउ परेका नाैजनालाइ हातहतियार खरखजना, राज्य बिरूद्वकाे अपराध र संगठित अपराधमा मुद्दा अघि बढने छ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका सुदर्शनका साथबाट ६ राउन्ड गोली लोड भएको मेड इन जापान लेखिएको पेस्तोल बरामद भएको हो।

त्यस्तै सुदर्शनसहितको उक्त समूहबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, म्यागजिन १ थान लोड भएको ६ राउन गोली र बाहिर रहेको १५ राउन्ड गाेली बरामद भएकाे हाे। प्रहरीका अनुसार गाडीबाट  जिलेटिन ५ थान, डेटोनेटर ५ थान, ल्याप्टप १ थान, मोबाइल २२ थान र पार्टीका विभिन्न दस्तावेजहरु बरामद भएको हाे।

काभ्रेबाट भाडाको बा १७ च ४८९३ नम्बरको स्कोरपियो जिपमा काठमाडौंतर्फ आउँदै गरेका बेला प्रहरीले नेकपाका मध्यकमान्ड इन्चार्ज सुदर्शनसहित धर्मराज राजबाहक (चालक), रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय भन्ने बषन्त श्रेष्ठ, ललित भन्ने बुद्वबहादुर स्याङतान , सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्कालाई  शनिबार गरेको पक्राउ थियो।

हेराैँ: विप्लवका मध्यकमान्ड इन्चार्ज सुदर्शनसहित ८ नेता-कार्यकर्ता पक्राउ

पक्राउ परेका ९ जनाविरुद्ध हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ र संगठित अपराध, राज्यविरुद्धकाे मुद्दामा कारवाही अघि बढने छ। यससँगै नख्खुस्थित एनसेल कार्यालय बाहिर भएकाे बिस्फाेट र राेहण गुरूङकाे घरमा भएकाे बिस्फाेटमा समेत संलग्नता अनुसार कारबाही अघि बढने प्रहरी स्राेतले बतायाे।  उनीहरुविरुद्ध नख्खु विस्फोट घटनामा कर्तव्य ज्यान मुद्दाको तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ। उनीहरुविरुद्ध महानगरीय प्रहरी परिसर ललितपुरले मुद्दा अगाडि बढाउने भएको हो।

पक्राउ परेका ९ जनालाई नै गोप्य स्थानमा राखेर प्रहरीले बयान लिएकाे थियाे।

याे पनि: विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा

विप्लवका मध्यकमान्ड इन्चार्ज सुदर्शनसँगै पक्राउ परे खानेपानी मन्त्री बिना मगरका पूर्वपति

‘प्रचण्डपथ’ का प्रवक्ता सुदर्शनले यसकारण रोजे ‘विप्लवपथ’



प्रकाशित १० चैत २०७५, आइतबार | 2019-03-24 13:32:45
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • अपहरण धन्दाका खुँखारहरुः भीमसेन पण्डित, उदय सेट्टी, अमर टण्डन र रोहित पालिवाल

    खुँखार अपहरणकारी पण्डितले सेट्टी भेट्न किन पठाए जेलमा दूत?

    अपहरण र फिरौतीलाई व्यवस्थित र व्यवसायिक बनाएका भिमसेन पण्डित, अमर टण्डन र उदय सेट्टीले एक अर्काबीच सम्पर्क बढाइरहेको गोप्य सूचना प्रहरीले पाएको छ।

  • बेइजिङमा भइरहेको ‘बेल्ट एण्ड रोड, नेपाली थाङ्का प्रदर्शनी’ कक्ष

    चीनमा चिनारी खोज्दै नेवारी पौभा

    ४ वर्षअघिसम्म चीनमा नेपाली हस्तकलाको ठूलो माग थियो। राष्ट्रपति सी चिनफिङले भ्रष्टाचार नियन्त्रणमा कडाई गर्न थाले। महँगा महँगा थाङ्का उपहार...

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...