एक वर्षमा ७४७ किमी सडक कालोपत्रे, ३११ किमी ग्राभेल


Kshamadevi Group


सरकारले पछिल्लो एक वर्षको अवधिमा सात सय ४७ किलोमिटर सडक कालोपत्र गरेको छ।

मन्त्री रघुवीर महासेठले भौतिक योजना तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नयाँ र स्तरोन्नति गरेर सात सय ४७ किमी सडक कालोपत्र गरिएको हो।

राष्ट्रिय गौरवको आयोजनालाई केन्द्रित गरेर काम अघि बढाइएको मन्त्रालयले जनाएको छ। मध्यपहाडी लोकमार्गमा ७० किलोमिटर सडक कालोपत्र भएको छ।

नारायणगढ–मुग्लिन सडक ३२ किलोमिटर र मदन भण्डारी राजमार्गमा १२ किलोमिटर सडक कालोपत्र भएको छ।

मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर र हुलाकी राजमार्ग द्रुतगतिमा निर्माणकार्य भइरहेको मन्त्रालयले जनाएको छ। अगुप रक अर्थ मन्त्रालयसँग माग गरिएको छ।

पछिल्लो एक वर्षमा एक हजार ११८ किलोमिटर सडक ग्राभेल गरिएको छ। मध्यपहाडी लोकमार्गमा ९० किलोमिटर र मदन भण्डारी राजमार्गको धरान–चतरा–हेटौँडा खण्डमा १०३ किमी सडक ग्राभेल भएको छ।

यस अवधिमा ७२१ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। मन्त्री महासेठले भने, “कालीगण्डकी करिडोर, कोशी सडक, हिल्सा सिमीकोटलगायतका ठाउँमा ट्र्याक खोल्ने काम भएको छ।”

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले त्रिपुरेश्वरदेखि नागढुङ्गा सडक आगामी एक महीनामा, चावहिलदेखि साँखु सडक आगामी दुई महीनामा सम्पन्न गर्ने मन्त्रालयले जनाएको छ।

विगतका वर्षहरुमा भन्दा यो वर्ष झण्डै दोब्बर सडक, पुलको निर्माण सम्पन्न भएको मन्त्री महासेठले बताए। विगतमा एक वर्षमा ४०÷५० वटा पुल मात्रै निर्माण हुने गरेको थियो। यो वर्ष ९४ पुलको निर्माण गरिएको छ।

चालु आर्थिक वर्ष २०० पुल निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ।

छोटो र लामो दूरीमा रेलमार्गका लागि अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ। नौ सय ४५ किलोमिटर लम्बाइको मेची– महाकाली रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन सम्पन्न भएको छ।

काठमाडौँ उपत्यका मेट्रो रेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न इच्छुक परामर्शदातालाई सूचीकृत गर्न मूल्याङ्कन भइरहेको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताउनुभयो । उहाँका अनुसार छिमेकी देशसँग जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ।

प्रकाशित ६ चैत २०७५, बुधबार | 2019-03-20 08:28:10
Max TV
Max TV
Vianet


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Jewellery
Civil Bank
Yeti Air
Loading...

विचार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कन्हैया कुमार र ओकासियोजस्ता नेता नेपालमा किन उदाएनन्?

    आश्चर्यजनक परिणाम ल्याउँदै पार्टीको प्राइमरी चुनाबमा ओकासियोले जोएलाइ पराजित गरिदिइन्।

  • नेत्रविक्रम चन्द विप्लव

    विप्लव समूहमाथि प्रतिबन्ध लगाइएपछिको ‘साईड इफेक्ट’

    प्रतिवन्धपछि सर्वसाधारणमा फैलिएको त्रासका कारण ‘चन्दाको धन्दा’ गर्ने गिरोहहरुले चन्दा आतंक फैलाउन थालेका छन्।

  • चीनको वुहानमा गत वर्ष अनौपचारिक वार्तामा सी र मोदी

    भारतविना बेइजिङको बीआरआई बहस

    दुई वर्षअघि बीआरआईमा सहभागिता जनाएको नेपालले यसपाली राष्ट्रपति सहितको टोली बेइजिङ पठाउँदा दिल्ली चुपचाप छ।

  • काठमाडौंमा भएको नेपाल–चीन पारवहन प्रोटोकल तयारी बैठक

    चीनसँगको पारवहन ‘प्रोटोकल’ कसरी कार्यान्वयन हुन्छ?

    मन्त्रालयका सहसचिव तथा आपूर्ति वाणिज्य महाशाखा प्रमुख नवराज ढकाल प्रोटोकल हस्ताक्षरसँगै कार्यान्वय अघि बढ्ने बताउँछन्।