जलवायु परिवर्तनले तामक्रम बढ्यो, यसरी देखा पर्दैछ असर



जलवायु परिवर्तनका कारण मुलुकमा तापक्रम बढ्दै गएको छ।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ का अवसरमा गरिएको छलफलमा वक्ताहरुले जलवायु परिवर्तन मुलुकको गम्भीर समस्याको रूपमा देखिएको बताएका हुन् ।

जल तथा ऊर्जा आयोगका सहसचिव डा.ऋषिराम शर्माले पानी धेरै पर्नु वा धेरै खडेरी पर्नु जलवायु परिवर्तनको मुख्य लक्षण भएको बताए।

“जलवायु परिवर्तनका कारण प्रतिवर्ष ०.०५६ सेल्सियस तापक्रम बढ्दै गएको छ”, उनले भने। जलवायु परिवर्तनका कारण हिमतालहरुमा पानीको सतह बढ्दो क्रममा रहेको विज्ञहरुले बताएका छन्।

स्मल अर्थ नेपालका अनुसन्धानकर्ता पियुष दाहालले तापक्रम बढ्नु र सुक्खा क्षेत्र बढ्नु जलवायु परिवर्तनको कारण भएको बताए। “जलवायु परिवर्तनका कारण पछिल्लो समय मुलुकमा वर्षा कम हुँदै गएको छ”, दाहालले भने।

नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताहका संयोजक महेन्द्रबहादुर गुरुङले राज्यको सचेतना बढाउन, चुनौतीको बारेमा छलफल गर्न, सरकारी तथा गैरसरकारी निकायसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए।

नेपाल वातावरण पत्रकार समाजका अध्यक्ष सुवोध गौतमले नेपाली सञ्चारमाध्यममा वातावरण प्रदूषण र जलवायु परिवर्तनका बारेमा कलम चलाउने पत्रकार कमी रहेको बताए।

वरिष्ठ पत्रकार विकास थापाले जलस्रोतको बारेमा नेपाली सञ्चारमाध्यममा धेरै मुद्दा उठाउन सकिने उल्लेख गरे। सरकारले विश्व पानी दिवस तथा विश्व मौसम दिवसका अवसरमा यही चैत ३ गतेदेखि नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह–२०७५ अन्तर्गत विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ। रासस

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 09:38:09
Nepal Sarkar
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Argakhachi
Shikhar Insurance
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • पोखरामा चिनियाँ पर्यटक

    चिनियाँ पर्यटकलाई निःशुल्क भिसा: ३ बर्षमा १० अर्ब गुम्यो

    पर्यटक भित्र्याएर व्यापार घाटा कम गर्न प्रयासरत सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। यसको मुख्य लक्ष्य धेरै पर्यटक भित्र्याउनु हो।

  • विमानस्थलमा प्रहरीले पक्राउ गरेपछि युनुस र अन्य

    नक्कली नोटसँगै युनुस पक्राउ पर्दा झस्किए आईबी र ‘रअ’

    ‘पुराना रेर्कडहरू पल्टाउने काम भइरहेको छ। युनुसले नाम लिएका दुबै व्यक्ति पाकिस्तानी क्रिकेटर रहेछन्, नोट कारोबारी हुन कि होइनन् खुलेको छैन।’

  • प्रा.डा. चन्द्रमणि अधिकारी

    करमा दीर्घकालीन योजनाको खाँचो

    राज्य चलाउनलाई साधन र स्रोत चाहिन्छ। अहिले अर्थमन्त्री डा.युवराज खतिवडा बजेट निर्माणमा जुट्नुभएको छ।

  • रामबहादुर थापा र वामदेव गौतम

    नेकपामा नयाँ समीकरणः प्रचण्डले गौतम रोजेपछि ओलीले बादल अघि सारे

    कार्यविभाजनको विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र नारायणकाजी...