विप्लवका कमान्डर पक्रन टिपर चढेर प्रहरी काफलडाँडा पुग्दा


Kshamadevi Group


हेमन्तप्रकाश ओली (सुदर्शन)
हेमन्तप्रकाश ओली (सुदर्शन)

नेपाल प्रहरीले सोमबार (४ चैत) बिहान दुई युवालाई नियन्त्रणमा लियो। एकजनालाई मोटरसाइकल बनाउने ग्यारेज र अर्कोलाई त्यही आसपासका क्षेत्रबाट पक्राउ गरिएको थियो।

एनसेलको मुख्यालय बाहिर १० फागुनमा भएको बम विस्फोटको अनुसन्धान गरिरहेको महानगरीय अपराध महाशाखाले घटनामा प्रयोग भएको मोटरसाइकल खोज्दा दुवै युवा फेला परेका थिए।

महाशाखाका अधिकारी समक्ष दुवैले परिचय दिए। आफ्नैबारे उनीहरुले दिएको परिचय अनुसार दुईमध्ये एक नुमबहादुर विक थिए भने अर्का थिए, डेकेन्द्र राई। प्रहरी नियन्त्रणमा रहेका नुमबहादुरको मोबाइल ‘अन’ थियो। त्यो फोनमा बारम्बार ‘सर’ नाम सेभ भएको नम्बरबाट फोन आइरहेको थियो।

पक्राउ परेका नुमबहादुर बिक, डेकेन्द्र राई, शिव धिमाल र विशाल (वायाँबाट क्रमशः)

पक्राउ परेका नुमबहादुर बिक, डेकेन्द्र राई, शिव धिमाल र विशाल (वायाँबाट क्रमशः)

प्रविधिको सहारा
सुरुमा त नुमबहादुरले सर भनेको को हो? त्यो प्रहरीलाई खुलाउन चाहेनन्। तर प्रहरी आफैले नम्बरको खोजी गर्दा रेकर्डमै रहेको नम्बर भएको पत्ता लाग्यो।

अर्थात् नुमबहादुरले ‘सर’ भनेर ‘सेभ’ गरेको नम्बर नेकपा विप्लव समूहका मध्य कमान्डका कमान्डर हेमन्तप्रकाश ओली (सुर्दशन) को रहेछ। अपराध महाशाखासँग यसअघि सुदर्शन आईतबार रातिदेखि स्थानान्तरण गरेर काभ्रेको कुनै गाउँमा रहेको सूचना थियो।

‘महानगरीय प्रहरी प्रमुखलाई घटनाको जाहेरी भयाे’ अपरेशनमा खटिएका प्रहरी अधिकारी भन्छन् ‘सूचना चुहाउँदा दुर्घटना हुनसक्ने देखिएपछि हामी नै जाने निर्देशन भयो।’

विशेष ब्युरोमा २०५७–०६० सम्म  काम गरेका एसपी सोमेन्द्रसिँह राठौरलाई सो अपरेशनको नेतृत्व दिइयो। उनी सशस्त्र द्वन्द्वमा भएका अपरेसनका अनुभवी प्रहरी अधिकारी हुन्।

एसपी राठौरले डिएसपी रुगम कुँवरलाई फिल्डमा आफूसँगै लगे। अर्का डिएसपी दुर्गा दाहाललाई काठमाडौँमै बसेर अपरेसनको प्राविधिक ‘मोनिटरिङ’ को जिम्मा दिए।

अपराध महाशाखाको टोली ४ वटा साना गाडीमा मंगलबार(चैत्र ५)  बिहान १० बजे रवाना भयो। उनीहरुको ‘सपोर्ट’ का लागि कार्य विभागबाट ठूलो ट्रकमा प्रहरी समेत पठाईयो।

‘हामीले सोमबार पक्राउ गरेका दुईजना सँगै थिए’ ती प्रहरी अधिकारी भन्छन् ‘प्रहरी टोली विप्लव कमान्डर बसेभन्दा केही दुरीमा रहँदा समेत नुमबहादुरसँग उनको कुराकानी भइरहेको थियो।’

प्रहरी काभ्रेको बनेपा–पनौती हुँदै रोशी गाउँपालिकाको सीमामा पुग्दा साँझको साढे ४ बजेको थियो। यतिबेलासम्म नूमबहादुरलाई समेत मध्य कमान्डर सुर्दशनले सही ठेगाना भनेका थिएनन्।

उनलाई स्थानीय चण्डीगाउँमा रहेको ग्रामोत्थान प्राथमिक बिद्यालयमा पर्खन भनिएको थियो।

अपरेशनमा खटिएको प्रहरी टोलीले केही समय सुदर्शनले भनेको विद्यालयमा बितायो। तर नुमबहादुरलाई लिन कोही नआएपछि टोली अघि बढ्यो।

‘हामी अघि बढदै थियौँ, एउटा बुलेट मोटरसाईकल हुईकिँदै माथिबाट तल आउँदै थियो,’ ती अधिकारीले भने, ‘रोकेर सोध्दा आफू प्रमुख जिल्ला अधिकारीको चालक भएको बताए।’

प्रहरीले कडाईका साथ सोधपुछ गरेपछि उनी आफू विशाल तामाङ भएको स्वीकारे। महाशाखाले उनको खोजी अन्य दुई घटनामा समेत गरिरहेको थियो। उनलाई मोटरसाईकलसहित नियन्त्रणमा लिएपछि प्रहरी माथि काफलडाँडा तर्फ बढ्दै गयो।

विशाल आएकै बाटोमा दुईजना युवा माथिबाट तल झर्दै थिए। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन खोज्दा एकजना पक्राउ परे, अर्का खेतको कान्लाकान्लै भागे।

प्रहरीले नियन्त्रणमा लिएका शिव धिमाल थिए। उनी समेत प्रहरी खोजीमा थिए।

प्रहरीले यही समयमा आफूहरु लक्षित गोली प्रहार भएपछि जवाफी कारवाहीमा गोली चलाएको दाबी गरेको छ।

प्रहरी अपरेशनका लक्ष्यित विप्लव समूहका नेता ओलीले चाहिँ त्यहाँ आफूहरुको तर्फबाट गोली नचलेको दावी गरेका छन्।

चश्मा छोडेर भागेका कमाण्डर
अपराध महाशाखाको टोली रोशी गाउँपालिकाको काफलडाँडामा रहेको बिरबहादुर लामाको घरलाई लक्षित गरेर अपरेशन गरिरहेको थियो। धिमाललाई पक्राउ गर्नेक्रममा गोली चलेको केही मिनेटमा प्रहरी डाँडामा रहेको लामाको घर पुगेको थियो।

घरमा मादक पदार्थ खाएर अर्धचेत अवस्थामा रहेका लामा र उनकी श्रीमतीमात्र थिए। घरका दुबै तलामा होटल जस्तो साना–साना कोठा थिए। प्रहरीले खानतलासी गर्दा एउटा कोठामा चस्मा र अन्य केही सामाग्री बरामद भयो।

‘हामीले भेटेको चस्मा कमाण्डरको भएको भन्ने पक्राउ परेकाहरुले बताएका छन्,’ प्रहरी अधिकारी भन्छन्, ‘उनी गोलीको आवाज सुन्नासाथ चस्मा समेत छाडेर भागेको हुनुपर्छ।’

काभ्रेको घटनासँगै विप्लव समूहको मध्य कमाण्ड ध्वस्त बनाएको दावी प्रहरीको छ।

प्रहरीका अनुसार, ११ जनाको विशेष दस्ता रहेको मध्य कमाण्डमा पछिल्लो समय ९ जना सक्रिय रहेका थिए। तीमध्ये सूर्य भुजेल यसअघि नै पक्राउ परिसकेका छन्। महाशाखाले मंगलबार मध्य कमाण्डका बम ‘एक्सपर्ट’ सहित ४ जनालाई नियन्त्रणमा लिएको थियो।

‘अब कमाण्डर (ओली) का साथमा उनी सहित ४ जना बाँकी होलान्’ उच्च प्रहरी अधिकारीले भने, ‘बुधबार घटनास्थल पुगेको प्रहरीले सर्च गर्दा कोही भेटिएन।’

टिपर चढेर काफलडाँडा
महाशाखाको टोली काठमाडौँबाट जीपमा गएको थियो। महाशाखाको ‘अपरेसन’ लक्षित व्यक्ति विप्लव समूहका मध्य कमान्डका इञ्चार्ज ओली नै थिए।

प्रहरीले प्राविधिक गुप्तचरीबाट उनी बसेको ठेगानाको अनुमानित खाका तयार पारेको थियो। तर सोमबार उनका विशेष सहयोगी नुमबहादुर पक्राउ परेपछि उनी र डेकेन्द्रलाई लिएर प्रहरी अपरेशनमा गयो।

‘दुबैजनाले प्रहरीलाई लामो र अप्ठेरो बाटो लगे’ एकजना जुनियर प्रहरी अधिकृत भन्छन्, ‘माथि पुगेपछि लगेका जीप थन्किए, हामी टिपरमा हेडलाईट नबाली घटनास्थल पुग्यौँ।’

उनका अनुसार, काफल डाँडाको सबैभन्दा माथि वीरबहादुरको घरमा ओली (सुदर्शन) थिए। उज्यालो छँदै माथि–तलबाट आउने–जानेको निगरानी सम्भव थियो।

बरामद मोटरसाइकल

बरामद मोटरसाइकल

‘प्रहरी ठूलो जोखिम उठाएर त्यहाँ पुगेको थियो’ घटनास्थलबाट फर्किएका ती जुनियर अधिकृत भन्छन्, ‘माथिबाट आक्रमण वा टिपर दुर्घटना भएको भए ठुलै घटना हुनेथियो।’

को हुन् विशाल?
प्रहरीले काभ्रेमा गोली प्रहार गरी नियन्त्रणमा लिएका विशाल उपनाम भएका राजिव तामाङ १८ मंसिर २०७४ मा चुनावी घरदैलोमा नेपाली कांग्रेसका युवा नेता गगन थापामाथि बम प्रहार गर्ने आरोपी भएको प्रहरी दाबी छ।

अपराध महाशाखाका अधिकारीलाई सुरुमा आफ्नो ठेगाना सिन्धुपाल्चोक बताएका उनको स्थायी ठेगाना नुवाकोट भएको तथ्य प्रहरीले पत्ता लगाएको छ।

‘विशाल बम बनाउने प्राविधिक हुन्’ महाशाखाका अधिकारी भन्छन्, ‘उनी रोहण गुरुङ सहित कांग्रेस नेताद्वय गगन थापा र अर्जुननरसिँह केसीसम्मको आक्रमणमा संलग्न थिए।’

महाशाखाले विशाल र नुमबहादुरलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र डिकेन्द्र र शिवलाई परिसर ललितपुर पठाएको छ। प्रहरीका यी दुई इकाईले बरामद सामाग्रीको बैज्ञानिक परिक्षण, थप अनुसन्धान र कारवाही गर्नेछन्।

‘महाराजगञ्ज वृत्तले ५ र ललितपुर परिसरले १२ दिन अदालतबाट अनुसन्धान म्याद लिएर कारबाही थालेको छ’ महाशाखाका एसपी राठौरले भने, ‘महाराजगञ्ज र नख्खु बिस्फोटका थप आरोपीको खोजी भइरहेको छ।’

प्रहरीले घटनास्थलबाट डायरी, ९ थान मोबाइल, चार्जर र पार्टी साहित्य लगायतका सामाग्री बरामद गरेको छ।

प्रकाशित ७ चैत २०७५, बिहिबार | 2019-03-21 19:01:00
Max TV
Max TV
Vianet

author photo

दीपक खरेल नेपालखबरका विशेष संवाददाता हुन्

@DeepakKharel037

दीपक खरेलबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नेपालका लागि भारतका पहिलो राजदूत सुरजित सिंह मजिठिया १० डिसेम्बर १९४७ मा हनुमानढोकास्थित गद्दी बैठकमा राजा त्रिभुवनलाई ओहदाको प्रमाणपत्र बुझाउँदै

    काठमाडौंमा राजदूत पुरीको फरक काम

    नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दा इतिहासका अनेक कालखण्डमा नेपालमाथि भारत हावी रहेको पाइन्छ। तर, आज प्रष्ट भन्न सकिन्छ, हिजोभन्दा आज त्यस्तो...

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...