विप्लव समूहका स्थायी समिति सदस्य सुदर्शनका मुख्य सहयोगीसहित चार पक्राउ, महाशाखामा सोधपुछ जारी


Kshamadevi Group


नेत्रविक्रम चन्द विप्लव
नेत्रविक्रम चन्द विप्लव

विप्लव नेकपाका स्थायी समिती सदस्य हेमन्त प्रकाश ओली सुदर्शनका मुख्य सहयोगी नुमबहादुर विकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले विकसहित नख्खु विस्फोटमा संलग्न शिव धिमाल, डिकेन्द्र राई र विशाल तामाङलाई पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरको कमान्डमा खटिएको प्रहरी टोलीले मंगलबार राति काभ्रेबाट उनीहरूलाई पक्राउ गरेको हो। 

महानगरीय प्रहरी कार्यालयका डिआइजी शैलेष थापा क्षेत्रीका अनुसार स्थायी समिती सदस्य हेमन्तप्रकाश अाेली सुदर्शन समेत साेही क्षेत्रमा रहेकाे सूचना प्रहरीसँग थियाे।

काभ्रेको रोशी गाउँपालिका-१, काफल डाँडामा मंगलबार राति प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको थियो।

केही समयअघि ललितपुर नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयअगाडि सडकमा बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना गम्भीर घाइते भएका थिए।

उक्त घटनाको जिम्मा विप्लव नेकपाले लिइसकेको छ।

सोही घटना अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाको टोली काभ्रे पुगेको थियो। प्रहरीलाई देख्नेबित्तिकै नेकपाका कार्यकर्तालाई गोली चलाएपछि दोहोरो फायरिङ भएको प्रहरीको भनाइ छ।

तर यसबारे विप्लव समूहले अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेको छैन।

सरकारले विप्लव नेकपालाई फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट प्रतिबन्ध लगाइसकेको छ। त्यसयता प्रहरीले विप्लव समूहका नेता कार्यकर्तालाई भेट्नेबित्तिकै पक्राउ गर्ने नीति लिएको छ।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 11:10:15
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।