ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान श्रेष्ठको मृत्यु


Kshamadevi Group


मोटरसाइकल दुर्घटनामा परी अर्घाखाँची सितगंगा ३ ठाडा बजारटोलाका ३२ बर्षिय नन्दकुमार श्रेष्ठको मृत्यु भएको छ।

पृथ्बी राजमार्गबाट दमौली तर्फ आउँदै गरेको ना ४७ प ५५१४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७१० नम्बरको कन्टिनर मिनी ट्रकले तनहुँ जिल्लाको सुक्लागण्डकी नगरपालिका २ हलेदीमा ठक्कर दिँदा अर्घाखाँची सितगंगा ३ स्थायी घर भई ४ नम्बर प्रदेश कार्यालयमा कार्यरत प्रहरी जवान नन्दकुमार श्रेष्ठको मृत्यु भएकाे हाे।

ठक्करबाट घाइते उनलाई बिपी कोईराला श्वासप्रस्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लैजाँदै गर्दा गएराती मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवलाई जिल्ला अस्पताल तनहुँमा पोष्टमार्टम पछी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

मृतक श्रेष्ठ सितगंगा ३ निवासी रामकृष्ण श्रेष्ठको कान्छी श्रीमती बालकुमारी श्रेष्ठका एक्ला छोरा हुन् भने उनको एक श्रीमती र ६ बर्षिय एक छोरी छन्।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 21:30:22
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।