नयाँ रुटबाट अक्सिजन विना सगरमाथा चढ्ने अमेरिकी पत्रकारको तयारी


Kshamadevi Group


 सगरमाथा
सगरमाथा

अमेरिकी पर्वतारोही कोरी रिचार्ड्स र इक्वेडरका इस्टेबान ‘टोपो’ मेनले बसन्त ऋतुमा नयाँ रुटबाट सगरमाथाको आरोहण गर्ने भएका छन्।

सगरमाथाको उत्तरतर्फ (तिब्बततर्फ) दुवै पर्वतारोहीले नयाँ रुटबाट आरोहण गर्न लागेको रिचार्डसले बताएका छन्।

रिचार्डस नेसनल जिओग्राफीका फोटोग्राफर हुन्। उनी ८ हजार मिटर अग्ला हिमाल हिउँदमा आरोहण गर्ने पहिलो अमेरिकी आरोही हुन्। उनको इन्स्टाग्राममा दस लाख भन्दा बढी फलोअर्स रहेका छन्।

सन २०१६ मा रिचार्डस र एन्ड्रियन बालिङगरले ‘एभरेष्ट नो फिल्टर’ नामको स्यापच्याट सिरिज चलाएका थिए। उनले सन् २०१७ मा पनि बिना अक्सिजन सगरमाथाको आरोहण गरेका थिए।

पछिल्लो पटक सन् २००९ मा कोरियाली टोलीले नयाँ रुटबाट सगरमाथा आरोहण गरेको थियो। उनीहरुले दक्षिण पश्चिम मोहडाका बायाँतर्फबाट सगरमाथाको आरोहण गरेका थिए।

नयाँ रुटबाट सगरमाथा आरोहणका लागि सबै विषयको संयोग मिल्नु पर्छ। मौसम, स्वास्थ्य, सञ्चार, निर्णय र जोखिममा अनुमान सबै सही भएपछि मात्रै सफलता प्राप्त गर्न सकिन्छ। विगतमा यो रुटबाट सगरमाथा आरोहणको प्रयास भएपनि सफलता हुन भने नसकेको रिचार्डसले बताएका छन्।

यसअघि सन् २०१५ मा राफेल स्लाविन्स्की, डेभिड गोइट्टलेर र ड्याडियनल बटर््स्चले सो रुटबाट आरोहण गर्ने खोजेका थिए। वि.स.२०७२ को गोर्खा भूकम्पको कारण उनीहरुको आरोहण रोकिएको थियो।

‘नयाँ रुट चढ्दा पनि हामी अक्सिजनका प्रयोग गर्ने छैनौं। यसले आरोहणलाई झनै कठिन बनाउने छ,’ एक अन्तर्वार्तामा रिचार्ड्सले भनेका छन्। इक्वेडरका मेनले सन् २०१८ मा तीस दिनभित्र चोयु र सगरमाथाको आरोहण गरेका थिए। अक्सिजनको प्रयोग नगरिकनै अन्नपूर्ण र सगरमाथाको आरोहण गरेपछि उनी चर्चामा आएका थिए।

नेपालतर्फ चढ्न गाह्रो र तिब्बतबाट चढ्न सजिलो मानिन्छ। तिब्बततर्फ ५ हजार ७ मिटरसम्म आधार शिविरसम्म गाडी जान्छ, त्यसैले सजिलो छ।

‘नर्मल कमर्सियल रुट बाहेक पनि रेकर्डका लागि आरोहीहरु सगरमाथाको आरोहण गर्ने गरेका छन्,’ नेपाल पर्वतारोहण प्रशिक्षक संघका अध्यक्ष लाक्पा शेर्पाले भने, ‘यस्तो रुटबाट आरोहण गर्दा निकै जोखिम हुने गरेको छ। साहासी पर्वतारोहीहरुले बेलाबेलामा यस्तो जोखिमपुर्ण आरोहण गर्ने गरेका छन् ।’

प्रकाशित ५ चैत २०७५, मंगलबार | 2019-03-19 19:53:27
Max TV
Max TV
Vianet

नेपालखबरबाट थप


प्रतिकृया दिनुहोस

ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Max TV
Hamro Patro
Classic Tech
Loading...
ntc
NLIC
Prabhu Bank
Yeti Air
Yeti Air
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • कमला श्रेष्ठ

    नेपालमा ‘मान्छे सिँगार्ने कला’ को जग बसाल्ने कमला

    नेपाल फर्कंदा उनले उतैबाट किनेर १२० सिसिको होण्डाको मोटरसाइकल ल्याइन्। काठमाडौँ सहरमा कमलाले मोटरसाइकल गुडाएको देख्दा हेर्नेको भिड लाग्थ्यो।...

  • कोहलपुर रंगशाला र रंगशालाका लागि राखेपले बनाएको गुरुयोजना

    नेपाली क्रिकेटको नयाँ गन्तव्य

    कोहलपुल क्रिकेट मैदानमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटका समूह ‘बी’का खेलहरु र सेमिफाइनल तथा फाइनल खेलहरु हुँदैछन्।

  • पिसकोर स्वयंसेवकसँग सामूहिक तस्विर खिचाउँदै मन्त्री खनाल तथा राजदूत बेरी

    पिसकोर स्वयंसेवकलाई ‘सालको पात टपरी हुने’ गीत सिक्न मन्त्रीको आग्रह (भिडियो)

    अमेरिकी स्वयंकसेवक संस्था पिसकोरका ४९ स्वयंसेवकलाई अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी तथा पिसकोर नेपाल निर्देशक शेरी रस्सेलले सपथ ग्रहण गराउने...

  • बिना मोक्तान

    टेम्पो चालक बिनाको कलाकार बन्ने सपना अधुरै

    जोरपाटी–चाबहिल–पुरानो बानेश्वर–शंखमुल रुटमा सार्वजनिक यातायात चढ्नेहरुले उनलाई भेट्न सक्छन्।